७९ चैत्र १४ काठमाडौं। नेपाल प्रहरी द्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय  रामशाहपथमा १४७ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको नेपाल प्रहरीले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सोही कार्यालयमा मंगलबार उक्त आयोजित एक कार्यक्रम बीच तालिमको उद्‍घाटन गर्नुभयो भएको प्रहरीले जनाएको छ ।

सो कार्यक्रमको अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सवारी दुर्घटना के कसरी न्यूनीकरण गर्न सकिन्छ तथा ट्राफिक आवागमनलाई सहज र प्रभावकारी बनाउन सकिन्छ भन्ने बारे र तालिम उपयोगीता बारे छलफल गर्दै तालिममा प्रदान गरिने व्यवसायिक ज्ञान, सिपलाई प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक भई हासिल गर्नुपर्नेमा जोड दिनु भएको छ ।  

उक्त कार्यक्रममा तालिम नेतृत्वको कमान्ड सम्हालीरहेका प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धी प्रतिवेदन र गतीविधी प्रस्तुत गर्दै ४५ दिनको कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार २० जना र प्रहरी जवान ४७ जना गरी कुल ७० जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिनु भएको प्रहरी श्रोतले जनाएको छ। (श्रोत: नेपाल प्रहरी)