७९ चैत्र १३ काठमाडौं । उच्च अदालत पाटनले दोषी ठहर गरेको, बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी नेपाल प्रहरी द्वारा धनकुटा नगरपालिका- वडा नम्बर ६ घर भई काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका वडा नम्बर ११ बस्ने बर्ष ६५ का महेन्द्र नारायण श्रेष्ठ नाम गरेको दोषी लाई आज आइतबार नेपाल प्रहरी द्वारा पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १४ लाख ४८ हजार ७ सय २८ रुपैयाँ जरिवाना ठहर गरेकोमा निज मानिस फरार रहेका थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर भैसेपाटीबाट आज आइतबार पक्राउ गरेको छ ।

पक्राउ महेन्द्र नारायण श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको छ । (श्रोत: नेपाल प्रहरी)