कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

जिप दुर्घटनामा एकको मृत्यु, १४ घाइते

जिल्लाको पञ्चेश्वर गाउँपालिकामा जिप दुर्घटनामा हुँदा एकको मृत्यु भएको छ भने १४ घाइते भएका छन् । गणमेश्वरबाट देहीमाडौँतर्फ आउँदै गरेको से १ ज २९५ नम्बरको जिप पञ्चेश्वर–५ तिलकपुर भिटा भन्ने [...]

By |2023-04-03T22:11:24+05:45April 3, 2023|Categories: News|

मध्यपूर्वी पृतनामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टरअन्तर्गत बर्दिवास सैनिक शिविर, महोत्तरीमा भूतपूर्व सैनिक सम्मेलन, २०७९ सम्पन्न भएको छ । सम्मेलनको आज उद्घाटन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्र सेवा तथा नेपाली जनताको सुख–दुःखमा [...]

By |2023-04-03T22:10:14+05:45April 3, 2023|Categories: News|

पेट्रोलियम पदार्थको मूल्य घट्यो

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको जनाएको [...]

By |2023-04-03T22:08:37+05:45April 3, 2023|Categories: News|

मोटरसाइकल दुर्घटनामा बालकको मृत्यु, दुई घाइते

कञ्चनपुरको दैजी–बेल्डाडी सडक खण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । बेल्डाडीबाट महेन्द्रनगरतर्फ आइरहेको सुपप्र ०२–००३ प ४६७१ नम्बरको मोटरसाइकल बेदकोट १० मा नालामा खस्दा दुर्घटना भएको [...]

By |2023-04-03T22:07:28+05:45April 3, 2023|Categories: News|

उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता सम्पन्न

आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्धारण भएको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । चितवन [...]

By |2023-04-03T22:06:18+05:45April 3, 2023|Categories: News|

राहदानी दुरुपयोग गरेको अभियोग लागेका लामिछानेविरुद्ध सर्वोच्चमा रिट, भोलि सुनुवाइ हुने

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ [...]

By |2023-04-03T22:05:05+05:45April 3, 2023|Categories: News|

बारा–२ मा उम्मेदवारी दर्ता

प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्रयादवसहित ३७ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । बाह्र राजनीतिक दल र बाँकी स्वतन्त्रबाट [...]

By |2023-04-03T22:02:18+05:45April 3, 2023|Categories: News|

सरकारद्वारा मिटरब्याजबारे छानबिन गर्न आयोग गठन

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन आयोग गठन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्याबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा [...]

By |2023-04-03T22:00:30+05:45April 3, 2023|Categories: News|

पोखरामा ‘आलु महोत्सव’

एघारौँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आउँदो आइतबारदेखि सुरु हुँदैछ । पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक विष्णु पादुका क्लबले जनाएको छ । कोभिड–१९ महामारीका कारण [...]

By |2023-04-03T21:57:51+05:45April 3, 2023|Categories: News|

सेना राष्ट्रिय सुरक्षाको आधारशीला : प्रधानसेनापति

प्रधान सेनापति प्रभुराम शर्माले सुसङ्गठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताउनुभएको छ । महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै उहाँले सेना बलियो भएमा मुलुकको [...]

By |2023-04-03T21:56:11+05:45April 3, 2023|Categories: News|

नेप्से परिसूचक १६ दशमलव ६७ अङ्कले घट्यो

यो साता कारोबारको लगातार दोस्रो दिन पनि पुँजीबजारमा गिरावट देखिएको छ । आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अङ्कले घटेको छ । नेप्सेकाअनुसार [...]

By |2023-04-03T21:54:38+05:45April 3, 2023|Categories: Stock market|

विपन्नका लागि घर बनाइँदै

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रका गरिब तथा विपन्न समुदायका लागि आवास निर्माण थालनी गरेको छ । नगरपालिकाले ‘मेयर–उपमेयर’ आवास कार्यक्रमअन्तर्गत यहाँ १९ घर निर्माण थालिएको नगरपाकिलाका [...]

By |2023-04-03T21:53:03+05:45April 3, 2023|Categories: News|

तनहुँ-१ मा कांग्रेसका भट्टराईको उम्मेदवारी दर्ता

आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भट्टराईले आज उम्मेदवारी दर्ता [...]

By |2023-04-03T21:51:44+05:45April 3, 2023|Categories: News|

मन्दिर पुनःनिर्माणका लागि १४ लाख

रोटरी क्लब अफ पाटन हेरिटेजले भाइदेग मन्दिर पुनःनिर्माणका लागि रु १४ लाख संस्कृति सम्पदा संरक्षण समूहलाई हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ पाटन हेरिटेजका संस्थापक अध्यक्ष गणेश कार्कीले संस्कृति [...]

By |2023-04-03T21:50:30+05:45April 3, 2023|Categories: News|

बिस्केट जात्रा शान्तिपूर्णरूपमा सम्पन्न गर्न सहमति

यही चैत २७ गतेदेखि भक्तपुरमा सुरु हुने बिस्काः अर्थात् बिस्केट जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा जात्रासँग सरोकार राख्ने सम्पूर्ण निकायकाबीच भएको छलफलमा [...]

By |2023-04-03T21:49:19+05:45April 3, 2023|Categories: News|

रसुवा नाकाबाट २६ चिनियाँ पर्यटक नेपाल भित्रिए

नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ पर्यटक नेपाल भित्रिन थालेका छन् । तीन वर्षदेखि बन्द भएको रसुवागढी नाका यही शनिबारदेखि खुला भएसँगै २६ जना पर्यटक नेपाल भित्रिएका हुन् । अध्यागमन कार्यालय [...]

By |2023-04-03T21:45:54+05:45April 3, 2023|Categories: News|

महाभारतमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन

महाभारत गाउँपालिका–५ किल्लामा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पोषण अभियान कार्यक्रमको शुभारम्भसहित प्रजनन, एकीकृत जनस्वास्थ्य सेवाका लागि आयोजित शिविर मङ्गलबारसम्म सञ्चालन हुने जनाइएको छ । बागमती प्रदेश सरकार [...]

By |2023-04-03T21:44:34+05:45April 3, 2023|Categories: News|

मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित

कैलालीको जानकी गाउँपालिका वडा नं १ दुर्गौलीमा मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित बनेको छ । गाउँपालिका कार्यालयबाट करिब तीन सय मिटरको दूरीमा गौशाला बनेको छ । केही समय किसानको [...]

By |2023-04-03T21:42:49+05:45April 3, 2023|Categories: News|

उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान

निर्वाचन आयोगले आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ । आयोगले आज सूचना प्रकाशन गरी पर्यवेक्षण [...]

By |2023-04-03T21:40:46+05:45April 3, 2023|Categories: News|

महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी

ललितपुरको कुपन्डोलस्थित महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी हुँदा रु साढे दुई करोडको क्षति भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान भएको आगलागीमा सात गाडी, तीन स्कुटर र [...]

By |2023-04-03T21:39:30+05:45April 3, 2023|Categories: News|

दश हजार विदेशी श्रमिक नेपालमा,सबैभन्दा बढी चिनियाँ

नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ । यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशी [...]

By |2023-04-03T21:38:24+05:45April 3, 2023|Categories: News|

अपर अरुण आयोजनाले एक अर्ब ४५ करोड बढी मुआब्जा बाँड्यो

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन एक हजार ६१ मेगावाटको अपर अरुण आयोजना प्रभावित क्षेत्रमा रू एक अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । आयोजना प्रभावित क्षेत्रका लागि छुट्टाइएको सात सय ८८ [...]

By |2023-04-03T21:35:03+05:45April 3, 2023|Categories: News|

खानेपानीको वैकल्पिक व्यवस्था

जिल्लाको म्याग्दे गाउँपालिका–४ स्थित पीपलटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी ट्याङ्कीमा महिलाको शव भेटिएपछि वैकल्पिक खानेपानीको व्यवस्था गरिएको छ । सोही वडाको ढाडखोला मुहानबाट ल्याइएको पानी ट्याङ्कीमा सङ्कलन गरी [...]

By |2023-04-03T21:33:54+05:45April 3, 2023|Categories: News|

सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ–सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको बताउनुभएको छ । रेडियो नेपालको ७३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता शर्माले आमसञ्चार ऐन, [...]

By |2023-04-03T21:32:29+05:45April 3, 2023|Categories: News|

ट्रेड टावर मुख्यमन्त्रीद्वारा शिलान्यास

तुलसीपुर उपमहानगरपालिका कार्यालयको उत्तरतर्फ निर्माण हुन लागेको तुलसी ट्रेड टावर निर्माण थालिएको छ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले आज उक्त टावर शिलान्यास शिलान्यास गर्नुभयो । पाँच महिनाअघि नै [...]

By |2023-04-03T21:31:16+05:45April 3, 2023|Categories: News|

राष्ट्रीय स्वतन्त्र पार्टीका रवी लामिछाने द्वारा उम्मेद्बारी दर्ता

उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गर्नुभएको छ । आज बिहान १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उहाँले आफ्नो उम्मेदवारी दर्ता [...]

By |2023-04-03T13:56:43+05:45April 3, 2023|Categories: News|

आगामी उपनिर्वाचनको मनोनयन आज हुँदै

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ । सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने निर्वाचन [...]

By |2023-04-03T13:46:53+05:45April 3, 2023|Categories: News|

भुतपुर्व नेपाली आर्मीको सम्मेलन मध्य पूर्वी पृतनामा सुरु

सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर मातहतका आठ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन–२०७९’ यहाँ सुरु भएको छ । सम्मेलन जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना [...]

By |2023-04-03T13:44:35+05:45April 3, 2023|Categories: News|

फिनल्याण्डका प्रधानमन्त्री मारिन पदच्युत, कन्जरभेटिभलाई अग्रता

फिनल्याण्डको प्रमुख कन्जरभेटिभ पार्टीले आइतबार भएको संसदीय निर्वाचनमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । निर्वाचनमा दक्षिणपन्थी पपुलिस्ट पार्टी दोस्रो बनेको छ भने प्रधानमन्त्री सन्ना मारिनको सोसल डेमोक्र्याटिक पार्टीलाई [...]

By |2023-04-03T12:48:59+05:45April 3, 2023|Categories: International|

बेरोजगारी र गरिबीका कारण दैनिक सयौं अफगान विदेश पलायन हुन बाध्य

तालिबानको शासनकालमा अफगानिस्तानमा गरिबी र बेरोजगारीको उच्च दरका कारण त्यहाँका बासिन्दाहरू रोजगारी खोज्न देश छोडेर विदेश जान बाध्य हुने गरेका टोलोन्यूजले जनाएको छ । त्यहाँका नागरिकले आफ्नो परिवारको पेट पाल्नका [...]

By |2023-04-03T12:44:28+05:45April 3, 2023|Categories: International|

दाना उद्योग सञ्चालनमा

नवलपरासी गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ । गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले रु एक करोड ९४ लाख ८५ हजार दुई सय ६४ लगानीमा [...]

By |2023-04-03T12:42:29+05:45April 3, 2023|Categories: News|

ग्यास ट्याङ्कर पल्टिँदा मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको युपि ७० डिटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा नाम, [...]

By |2023-04-03T12:38:10+05:45April 3, 2023|Categories: News|

उपराष्ट्रपतिद्वारा राष्ट्रपतिको स्वास्थ्य अवस्था बारे जानकारी

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिविवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उहाँको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ । राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव आज बिहान सो अस्पताल पुग्नुभएको [...]

By |2023-04-03T12:25:18+05:45April 3, 2023|Categories: News|

इजलास कक्षविहीन न्यायिक समिति

जिल्ला बैतडीका स्थानीय तहमा रहेका न्यायिक समितिलाई भने न्याय सम्पादनमा समस्या भएको छ । संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्र विवाद निरुपण गर्न स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय [...]

By |2023-04-03T12:24:20+05:45April 3, 2023|Categories: News|

चितवन–२ उपनिर्वाचन; उम्मेदवारी दर्ता गर्दै दलहरु

आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गर्दै छन् । जिल्लामा विशेष गरी चार दलका लागि निर्वाचन कार्यालयले समय तालिका तोकेको [...]

By |2023-04-03T09:27:44+05:45April 3, 2023|Categories: News|

शुक्लाफाँटामा जग्गा कित्ताकाट खुला

शुक्लाफाँटा नगरपालिकामा जग्गा कित्ताकाट खुला गरिएको छ । जग्गा वर्गीकरण गर्ने कार्य पूरा नहुँदा छ महिनादेखि जग्गासम्बन्धीका कार्य अगाडि बढ्न सकेका थिएनन् । नगरपालिकाको स्थानीय भूउपयोग परिषद्ले क्षेत्राधिकारभित्रको जग्गाको वर्गीकरणको [...]

By |2023-04-03T09:23:53+05:45April 3, 2023|Categories: News|

स्ट्रबेरी खेतीबाट मनग्य आम्दानी

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गर्नुभएको छ । उहाँले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । यस क्षेत्रमै पहिलो पटक रु दुई लाखको [...]

By |2023-04-03T09:20:15+05:45April 3, 2023|Categories: News|

अव्यवस्थित तार नहटाउनेलाई कारबाही गरिने

विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले अव्यवस्थित तार नहटाउनेलाई कारबाही गर्ने तयारी गरेको छ । प्राधिकरणले तुलसीपुरका सबै केबुल तथा इन्टरनेट वितरक कम्पनीसँग बैठक गरी तार नहटाउनेलाई विद्युत् लाइन काट्नेसम्मको निर्णय [...]

By |2023-04-03T09:13:28+05:45April 3, 2023|Categories: News|

बैशाख १० मा हुने उपनिर्वाचन लागि तनहुमा उदवारको मनोनयनपत्र दर्ता आज

वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज हुँदैछ । तनहुँ क्षेत्र नंं १ मा हुने उपनिर्वाचनका लागि यही चैत १८ गते सञ्चालनमा आएको मुख्य [...]

By |2023-04-03T07:13:28+05:45April 3, 2023|Categories: News|

कोभिड विरुद्धको बुस्टर डोज’ खोप लगाउनेको संख्या अत्यन्तै न्यून

जिल्ला कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो । खोप लगाउनेको सङ्ख्या न्यून रहेको जिल्ला [...]

By |2023-04-03T07:05:21+05:45April 3, 2023|Categories: News|

बन्द हुने अवस्थामा ‘श्रव्य पुस्तकालय’

दृष्टिविहीनका लागि विर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ । तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन सङ्घलाई [...]

By |2023-04-03T07:01:59+05:45April 3, 2023|Categories: News|

सामाजिक समावेशीकरण तालिम

कर्णाली तथा सुदूरपश्चिमका सरोकारवालालाई ‘लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण उत्तरदायी विपद् जोखिम न्यूनीकरण’सम्बन्धी तीन दिने तालिम प्रदान गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा युरोपियन [...]

By |2023-04-03T07:00:00+05:45April 3, 2023|Categories: Uncategorized|

सिद्धार्थ राजमार्ग दैनिक नौ घण्टा अवरुद्ध हुने

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने भएको छ । सडकखण्डअन्तर्गत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि मङ्गलबारदेखि दैनिक नौ घण्टा सडक बन्द हुने भएको हो [...]

By |2023-04-02T22:24:45+05:45April 2, 2023|Categories: News|

राससको सेवालाई २४ घण्टे बनाउने तयारी : अध्यक्ष झा

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको सेवालाई अब २४ घण्टे बनाउने तयारी भएको बताउनुभएको छ । बाँकेको नेपालगञ्जमा आज आयोजित ‘सेवाग्राहीसँग राष्ट्रिय समाचार समिति’ कार्यक्रममा उहाँले [...]

By |2023-04-02T22:23:41+05:45April 2, 2023|Categories: News|

उपनिर्वाचनको उम्मेदवारी दर्ता गर्ने सन्दर्भमा आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता २५ जनाभन्दा बढी सहभागी नहुने लगायत १० बुँदे निर्दैेशन जारी [...]

By |2023-04-02T22:22:15+05:45April 2, 2023|Categories: News|

पुष्प मेलामा रु ८४ लाखको कारोबार

पुष्प व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित सुरु भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा बढी रु ८४ लाखको आर्थिक कारोबार भएको छ । यही चैत १७ देखि सुरु भएको मेलामा ३८ [...]

By |2023-04-02T22:19:58+05:45April 2, 2023|Categories: News|

प्रेस राज्यको नजरमा परेन, महासङ्घ अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले प्रेस राज्यको नजरमा पर्न नसकेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखाको आयोजनामा ‘प्रेस काउन्सिलका सदस्य र न्यूनतम पारिश्रमिक निर्धारण समिति संयोजकसँग [...]

By |2023-04-02T22:18:29+05:45April 2, 2023|Categories: News|

पश्चिमी वायुको प्रभावले वर्षा

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा भइरहेको [...]

By |2023-04-02T22:15:58+05:45April 2, 2023|Categories: News|

उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय

आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका सन्दर्भमा भोलि सोमबार तनहुँ–१ मा उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ । उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक [...]

By |2023-04-02T22:14:47+05:45April 2, 2023|Categories: News|

उपनिर्वाचनमा कांग्रेसले उपेन्द्र यादवलाई समर्थन गर्ने

नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने बारा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्ने [...]

By |2023-04-02T22:13:36+05:45April 2, 2023|Categories: News|

नेपाल पर्यटन महोत्सव आयोजना हुने

नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै पर्यटनको नीतिगत बहस र पैरवी गर्ने उद्देश्यले नेपाल पर्यटन महोत्सव ‘नेपाल टुरिज्म फेस्टिभल २०२३’ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल [...]

By |2023-04-02T22:12:16+05:45April 2, 2023|Categories: News|

नेपाली नाटक जापानमा प्रदर्शन गरिने

नेपाली नाट्य कर्मीले तयार पारेको ‘इम्ब्रियोनिक’ नाटक जापानमा मञ्चन गरिने भएको छ । इन्द्रेणी थिएटरको प्रस्तुति रहेको उक्त नाटक आगामी अप्रिल ८ र अप्रिल ९ मा जापानको इतावासीस्थित सबटेरेनियम थिएटरमा [...]

By |2023-04-02T22:10:59+05:45April 2, 2023|Categories: News|

साना तथा मझौला कम्पनीको शेयर निष्काशन नियमावली मस्यौदा तयार

नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’ को मस्यौदा तयार पारेको छ । बोर्डले नियमावलीको मस्यौदा सार्वजनिक गर्दै विभिन्न क्षेत्रबाट सुझाव मागेको छ [...]

By |2023-04-02T22:08:12+05:45April 2, 2023|Categories: Stock market|

बीस अङ्कले घट्यो नेप्से

यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ अङ्कमा कायम [...]

By |2023-04-02T22:01:29+05:45April 2, 2023|Categories: News|

चार पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माण हुँदै

एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कैलाली र कञ्चनपुरका चार पालिकामा फोहरमैला प्रशोधन केन्द्रको निर्माण अघि बढेको छ । आधुनिक सडक निर्माणको योजनासँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना [...]

By |2023-04-02T21:59:54+05:45April 2, 2023|Categories: News|

भारतका पूर्व क्रिकेटर दुरानीको ८८ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डविरुद्धको पहिलो शृंखला जितका नायक तथा पूर्व क्रिकेटर सलिम दुरानीको ८८ वर्षको उमेरमा आइतबार निधन भएको छ । बायाँ हातले आक्रामक खेल खेल्न सक्ने ब्याट्सम्यान र बलर दुरानीले सन् १९६० [...]

By |2023-04-02T21:56:04+05:45April 2, 2023|Categories: International|

सुडानमा अप्रिल ६ मा ‘अन्तिम राजनीतिक सम्झौता’ मा हस्ताक्षर गरिने

राजनीतिक प्रक्रियामा संलग्न सुडानी दलहरू शनिबारका लागि तोकिएको ‘अन्तिम राजनीतिक सम्झौता’मा हस्ताक्षर गर्ने कार्यतालिका अप्रिल ६ सम्मका लागि स्थगन गर्न सहमत भएका छन् । संयुक्त राष्ट्र सङ्घ र विकाससम्बन्धी अन्तर–सरकारी [...]

By |2023-04-02T21:54:21+05:45April 2, 2023|Categories: International|

यमनको राजधानीमा भारी वर्षा र बाढीका कारण यातायात अवरुद्ध

यमनको राजधानी सानामा आएको भारी वर्षाका कारण शनिबार दिनभर यातायात ठप्प भएको छ । शुक्रबार अबेरदेखि सुरु भएको बर्षापछि बाढीको पानी साना सहरको ठूलो भागमा करिब दुई फितसम्म जम्मा भउको [...]

By |2023-04-02T21:53:05+05:45April 2, 2023|Categories: International|

गत आर्थिक बर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात

आर्थिक बर्ष २०२२।०२३ मा भारतीय स्मार्ट फोनको निर्यातबाट १० अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी भएको तथ्याङ्कले देखाएको छ । यो अवधिमा एप्पलको ‘मेक इन इन्डिया’ स्मार्टफोनले कुल निर्यातको ५० प्रतिशत [...]

By |2023-04-02T21:51:29+05:45April 2, 2023|Categories: International|

गीत बजाएपछि रेडियो स्टेशन बन्द

अफगानिस्तानको उत्तरपूर्वमा रहेको रेडियो स्टेशन तालिवान प्रशासनले बन्द गराएको छ । महिलाद्वारा सञ्चालित उक्त रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिवानका एक अधिकरीले बताएका छन् । [...]

By |2023-04-02T21:50:03+05:45April 2, 2023|Categories: International|

तल्लो अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्दै गान्धी

गुजरातको एक अदालतबाट मानहानी मुद्दामा दोषी ठहरिनु भएका भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले तल्लो न्यायलयको निर्णयविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्नुहुने भएको छ । गुजरातको ‘सेसन कोर्ट’ ले नेता गान्धीलाई यही [...]

By |2023-04-02T21:48:44+05:45April 2, 2023|Categories: International|

भ्रष्टाचार अभियोगमा भेनेजुएलामा बयालीस जना पक्राउ

करिब चार अर्ब अमेरिकी डलर हिनामिना गरिएको आरोपमा भेनेजुएलामा उच्च पदस्थ सरकारी अधिकारीसहित ४२ जनालाई पक्राउ गरिएको छ । देशको तेल कम्पनी पिडिभीएएस र अन्य सम्बन्धित सरकारी निकायका अधिकारीलाई नियन्त्रणमा [...]

By |2023-04-02T21:47:20+05:45April 2, 2023|Categories: International|

बुर्किनाफासोद्वारा पत्रकार निष्कासन

बुर्किनाफासोले फ्रान्सको ले मोन्डे र लिबरेशन दैनिकका संवाददाताहरूलाई निष्कासन गरेको छ । “बुर्किनाफासोस्थित हाम्रा संवाददाता सोफी डुसलाई देशबाट निष्कासन गरिएको छ । साथै उनका सहकर्मी एकै समयमा लिबरेसनबाट उनको सहकर्मी, [...]

By |2023-04-02T21:46:15+05:45April 2, 2023|Categories: International|

सिरियाली सैन्यस्थलमा इजरायली आक्रमण

इजरायलले शनिबार मध्यरातपछि मध्य सिरियाली प्रान्त होम्समा रहेका सैन्य स्थलमा मिसाइल आक्रमण गरेको सरकारी टिभीले जनाएको छ । सिरियाली हवाई प्रतिरक्षा प्रणालीले इजरायली क्षेप्यास्त्रलाई लक्ष्य भेदनबाट रोकेको पनि उक्त टिभीले [...]

By |2023-04-02T21:45:09+05:45April 2, 2023|Categories: International|

कपाल देखाएको अभियोगमा दुई महिला पक्राउ

पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रुपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ गरिएको छ । यहाँको एक पसलमा दही किन्न गएका उनीहरूलाई एक जना पुरूष ग्राहकले [...]

By |2023-04-02T21:44:09+05:45April 2, 2023|Categories: International|

मधुशाला गोलीकाण्डः तीन मारिए, एक जनाको अवस्था गम्भीर

संयुक्त राज्य अमेरिकाको मध्यपश्चिमी राज्य ओक्लाहोमास्थित एक मधुशालामा शनिबार राति भएको गोलीकाण्डमा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था [...]

By |2023-04-02T21:42:31+05:45April 2, 2023|Categories: International|

अमेरिकामा आँधीः छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । टेनेसीमा कम्तीमा नौ जनाले ज्यान गुमाएका छन् [...]

By |2023-04-02T21:41:09+05:45April 2, 2023|Categories: International|

केरा बेचेर वार्षिक रू डेढ करोडभन्दा बढी आम्दानी

पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो [...]

बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउँछाैँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले मन्त्रिपरिषद् विस्तार भएको र सम्बन्धित आयोजना समन्वय गरिरहेको उर्जा जलस्रोत तथा सिँचाइ [...]

By |2023-04-02T20:59:32+05:45April 2, 2023|Categories: News|

मिटरब्याज पीडितका समस्या समाधानका लागि सार्वजनिक महत्वको प्रस्ताव

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले मिटरब्याज पीडितका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको जरुरी प्रस्ताव प्रस्तुत गर्दै उहाँले मिटरब्याज पीडितका समस्या गर्ने [...]

By |2023-04-02T20:58:09+05:45April 2, 2023|Categories: News|

तनहुँ– १ उपनिर्वाचन : ठूला दलले टुङ्ग्याए उम्मेदवार

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलको उम्मेदवारी टुङ्गो लागेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुङ्गो लगाएका हुन् । नेपाली [...]

By |2023-04-02T20:56:33+05:45April 2, 2023|Categories: News|

मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सांसदहरुको माग

प्रतिनिधिसभाका सदस्यहरूले मिटरब्याजी पीडितसँग नेपाल सरकारले गरेको सहमति तत्काल लागू गरी समस्या समाधान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा मिटरब्याजी पीडितलाई तत्काल न्याय दिनुपर्नेमा उहाँहरूले जोड [...]

By |2023-04-02T20:50:58+05:45April 2, 2023|Categories: News|

गोंगबुस्थित विष्णुमती पुलको शिलान्यास

टोखा नगरपालिकाअन्तर्गत वडा नं ११ र ८ जोड्ने गोंगबु–बानियाँटर पुलको आज शिलान्यास गरिएको छ । नगरप्रमुख प्रकाश अधिकारीले विष्णुमती खोलामा निर्माण हुने पुलको आज जगपूजा गरी शिलान्यास गर्नुभएको हो । [...]

By |2023-04-02T20:45:37+05:45April 2, 2023|Categories: News|

बजेट बनाउनु पूर्व विज्ञ सम्मेलन

बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व विषयगत विज्ञहरुको सम्मेलन सुरु गरेको छ । विषयगत क्षेत्रको विकास गर्दै स्रोतसाधनको अधिकतम परिचालन गर्ने उद्देश्यले पालिकाले [...]

By |2023-04-02T20:42:16+05:45April 2, 2023|Categories: News|

विराटनगरका कवि र कविता’ सार्वजनिक

साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित ‘विराटनगरका कवि र कविता’ कृतिको लोकार्पण गरिएको छ । साहित्यकार पोखरेलद्वारा सम्पादित कृतिमा १९५३ सालदेखि २०४९ सम्म जन्मिएका विराटनगरका एक सय ८३ कविका कविता समावेश गरिएका [...]

By |2023-04-02T20:39:30+05:45April 2, 2023|Categories: News|

मार्चमा करिब एक लाख पर्यटक भित्रिए

गत मार्च महिनामा करिब एक लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका छन् । सो अवधिमा [...]

By |2023-04-02T20:38:08+05:45April 2, 2023|Categories: News|

मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किंदै

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने अभियान सुरु गरेको छ । सोमबारदेखि जिल्लाका उच्च जोखिम भएका क्षेत्रमा विषादी छर्किन लागेको स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले [...]

By |2023-04-02T20:35:38+05:45April 2, 2023|Categories: News|

गुल्मीको इस्मामा एकल पुरुषलाई मासिक भत्ता

गुल्मीको इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण गर्न थालिएको छ । गाउँपालिकाका ६९ एकल पुरुषलाई मासिक रु एक हजारका दरले भत्ता बितरण गरिएको हो । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा [...]

By |2023-04-02T20:34:27+05:45April 2, 2023|Categories: News|

चितवन–२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी वैशाख १० गते चितवन क्षेत्र नं–२ मा प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि शनिबार भरतपुर–१० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत चितवनका प्रमुख [...]

By |2023-04-02T20:33:12+05:45April 2, 2023|Categories: News|

घरमै सुत्केरी हुँदा चेपाङको मृत्यु

जिल्लाको राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्र वडा नं ११ सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु भएको छ । शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती नगरपालिकाका प्रमुख [...]

By |2023-04-02T20:31:50+05:45April 2, 2023|Categories: News|
Go to Top