ट्रान्सपरेन्सी इनटरनेश्नलले भर्खरै तयार पारेको विश्वका भ्रष्ट्राचार सम्बन्धी प्रतिवेदनमा नेपाल सम्बन्धी प्रतिवेदन मनगढन्ते भएको कानूनविध अधिवक्ता ज्योतीराम फुयाँलको दावी रहेको छ । नेपाल भर्खरै विकासको चरणमा अगाडी बढीरहँदा काम नपाएका हुल्लडहरुको मनगढन्ते विचारलाई ट्रान्सपरेन्सी इनटरनेश्नल जस्तो संस्थाले महत्व दिन नहुने विचार राखेका छन् । राष्ट्रलाई उन्नतीमा पुर्याउन दिनरात नभनी कार्य गर्ने नेपाल सरकारको कार्यलाई नबुझी आधारहिन आरोप लगाउने अधिकार कस्ले दियो ? नेपाल सरकारले भ्रष्ट्राचारलाई शुन्यमा झार्न सक्रिय पहल कदमी लिँदा भ्रष्ट्राचार गर्न नपाएर विभिन्न संघ संस्था मार्फत सरकारको खेदो खन्ने कार्य राष्ट्रहित विपरीत छ । – ज्योतीराम फुयाँल