२८ कात्तिक, काठमाणडाै

चारदिने नेपाल भ्रमणमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा जलविहार गरेका छन् । उनी बिहीबार बिहान पोखरा आएका थिए र उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालमा सयर गरेका हुन् ।

नेपाली सेनाको हेलिकोप्टर चढेर काठमाडौंबाट आएका उनले करिब चार घण्टा पोखरामा बिताउने छन् । बंगलादेशका राष्ट्रपतिको पोखरा आगमनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पोखरा विमानस्थलबाट लेकसाइडकाे फिस्टेल लजमा केहीबेर आराम गरेर उनी फेवातालमा गएका थिए । फेवातालपछि उनी रुपाकोट रिसोर्टमा जाने छन् ।