
धनुषाका पाँच पालिकाले बजेट ल्याउन सकेनन्> हेमन्त खबर
धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन् । बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेका हुन्। यही असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी प्रावधान भए पनि मिथिला नगरपालिका, कमला नगरपालिका, सहिदनगर नगरपालिका, धनौजी [...]
यात्रुको बिदाइ तथा स्वागतमा तीन जना मात्रै जान पाउने> हेमन्त खबर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एउटा यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवनपरिसरमा भीडभाड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो । सम्भावित [...]
जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार घाइते> हेमन्त खबर
जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका– ८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान गोड्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ प्रमिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो । विद्युत्को तार [...]
मोबाइल प्रयोगले बालबालिकामा यस्ता समस्या> हेमन्त खबर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताउनुुहन्छ । बालबालिकाले मोबाइल फोन चलाउँदा निद्रा ढिलो [...]
विद्यार्थीलाई योग र प्राकृतिक चिकित्सासम्बन्धी प्रशिक्षण> हेमन्त खबर
भरतपुर महानगरपालिकाले स्वस्थ्य जीवनका लागि सबै विद्यालयमा योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षणको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षबाट ‘शिक्षामा योग, टाढा लाखौंँ रोग’ नाराका साथ सामाजिक सङ्घ संस्थासँगको समन्वयमा विद्यालयमा योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षणको व्यवस्था मिलाउन लागिएको [...]
मन्साङकोटमा प्याराग्लाइडिङको व्यावसायिक उडान> हेमन्त खबर
स्याङ्जाको वालिङ–१ मन्साङकोटमा व्यावसायिक प्याराग्लाइडिङ हुँदै आएको छ । प्याराग्लाइडिङका लागि प्रचुर सम्भावना बोकेको यस ठाउँमा परीक्षण उडान सफल भएपछि पछिल्लो समय नियमित उडान हुँदै आएको हो । बाबु एडभेञ्चर प्याराग्लाइडिङ प्रालिले व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक [...]
टिपर र मोटरसाइकल जुध्दा घाइते रानाको मृत्यु> हेमन्त खबर
कञ्चनपुरको पुनरबास नगरपालिकामा आज बिहान टिपर र मोटरसाइकल एक–आपसमा जुध्दा मोटरसाइकल चालकको मृत्यु भएको छ । पुनरबास नगरपालिका-५ सिमरीमा धनगढीतर्फ गइरहेको सु प प्र०१–००१ क २२०० नम्बरको टिपरसँग विपरीत दिशाबाट आइरहेको से४प २२७१ नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकल चालक स्थानीय ६२ [...]
पर्यटन मन्त्रालयले सोध्यो प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण> हेमन्त खबर
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नौ बुँदे स्पष्टीकरण सोधेको छ । मन्त्रालयको नीति विपरीत अभिव्यक्ति दिएको भन्दै पर्यटनमन्त्री सुदन किरातीले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै सात दिनभित्र स्पष्ट जवाफसहितको विवरण पेस गर्ने गरी [...]
भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स> हेमन्त खबर
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी [...]
ललिता निवास प्रकरणमा ,भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ; hemantakhabar.com
ललिता निवास प्रकरणको अनुसन्धानका लागि भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गुरुङलाई आज बिहान काठमाडौँबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले राससलाई जानकारी दिनुभयो । प्रहरीले [...]
जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री डा महत> हेमन्त खबर
अर्थमन्त्री डा प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठाउनुभएको विषयमा स्पष्ट पार्दै अर्थमन्त्री डा महतले आफू लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै आम नागरिकले निष्पक्ष र [...]
मेलम्चीको खानेपानी वर्षाभर सञ्चालनको योजना> हेमन्त खबर
विगत दुई वर्ष वर्षाको समयमा मेलम्चीको पानी काठमाडौँ ल्याउन नसकिएकामा यो वर्षदेखि वर्षाभर पनि ल्याउने योजना बनाइएको छ । ठूलो वर्षा भएर आयोजनाको माथिल्लो भागमा क्षति हुने अवस्था भएमा बाहेक सामान्य वर्षा भइरहे पनि पानी नियमित सञ्चालन गर्न लागिएको हो [...]
प्रधानमन्त्रीको निर्देशन- विश्वविद्यालयले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गरोस्>हेमन्त खबर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिनुभएको छ । त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवसको अवसरमा आयोजित बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र [...]
आन्तरिक समस्या र बाढीपहिरोका कारण १० आयोजनाको बिजुली प्रणाली बाहिर>हेमन्त खबर
पूर्वी नेपालमा आएको बाढीपहिरोका कारण नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा एक सय ६४ मेगावाट बराबरको बिजुली आपूर्ति अवरुद्ध भएको छ । निजी क्षेत्रको ऊर्जा उत्पादकको सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादनको संस्था नेपाल (इपान)ले बाढीपहिरोका कारण कूल चार सय ६३ मेगावाट क्षमताका ३० [...]
युगान्डालीले फ्रान्समा क्षतिपूर्तिको लागि मुद्दा हाल्न>हेमन्त खबर
छब्बीस जना युगान्डालीले मङ्गलबार फ्रान्सेली तेल कम्पनी टोटल एनर्जी विरुद्ध पेरिसमा कानुनी कारबाही थालेका छन् । मेगाप्रोजेक्टमा मानवअधिकार उल्लङ्घनको आरोपमा मुद्दा हाल्न लागिएको हो । पाँच युगान्डाली र फ्रान्सेली सहायता समूहद्वारा सामेल भएको सो विषयमा प्रभावित समुदायका मानिसले तेल कम्पनीले [...]
बेलारुसका शक्तिशाली नेताद्वारा सेनालाई तम्तयार रहन आग्रह> हेमन्त खबर
बेलारूसी शक्तिशाली नेता अलेक्ज्याण्डर लुकाशेन्कोले मङ्गलबार आफ्ना सेनालाई “तम्तयार” हुन आदेश दिनु भएको छ । वाग्नर विद्रोही लडाकु प्रमुख येभगेनी प्रिगोजिनको नेतृत्वमा छिमेकी रूसमा विद्रोह बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै आफ्नो सेनालाई “तयार” हुन आदेश दिनु भएको हो । “मैले [...]
सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने> हेमन्त खबर
सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमामा खेल्ने भएको छ । भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार यसबारे सूचना सार्वजनिक गरेको छ । "बहुप्रतीक्षित [...]
हेटौँडामा उत्पादित माछाको भुरा भारतमा निर्यात> हेमन्त खबर
मकवानपुरको हेटौँडामा उत्पादित विभिन्न विकासे जातका माछाका भुरा भारतमा निर्यात भइरहकोे छ । नेपालसगँको सिमा क्षेत्रका भारतीय किसानले माछाका भुरा लाने गरेको यहाँस्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रले जनाएको छ । भारतीय किसानले वारा, पर्सा र रौतहटका किसानमार्फत [...]
प्रतिपक्षीको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगन>हेमन्त खबर
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुने वित्तिकै रास्वपाका सांसदले जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव फिर्ताको माग गर्दै उठेर विरोध जनाउनुभएको थियो । [...]
जापानले दक्षिण कोरियालाई व्यापारको ‘सेतो सूची’मा राख्ने> हेमन्त खबर
जापानले आगामी जुलाईदेखि दक्षिण कोरियालाई विश्वसनीय व्यापार साझेदारहरूको सूचीमा पुनर्स्थापित गर्दैछ । सरकारले ऐतिहासिक जबरजस्ती श्रमको विवादमा सन् २०१९ मा सो सूचीबाट हटाउँन गरेको पुरानो निर्णयलाई उल्टाउँदै मङ्गलबार यस बारे जानकारी दिएको छ । यस वर्षको शुरुमा सियोलले जापानलाई आफ्नो [...]
दक्षिणपश्चिम चीनमा पहिरोमा परी ७ जना बेपत्ता> हेमन्त खबर
चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको वेनचुआन काउन्टीमा मङ्गलबार बिहान पहिरो जाँदा सात जनाको मृत्यु भएको छ । छोटो अवधिमा परेको भारी वर्षाका कारण वेनचुआन काउन्टीको मियाँसी टाउनसिप र वेइझोउ टाउनसिपमा पहिरो गएको काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोले जनाएको छ। मङ्गलबार बिहान १०.३२ [...]
हेटौंडाको आलेख खुवाको ‘हब’ बन्दै > hemantakhabar.com
हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रुपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गर्नु भएको हो । उमेरले लगभग ८० वर्ष टेकिसक्नु भए पनि तिमल्सिनाको खुवा घोट्ने जोस [...]
बसुन्धरामा फेला फरेको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय> हेमन्त खबर
काठमाडौँको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको [...]
जसपाको विधान अधिवेशन : पार्टी अध्यक्ष यादवले आज जवाफ दिँदै> हेमन्त खबर
जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । यही असार १० गते आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिकाअनुसार समापन हुन लागेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार [...]
पानीको बहाव थेग्न नसकेपछि ‘डाइभर्सन’ अधुरै> हेमन्त खबर
बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुनसकेको छैन । सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण तीन दिनअघि थालेको थियो । सोमबार साँझसम्म १२ ‘ह्युमपाइप’मार्फत खोला कटाउने प्रयास [...]
युरोपेली संघद्वारा युक्रेनलाई सैन्य सहायताका लागि ३ अर्ब युरो विनियोजन> हेमन्त खबर
युरोपेली संघ काउन्सिलले ईयु विदेश मन्त्रीहरूले युक्रेनलाई हतियार आपूर्तिका लागि पैसा छुट्याएको उल्लेख गरेको रुसी समाचार एजेन्सी तासले जनाएको छ। लक्जेम्बर्गमा भएको बैठकपछि ईयुका २७ सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले युरोपेली शान्ति सुविधामा ३.५ बिलियन युरोको बजेट बढाएर अनुमोदन गरेका छन् [...]
बयासी वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात> hemantakhabar.com
मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आउनुभएको छ । उमेरले वृद्धावस्थामा पुर्याए पनि उहाँको दैनिकी भने सक्रिय छ । बुनाईसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आउनुभएकी उहाँले बुन्नुभएको गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री [...]
उत्कृष्ठ सासू–बुहारी सम्मानित>hemantakhabar.com
पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले यहाँको फिक्कल गाउँपालिकाले सासू–बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रमअन्तर्गत छवटा वडाका छ जोडी सासू–बुहारीलाई सम्मान गरेको हो । यस वर्ष पनि फिक्कलले गाउँपालिकाभित्रका उत्कृष्ट सासू–बुहारीलाई सम्मान [...]
कञ्चनपुरमा डुबान पर्ने जोखियुक्त क्षेत्र पहिचान> hemantakhabar.com
शुक्लाफाँटा नगरपालिकाले बाढीले प्रभाव पार्न सक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी विस्तृत परियोजना तयार गरेको छ । बाढीले डुबान पार्ने क्षेत्रको पहिचानको कार्यसँगै पानी निकासका लागि परियोजना तयार गरिएको हो । नगरपालिकाका १२ वटै वडा भएर बग्ने स्याली, सुनवरा, वनहरा नदी [...]
सहकारी ठगी प्रकरणमा शिवशिखरका अध्यक्ष शर्मा पक्राउ> hemantakhabar.com
सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई [...]
झापामा अलग-अलग घटनामा तीन जनाको मृत्यु>hemantakhabar.com
झापामा अलगअलग घटनामा आज बिहान तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका–२ स्थित चिया बगानमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको र शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । भद्रपुर नगरपालिका–७ [...]
नेपाल प्रेस युनियन काठमाडौँको अध्यक्षमा गौतम निर्वाचित>hemantakhabar.com
नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्ष पदमा महेश्वर गौतम निर्वाचित हुनुभएको छ । युनियनको गए राति सम्पन्न मतगणनामा सो पदका अर्का प्रत्यासी दिलीपप्रकाश कार्कीलाई पराजित गर्दै गौतम निर्वाचित हुनुभएको हो । गौतमले तीन सय १५ मत प्राप्त गर्दा कार्कीले एक [...]
बिरामीको चापअनुसार कर्मचारी नहँुदा सेवाप्रवाहमा समस्या >hemantakhabar.com
सङ्घीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ । भरतपुर अस्पतालमा अहिले दैनिक एक हजार पाँच सय हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् । चितवनसहित १२ जिल्लाका बिरामीको उपचार नियमित गर्ने गरेको यस [...]
आगलागीबाट आठ घर जलेर नष्ट> hemantakhabar.com
इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन । [...]
थाप्लेमा हनुमतधाम निर्माण गरिने>hemantakhabar.com
कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित थाप्लेमा हनुमतधाम निर्माण गरिने भएको छ । प्राचीनकालदेखि सल्यान र आसपासका सर्वसाधारणले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्दै आइएको थाप्लेको भूमे मन्दिर नजिकै हनुमतधाम निर्माण गर्ने गरी पहल बढाइएको हो । धाम निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट [...]
इम्बोस्ड नम्बर प्लेट जडान सुस्त : सात वर्षमा ५० हजार जडान> hemantakhabar.com
सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन् । सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै सङ्ख्यामा मात्रै नम्बर प्लेट जडान भएको हो । यातायात व्यवस्था विभागले अहिलेसम्म झन्डै [...]
पचास शय्याको जाजरकोट अस्पताल हस्तान्तरण> hemantakhabar.com
पचास शय्याको जाजरकोट जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सङ्घीय आयोजना कार्यान्वन एकाइ सुर्खेतले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई सोमबार हस्तान्तरण गरेको हो । विसं २०७७ असार २७ गते भवन निर्माण गर्नका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको थियो [...]
खानेपानीमा ‘फेइकल कोलिफर्म इकोली’ भेटियो> hemantakhabar.com
काभ्रेपलाञ्चोकको पचास प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा जिल्लाका छ स्थानीय तहका खानेपानी आयोजनाका पानी परीक्षणबाट सबै खानेपानी दूषित भएको पुष्टि भएको जनाएको हो । कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर [...]
भिरबाट लडेर मृत्यु > hemantakhabar.com
भिरबाट लडेर बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतबार जङ्गलमा काठ लिन भनेर गएका गुरुङ नफर्किएपछि खोजी गर्ने क्रममा अमलेस्थित जङ्गलमा सोमबार मृतावस्थामा [...]
स्वास्थ्य बीमाः बन्दीपुरको जिम्मा> hemantakhabar.com
तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउने भएको छ । पहाडकी रानी नामले परिचिते बन्दीपुरले आगामी आर्थिक वर्षमा ‘सभ्य समाजको गाउँ, बन्दीपुर घुम्न जाउँ’ अभियान सञ्चालन गर्न लागेको हो । बन्दीपुरको पर्यटनलाई विश्वसनीय, भरपर्दो र आकर्षक बनाउन [...]
किसानलाई अनुदानमा भैँसी वितरण>hemantakhabar.com
चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नं ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैँसी वितरण गरिएको हो । किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै [...]
त्रिचालीस दिनमै खानेपानी योजना सम्पन्न >hemantakhabar.com
धवलागिरि गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन । म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जामात्र हो । गुर्जा पुग्न धवलागिरि गाउँपालिकाको वडा नं २ लुलाङबाट पूरै दिन जङ्गल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ । घोडा, खच्चर र [...]
कञ्चनपुर बजेटः पूर्वाधारलाई नै प्राथमिकता>hemantakhabar.com
कञ्चनपुरका नौ स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट सार्वजनिक गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषिमा ‘हाम्रो उपजः हाम्रै प्रयोग’ भन्ने नारा अघि सारेको छ । त्यसैगरी कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यावसायिक [...]
आजको मौसम : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना>hemantakhabar.com
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । यसका कारण देशका अभिर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका [...]
गृह मन्त्रालयद्वारा समाचारको खण्डन> hemantakhabar.com
गृह मन्त्रालयले नक्कली भूटानी शरणार्थी प्रकरणबारे आज प्रकाशित एक समाचारप्रति आपत्ति जनाउँदै त्यसको खण्डन गरेको छ । उक्त विषयमा आज एक पत्रिकाले केही व्यक्तिलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा पक्राउ गर्न आदेश दिइएको भन्ने समाचार प्रकाशित गरेको विषयमा गम्भीर ध्यानाकर्षण [...]
टर्कीका राष्ट्रपति एर्दोगानले स्वीडेनलाई नाटो सदस्यताका लागि पीकेके गतिविधि अन्त्य गर्न आग्रह: हेमन्त खबर
टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आइतबार स्वीडेनलाई प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का समर्थकहरूले स्टकहोममा भएको प्रदर्शनलाई रोक्न आग्रह गर्नु भएको छ । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गसँग आइतबार फोन वार्तामा एर्डोगानले आफ्नो देशले स्वीडेनको गठबन्धनमा सामेल हुने निर्णयप्रति आफ्नो "रचनात्मक [...]
घुस लिएको अभियोगमा मुद्दा दायर: हेमन्त खबर
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूलाई नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि [...]
रासस र एनएमएबीच समझदारीपत्रमा हस्ताक्षर: हेमन्त खबर
राष्ट्रिय समाचार समिति (रासस) र नेपाल पर्वतारोहण सङ्घ (एनएमए) बीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालको पर्वतारोहण क्षेत्रको प्रचारप्रसार गरी विश्व समुदायमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यअनुसार दुई संस्थाबीच समझदारी भएको हो । आज यहाँ आयोजित एक समारोहबीच राससका महाप्रबन्धक [...]
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने; हेमन्त खबर
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ । यस्तै सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्काको प्रक्रिया अगाडि [...]
लागुऔषध दुव्र्यसनविरुद्ध शान्ति समाजको देशव्यापी सचेतना; हेमन्त खबर
लागुऔषध दुव्र्यसन र अवैध ओसारपसारविरुद्ध मानवअधिकार तथा शान्ति समाजले देशव्यापी जागरण अभियान सुरु गरेको छ । लागुऔषध दुव्र्यसन र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन)का अवसरमा शान्ति समाजको आयोजनामा आज एक दर्जन जिल्लामा विद्यालय केन्द्रित कार्यक्रम सम्पन्न भएको हो । [...]
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो: हेमन्त खबर
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार एक सय २९ दशमलव ४२ मा पुगेको छ । ठूला कम्पनीको [...]
पाँच वर्ष यही गठबन्धनको सरकार : प्रधानमन्त्री: हेमन्त खबर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताउनुभएको छ । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन नै पाँच वर्ष रहने बताउनुभएको हो । उहाँले भन्नुभयो, “अहिले कताकता यो सरकारको [...]
अख्तियारद्वारा कोषका तत्कालिन सदस्य सचिव डा ढकालविरुद्ध मुद्दा दायर; हेमन्त खबर
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आज मुद्दा गरिएको छ । अख्तियार दुरुपायोग अनुसन्धान आयोगले रु एक करोड ४४ लाख ११ हजार ७८१ सम्पत्ति स्रोत नखुलेको दावीसहित डा [...]
असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड: हेमन्त खबर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताउनुभएको छ । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु [...]
अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पूरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइदै: हेमन्त खबर
अष्ट्रेलियाको ‘नेशनल ग्यालरी'मा रहेका नेपाली पूरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएकोछ । नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए । नेशनल ग्यालरीले नै कलाकृति नेपाली दुतावासलाई [...]
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य; हेमन्त खबर
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत शनिबारदेखि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्रा डा रत्नमणि गजुरेलले जानकारी दिनुभयो । चिकित्सक टोलीले राष्ट्रपति पौडेलको आवश्यक नियमित [...]
अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाली राजदूतको भेट: हेमन्त खबर
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आज नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क तइयोङले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदानप्रदान, हवाई उडान, पर्यटन तथा आर्थिक विकासलगायत विषयमा कुराकानी भएको छ । भेटमा [...]
सेनाको सङ्ख्यालाई निरपेक्षरूपमा हेरिनुहुन्न : मन्त्री खड्का; हेमन्त खबर
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको सङ्ख्या निर्धारण हुने भएकाले सङ्ख्यालाई निरपेक्षरूपमा हेरिनु नहुने बताउनुभएको छ । सरकारद्वारा आव २०८०÷८१ का लागि प्रस्तुत बजेट तथा कार्यक्रममा रक्षा मन्त्रालय र मातहतका निकायका विषयमा उठेका [...]
सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ; हेमन्त खबर
सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार, सेवन र दुव्र्यसनको अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ । आज मुलुकभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सुदूरपश्चिममा खासगरी कैलाली र कञ्चनपुर ब्राउन सुगरको अवैध कारोबार र दुव्र्यसनकर्ताको अखडा बन्दै गएको [...]
परम्परागत बाली छाडेर ओखर खेती: हेमन्त खबर
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखर खेतीका लागि अनुदान दिएपछि यहाँका किसानले परम्परागत खेती छाडेर ओखर खेती सुरु गरेका छन् । जैमिनी नगरपालिका–३ को नौलाका गोपाल छन्त्यालले परम्परागतरुपमा मकै र कोदो लगाउँदा सोचेजस्तो फाइदा कमाउन नसकेको बताउनुभयो । उहाँले मकै र [...]
तिलागुफा नगरपालिकाले ल्यायो पशु पैँचो कार्यक्रम: हेमन्त खबर
कालीकोटको तिलागुफा नगरपालिकाले पशु पैँचो कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरको १३औँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा नगरलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि पशु पैँचो कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले जानकारी दिनुभयो । पशुपालन व्यवस्थालाई [...]
ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका वृद्ध मृत भेटिए; हेमन्त खबर
ओखलढुङ्गामा हँसिया बेच्न हिँडेका एक एक वृद्ध मृत फेला परेका छन् । घरायसी फलामका हातहतियार हसिँया, कचिया बेच्न हिँडेका चिशङ्खुगढी गाउँपालिका–३ दियालेका ६५ वर्षीय गोठे कामी मृत फेला परेका हुन् । आइतबार बिहान हसिँया, कचिया बेच्न भनि घरबाट निस्किएका उनी [...]
श्रमदानबाट पुल निर्माण: hemantakhabar.com
ताप्लेजुङको फक्तालुङ गाउँपालिका र फुङ्लिङ नगरपालिकाको जोड्ने याफ्रे खोलामा श्रमदानमार्फत काठे मोटरेबल पुल निर्माण गरिएको छ । बाढीबहिरोका कारण खोलामा पानी तह बढेकाले गाडी तर्न नसक्ने भएपछि फक्ताङ्लुङ गाउँपालिकाको सक्रियतामा श्रमदानमा काठेपुल निर्माण गरिएको हो । तमोर कोरिडोरअन्तर्गतको फक्ताङ्लुङ गाउँपालिका–३ [...]
बागलुङका स्थानीय तहले ल्याए रू पाँच अर्ब ९६ करोडको बजेट; हेमन्त खबर
बागलुङका सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । बागलुङका चार नगरपालिका र छ गाउँपालिकाले रू पाँच अर्ब ९६ करोड ७७ लाख १७ हजार छ सयको बजेट ल्याएका हुन् । आर्थिक वर्ष २०८०/८१ को लागि सङ्घीय सरकार, [...]
७४ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता; हेमन्त खबर
छिमेकी मुलुक इरानबाट पछिल्लो एक महिनामा ७४ हजारभन्दा बढी अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् ।सरकारी समाचार संस्था बख्तरले सोमबार अफगानी अधिकारी र एक प्रतिवेदनलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरेको छ । इरानमा वर्षौंदेखि शरणार्थीका रूपमा बस्दै आएका ७४ [...]
पाकिस्तानमा महिला र बालबालिकाविरुद्ध चार महिनामा नौ सयभन्दा बढी हिंसाका घटना दर्ता; हेमन्त खबर
पाकिस्तानमा यो वर्षको पहिलो चार महिनामा सिन्ध प्रहरीमा महिला र बालबालिकाविरुद्ध हिंसाका ९०० भन्दा बढी घटना दर्ता भएका सस्टेनेबल सोसियल डेभलपमेन्ट अर्गनाइजेसन (एसएसडीओ) को एक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले यस्ता घटनाको रिपोर्टिङ गर्ने सामाजिक निषेधका कारण यो सङ्ख्या [...]
सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम
सन् २०२३ को विश्व प्रतिस्पर्धात्मक वरीयतामा डेनमार्क प्रथम स्थानमा पुग्न सफल भएको छ भने आयरल्याण्ड र स्विट्जरल्याण्ड क्रमशः द्वितीय र तृतीय स्थानमा उभिएका छन् । विश्वका ६४ देशको प्रतिस्पर्धात्मक क्षमतालाई मूल्याङ्कन गर्न सर्वेक्षण, साङ्खिकीय अध्ययन र प्रवृत्तिहरूको संयोजनलाई प्रयोग गरी [...]
श्रीलङ्काले पाँच दिनसम्म वित्तीय बजार बन्द गर्ने घोषणा: हेमन्त खबर
श्रीलङ्काको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलङ्काका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् । श्रीलङ्काले गत वर्षको अप्रिलमा आर्थिक सङ्कट घोषणा गर्दै आफ्नो विदेशी ऋणको लागि [...]
नौमती बाजामार्फत जातीय भेदभाव मेटाउँदै महिला> हेमन्त खबर
नौमती बाजामार्फत जातीय भेदभाव मेटाउन अग्रणीरूपमा यहाँका महिला सक्रिय देखिएका छन् । बाहुन, राई, दलितलगायत समुदायका महिलाले जातीय भेदभाव र छुवाछूतजस्ता सामाजिक विकृतिलाई तोड्दै नौमती बाजा बजाउनका लागि समूह गठन गरेका छन् । इटहरीस्थित तलेजु नौमती बाजा महिला समूहमा ३० [...]
नियमित जाँच गरी सुत्केरी भएमा रु १० हजार प्रोत्साहन> हेमन्त खबर
हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गरी सुत्केरी भएमा रु १० हजार प्रोत्साहन रकम दिने निर्णय गरेको छ । स्वास्थ्य संस्थामा पुगेर नियमित स्वास्थ्य परीक्षण नगराइ सुत्केरी हुने प्रचलनलाई निरुत्साहित गर्न गाउँपालिकाले यो नीति लिएको हो । [...]
आकस्मिक समयमा रित्तो बाल्टिनदेखि चट्याङसम्मका कुरा: हेमन्त खबर
प्रतिनिधिसभामा दाङ र बागलुङमा चट्याङबाट भएको जनधनको क्षति, बाढीपहिरोका घटना, सप्तरीमा अन्तरजातीय विवाहपछि उत्पन्न विवाद र जिल्ला निर्वाचन कार्यालयको खारेजीसम्बन्धी प्रश्नका विषयले प्रवेश पाएको छ । सभामुख देवराज घिमिरेले सदन प्रारम्भ भएको घोषणा गर्नासाथ आकास्मिक समय माग गर्दै सांसद दीपक [...]
जसपाको विधान अधिवेशन : समूहगत छलफल जारी>हेमन्त खबर
जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन काठमाडौँमा जारी रहेको छ । अधिवेशनको दोस्रो दिन आज सहभागीबीच समूह निर्माण गरेर छलफल जारी रहेको छ । पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दिनुभएको जानकारीअनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादवले आइतबार प्रस्तुत [...]
घाँटीमा सर्प बेरेपछि …..hemantakhabar.com
सर्प दंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो । आइतबार राति घरको ढोकामा सर्प देखेपछि राजवंशीले सर्प [...]
दुई हजार पशुलाई ‘लम्पी स्किन’विरुद्ध खोप दिइयो> हेमन्त खबर
स्याङ्जाको वालिङ नगरपालिकाले दुई हजार पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइदिएको छ । नगरभित्रका विभिन्न वडामा लम्पी स्किनबाट सङ्क्रमित पशुको सङ्ख्या बढ्दै गएपछि नगरपालिकाले खोप खरिद गरी निःशुल्क लगाइदिएको हो । पशुमा सङ्क्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रण गर्न पालिका आँफैले [...]
दार्चुलामा वडाध्यक्षको निधन: हेमन्त खबर
दार्चुलाको दुहु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएको छ । उपचारका लागि कैलालीको धनगढी लैजाँदै गर्दा उहाँको बाटोमै निधन भएको हो । आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भट्टलाई जिल्ला अस्पताल भर्ना गरिएको थियो । जिल्ला अस्पतालमा सम्भव नभएपछि [...]
लागुऔषध दुरुपयोगको असरसँग जुध्न गृहमन्त्रीको आह्वान; hemantakhabar.com
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्नका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वस्थ, सभ्य र समुन्नत समाज [...]
उकालो लाग्दै अण्डाको मूल्य> हेमन्त खबर
किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो । बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा [...]
इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही: hemantakhabar.com
वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ । पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले छ इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको हो । महानगरपालिकाले तार व्यवस्थापनका लागि [...]
माछापुच्छ्रेमा पशुपालन व्यवसाय फस्टाउँदै> hemantakhabar.com
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका पशुपालनमा देशमै अग्रणी स्थानमा छ । पालिकाका नौ वडाबाट गरी दैनिक ११ हजार लिटर दूध बिक्रीका लागि पोखरा बजारमा ल्याउने गरिन्छ । पुशपालन व्यवसाय फस्टाउँदै गएपछि गाउँपालिकाले पशु आहाराका लागि गाउँमै दाना चोक्कर केन्द्र स्थापना गर्ने [...]
अफगानिस्तान विश्व समुदायसँग सम्बन्ध स्थापित गर्न चाहन्छ : तालिबान>हेमन्त खबर
तालिबाननेता मौलवी हिबतुल्लाह अखुन्दजादाले इद–उल–अजहाको आगमनपछि एक सन्देश जारी गर्दै तालिबानले विश्व, विशेषगरी इस्लामी मुलुकसँग असल राजनीतिक तथा आर्थिक सम्बन्ध चाहेको र यस सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गरेको बताउनुभएको छ । काबुलबाट प्रसारण हुने अफगान समाचार च्यानल टोलो न्यूजका अनुसार [...]

International
सतसट्ठी हजार भक्तजनद्वारा अमरनाथमा अर्चना
बितेका पाँच दिनमा पजुलाई १ मा यात्रा सुरु भएदेखि कूल ६७ हजार पाँच सय ६६ भक्तले अमरनाथको पूजार्चना गरेका छन् । राज्य सरकारले बुधबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार साँझसम्ममा ती [...]
बस दुर्घटनामा उनान्तीस जनाले ज्यान गुमाए
मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार एउटा यात्रुवाहक बस पहाडी सडकबाट खाल्डोमा खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको राज्यका एक जना अभियोजकले एएफपीलाई बताएका छन् । दुर्घटनाको खबर प्राप्त हुने वित्तिकै [...]
युक्रेन युद्धःरुसी आक्रमणमा तीन युक्रेनी मारिए
पश्चिमी युक्रेनी शहर ल्भिभमा रहेको एउटा अपार्टमेन्टमा रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको नगरका प्रमखले बताएका छन् । नगरप्रमुख एन्ड्री सडोवीका अनुसार रुसी आक्रमणमा परी आठ जना [...]
खानीमा ग्यास चुहिँदा चौविस जनाको मृत्यु
बुधवार साँझ बोक्सबर्गको बाहिरी भागमा अवस्थित एन्जेलो बस्तीमा अवैधरुपमा सञ्चालन गरिएको खानीमा ग्यास चुहिँदा बालबालिका र महिलासहित २४ जनाको मृत्यु भएको भएको छ । एकुरहुलेनीमा प्रकोप तथा आपत्कालीन व्यवस्थापन सेवाका [...]

Opinion & Analysis
नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाको सहायक संगठन समाजवादी मन्चको बैठक सप्पन्न
२०८१ माघ १८ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन समाजवादी सम्पर्क मञ्चको १२औ पुर्ण बैठक संगठनका अध्यक्ष प्रमुख अतिथि पार्टीका केन्द्रिय नेत्ता चिरन सिको प्रमुख आतिथ्यमा बैठक सप्पन्न भएको [...]
“धार्मिक मानिसको हातमा रुद्राक्षको मालैमाला”
२०८१ माघ २७ काठमाडौ । धर्म भन्ने शब्दलाई पहिले पहिले मानव समुदायले कानुनको रूपमा प्रयोग गरेको पाईन्छ । धर्मको बिकसित रुप आज युगमा कानुनलाई पनि लिइन्छ । धर्म भन्ने शब्द [...]
अपराध भनेको के हो ? अपराधको अर्थ के हो ?
२०८१ माघ २६ काठमाडौ ।अपराध शब्दको उत्पत्ति 'ल्याटिन' भाषाको (कृमिन) भन्ने शब्दबाट आएको हो। जसको अर्थ आरोप वा दोष लगाइएको व्यक्ति भन्ने बुझिन्छ। त्यस्तै अपराध शब्द ग्रीक भाषाको 'लोजिया' भन्ने [...]


