श्रीलङ्काका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार
श्रीलङ्काका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार महिनामा १.८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन् । श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले शनिबार सो जानकारी गराउनुभएको छ [...]
श्रीलङ्काका आप्रवासी कामदारले सन् २०२३ को पहिलो चार महिनामा १.८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम पठाएका छन् । श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले शनिबार सो जानकारी गराउनुभएको छ [...]
हिंसाको आरोपमा इमरान खानको पार्टीका थप ५४० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । लाहोरको कोर्प्स कमाण्डर हाउसलगायात सार्वजनिक र निजी भवनमा आक्रमण गरेको आरोपमा प्रान्तभर आतङ्कवाद विरोधी ऐन [...]
जी-७ राष्ट्रहरूले यस वर्ष आपूर्ति शृङ्खला विविधीकरण गर्न साझेदारी योजना शुरु गर्ने योजना बनाएका छन् । सो समूहका अर्थमन्त्रीहरूले अर्को हप्ताको हुन लागेको प्रमुख शिखर सम्मेलन अघि जापानमा वार्तापछि शनिबार [...]
उत्तर प्रदेशको बरेलीको पर्साखेरा औद्योगिक क्षेत्रको एक रासायनिक कारखानामा शनिबार भीषण आगलागी भएको छ। विद्युत चुहावटका कारण आगलागी भएको प्रहरीले जनाएको छ । वरपरका बासिन्दाहरूलाई सावधानीका साथ अन्यत्र सारिएको छ [...]
यमनको मारिब प्रान्तमा हुथी मिलिसियाले गरेको ड्रोन हमलामा कम्तीमा तीन यमनी सरकारी सैनिकको मृत्यु भएको । सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई यसबारे पुष्टि गरेका हुन् । नाम न छाप्ने शर्तमा स्थानीय [...]
राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु वाग्मती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहर फाल्नेलाई स्थलगतरुपमै जरिवाना गरिएको छ । वाग्मती सफाइ महाअभियानले प्रत्येक शनिबार बिहान आयोजना गर्ने [...]
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार [...]
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित नेपाल–भारत सीमा कूटनीति कालीनदी सन्दर्भमा अन्तर्राष्ट्रिय [...]
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले नेता बचाउने भन्दा पनि जनता बचाउने कुरा [...]
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले आगामी नयाँ आर्थिक वर्षमा आउने बजेटमा जनताको आवश्यकतासँग [...]
यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो [...]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभएको छ । आज यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति गठन कार्यक्रममा उहाँले [...]
नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा कवीन्द्र नेपाल चयन हुनुभएको छ । युनियनको शुक्रबार सम्पन्न २१औँ साधारणसभा तथा नवौँ अधिवेशनले नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा दीपक [...]
बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार आज ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको हो । मृतक साहानी [...]
बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट-२०२३ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कनेक्टिभिटी प्रवद्र्धन र विस्तार गर्नुपर्नेमा जोड दिएको छ । लुम्बिनीमा तीन दिनसम्म [...]
सरकारले भूकम्पपीडितहरुलाई अस्थायी आवास निर्माणका लागि रकम प्रदान गर्ने भएको छ । विसं २०७८ जेठ महिनायतादेखिका भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रु ५० हजार अनुदान उपलब्ध गराइने भएको छ । भूकम्पबाट [...]
बालबालिकामा रहेको प्रतिभालाई बाहिर ल्याउन गायन र नृत्यमा प्रतिस्पर्धात्मक रियालिटी शो ‘बागमती गट ट्यालेन्ट सिङ्गिङ एन्ड डान्सिङ रियालिटी शो’ हुने भएको छ । एएनपी मिडिया हाउसका अध्यक्ष लवबहादुर कार्कीले बागमती [...]
चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी [...]
धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । [...]
नेपाल उद्योग वाणिज्य महासङ्घले मौद्रिक नीतिको समीक्षाले तत्काल बजार चलायमान हुने नदेखिएको टिप्पणी गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै [...]
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोशी प्रदेश नामको विरुद्धमा पहिचानवादीले निषेधको राजनीति गर्नु नहुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रदेशसभाले विविधरुपमा नामकरण गरिसकेको अवस्थामा [...]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किशोरकिशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेका कृषिविज्ञ मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको जनाएको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालद्वारा हस्ताक्षरित [...]
लकडाउन’ले धेरै नेपालीको व्यापार व्यवसायलाई धराशयी बनायो । लकडाउनका कारण धेरै व्यापार छाडेर पलायन भए भने कतिलाई लकडाउन नै अवसर बनिदियो । त्यस्तै एक उदाहरण बन्नुभएको मोरङको पथरी शनिश्चरे नगरपालिकाका [...]
गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले प्रदेशको खस्कँदो आर्थिक नीति सुधार्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार पदभार ग्रहण गरेपछि तनहुँ आउनुभएका मन्त्री आलेले नेपाली कांग्रेस [...]
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप लगाउन अभिभावकलाई अनुरोध गर्नुभएको छ । मन्त्री बस्नेतले भिडियो सन्देश जारी गरी अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप [...]
म्याग्दीको बेनीनगरपालिका–२ ज्यामरुककोटस्थित ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था बचत सङ्कलन र ऋण लगानीमा अब्बल सावित भएको छ । पाँच वर्षअघि विसं २०७५ मा छ जना दिदीबहिनी सङ्गठित भएर मासिक [...]
सुदूरपश्चिमकै प्रसिद्ध ऐतिहासिक उग्रतारा मन्दिरमा चोरी भएको छ । अमरगढी नगरपालिका–८ मा रहेको मन्दिरमा चोरी भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजे चोरी भएको हो । [...]
आगामी आसर मसान्तमा तोकिएको समयसीमा सकिनलाग्दा बागलुङ नगर अस्पतालको पहिलो तला मात्रै ढलान भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण नगर अस्पतालको भवन समयमा निर्माण सम्पन्न नहुने भएको हो । [...]
दाङको नारायणपुरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तयारीको काम अघि बढेको छ । इआइएका लागि यही वैशाख १० गते नै सार्वजनिक सूचना जारी गरिसकेको छ । [...]
व्यावसायिकरुपमा खेती गरिरहेका कृषकलाई प्राविधिक ज्ञान दिन कृषि ज्ञानकेन्द्र तनहुँका कर्मचारी बारीमै पुगेका छन् । सुन्तला र कागती खेती गरिरहेका कृषकलाई आवश्यक जानकारी प्रदान गर्न केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास [...]
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ । एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खुवाउनुपर्दा प्रतिवर्ष करिब ५६ लाख [...]
खेलकुद गतिविधि बढाउने भरपर्दो माध्यम भएकाले यसको विकासमा स्थानीय तहदेखि नै पहल हुनुपर्ने आवश्यकता औँल्याइएको छ । आज नेपाल सितोरियो कराते सङ्घ महोत्तरीको कार्यालय उद्घाटनका अवसरमा सहभागीले खेल मुख्यतः युवा [...]
पर्यटकीयस्थल ठमेललाई सफा, स्वच्छ र पर्यटकमैत्री बनाउन पर्यटन व्यवसायी तथा घरधनी सरसफाइ अभियानमा जुटेका छन् । ठमेल पर्यटन विकास परिषद्को अगुवाइमा काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, ठमेलका पर्यटन व्यवसायी र घरधनीले [...]
श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यु योर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । पेनीलाई शुक्रबार दिउँसो [...]
युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेशका सीताराम कोइरालालाई यस वर्षको खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । मन्त्रालयबाट प्रकाशित सूचनाको म्यादभित्र प्राप्त आवेदनका मूल्याङ्कनका आधारमा उक्त पुरस्कारका [...]
भौगोलिकरुपमा जिल्लाको विकट मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाको तीन स्थानमा आधारभूत सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहेका यहाँका तीन स्थानमा सामुदायिक स्वास्थ्य [...]
कालीगण्डकी नदी तटको केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा विकास हुँदैछ । स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) जोडेको यस धाममा यहाँको रमणीय प्राकृतिक वातावरणले सबैलाई लोभ्याउछ । निम्वार्क वैष्णव [...]
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ [...]
घोराही उपमहानगरपालिका–१८ स्थित श्री मावि रझेनामा कक्षा ५ मा अध्ययनरत सुदीप मगर दिवा खाजा खान पाउँदा खुसी हुनुहुन्छ । आइतबार हलुवा, सोमबार चना, मङ्गलबार खीर, बुधबार चिउरा÷पुलाउ, बिहीबार खिचडी÷चिउरा शुक्रबार [...]
विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् । मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा [...]
जिल्लामा रहेर व्यवस्थापन सङ्काय अध्यापन गराउने तीन वटा क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले [...]
मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि [...]
भूमिसम्बन्धी समस्या समाधानका लागि नवलपरासी पूर्व नवलपुरमा जग्गा नापीको कामले गति लिन थालेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि यहाँ रहेका पालिकामा जग्गा नापीको [...]
मधेस प्रदेश राजधानीकारुपमा रहेको धनुषाको जनकपुरधाम उपमहानगरपालिकालाई स्थानीय जनताका आवश्यकता पूर्ति गर्दै हेर्न लायक प्रादेशिक सहर बनाउनुपर्ने जिम्मेवारीसमेत छ । त्यसैमा पौराणिक, ऐतिहासिक एवं धार्मिक सहरको स्थापित पहिचानलाई मध्यनजर गर्दै [...]
सिउँडीको जस्तै काँडामा फल्ने अनौठो फलमा मुक्तबहादुर रानाको मन गयो । स्याङ्जाको पुतलीबजार–१३ का रानाले १५ वर्षअघि अनौठो र नौलो देख्नुभएको फल लाग्ने चार वटा विरुवा घरमा ल्याउनुभयो । सुरुमा [...]
रूसको एक लडाकू समूह, वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले शुक्रबार मस्कोको परम्परागत सेना पूर्वी युक्रेनको हटस्पट शहर बखमुत नजिकैको आफ्नो स्थानबाट ‘पछि हट्न’ लागेको बताउनुभएको छ । रूसको रक्षा मन्त्रालयले बाखमुतको [...]
संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (युएनओसीएचए) ले दक्षिणपूर्वी इथियोपियामा जारी हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको जनाएको छ । युएनओसीएचएले बिहीबार अबेर जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा हैजाको [...]
सुडानबाट अप्रिलको मध्यमा सुरु भएको द्वन्द्वबाट बच्न करिब दुई लाख मानिस भागेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । “सुडानमा हिंसा चौथो हप्तासम्म जारी रहँदा सुडानी शरणार्थीसहित स्वदेश फर्केकाहरू गरी कूल [...]
इस्लामावाद उच्च अदालतको एक इजलाशले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानलाई मे ९ पछि दायर गरिएको कुनै पनि मुद्दामा पक्राउ नगर्न शुक्रबार आदेश दिएको छ । अदालतले अल–कादिर ट्रस्टको [...]
युक्रेनले पूर्वी डोनेट्स्क क्षेत्रको बाख्मुट शहरको वरिपरि आफ्नो गुमेको क्षेत्रमा पुनः प्राप्तिका लागि महत्त्वपूर्ण प्रगति गरेको बताएको छ । सो क्षेत्र महिनौंदेखि रुससँग जारी लडाईको केन्द्रबिन्दुको रूपमा रहेको छ। "शत्रुले [...]
थाइल्यान्डका सेना प्रमुखले सैन्य-समर्थित सरकार कमजोर साबित हुन सक्ने आँकलन सहितको राजनीतिक दलहरूलको चुनावी र्या्लीहरूको अगाडि बढ्दै गर्दा त्यहाँ कुनै राजनीतिक कू को सम्भावना नभएको प्रष्ट पारेका छन् । सेनाले [...]
नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर विदेश पठाउन गरिएको सङ्गठित प्रयासबारे हाल भइरहेको तदारूकतापूर्ण अनुुसन्धानको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले स्वागत गरेको छ । हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता [...]
नेकपा (एमाले)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक सरेको जानकारी दिनुभयो । उहाँका अनुसार [...]
सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले आर्थिक वर्ष २०७८/७९ मा करिब पाँच करोड आम्दानी गरेको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको आज सम्पन्न ३५औँ वार्षिक साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनमा रु चार [...]
मानव अधिकार तथा शान्ति समाजले कर्णाली प्रदेशका विकट हिमाली जिल्ला हुम्ला, जुम्ला, कालीकोट र मुगुका विपन्न दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । यसै शैक्षिक सत्रदेखि प्रदान [...]
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्)का संरक्षक एवम् कृषिविज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आवासीयरुपमा शुभम् फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुव्र्यवहार गरेको [...]
गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज चार मन्त्री नियुक्त गर्नुभएको हो । नेपाली कांग्रेसबाट आर्थिक मामिलामन्त्रीमा तनहुँका जीतप्रकाश आले, कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नवलपुरका महेन्द्रध्वज [...]
जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत तातोपानी अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । उक्त अस्थायी प्रहरी पोष्टबाट सादा पोशाकमा खटिएको प्रहरीले सुर्खेत पञ्चपुरी नगरपालिका–१० बच्छीबाट [...]
सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको क्रममा छ । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अहिले सरकारले विभिन्न क्षेत्रसँग पूर्वबजेट छलफल चलाइरहेको छ । बजेटका सिद्धान्त तथा [...]
यस वर्षको मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति कम गर्न सम्बन्धित निकायहरुले गर्नुपर्ने कार्यहरुसमेत उल्लेख गरी एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार गरिने भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी [...]
नेकपा (एमाले) एक वर्षको कार्ययोजना बनाई कार्यक्रम सञ्चालन गर्ने भएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले मिसन ग्रासरुट अभियानबाट प्राप्त भएको सुझावका [...]
आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । विसं २०७२ को महाभूकम्प र त्यसका कारण परिवारका सदस्य गुमाइएको कथावस्तु समेटिएको सो [...]
संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिवियामा शान्ति स्थापना कार्यका खटिने क्रममा एक सय १५ जनाको नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ । स्पेशल गार्ड युनिट शान्ति सेना चौथो डफ्फालाई बदली [...]
आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएपछि जिल्लावासी यसतर्फ आकर्षित भएका छन् । रोगअनुसार चिकित्सकले सिफारिस गरेको सबैखाले औषधि एकै थलोमा पाइनाका साथै औषधि सेवन पश्चात् रोग पनि निको हुँदै गएकाले [...]
लामो समयसम्म सडक आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग गरिएको छ । पर्वतकोे जलजला गाउँपालिका–७ मा निर्माणाधीन मिलनचोक–सल्यान–ठोटनेरी सडक अलपत्र पार्ने ठेकेदारलाई पूर्वाधार विकास कार्यालयले बिहीवार सूचना प्रकाशन गरी [...]
न्याय, सुशासन र दिगो विकासका लक्ष्यका सन्दर्भमा दक्षिण एशिया’ विषयक तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन यहाँ सुरु भएको छ । काठमाडाँैं विश्वविद्यालय, नेपाल समसामयिक अध्ययन केन्द्र (केयु एनसिसिएस) को अगुवाइमा सोसल साइन्स [...]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उहाँले [...]
“यसो गर्दा होला कि भन्यो, परिश्रम ग¥यो, तर केही हुने छाँट देखिन्न”, महोत्तरीको भङ्गाहा–४ रामनगरका ६५ वर्षीय किसान सत्यनारायण यादव भन्नुहुन्छ, “के चिजले साथ नदिएको हो खोइ ? कुनै खेतीले [...]
दक्षिण कोरियाको प्राथमिक विद्यालयको व्यामशालाको छत भत्किँदा शुक्रबार एकजना शिक्षक सहित १३ विद्यार्थी घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । सियोलबाट करिब ३२० किलोमिटर दक्षिणमा रहेको येओसुको प्राथमिक विद्यालयको [...]
बाँकेको कोहलपुर नगरपालिका–७ लखना क्षेत्रका बासिन्दा खानेपानीको अभाव झेल्दै आएका छन् । कोहलपुरको दुर्गम भनेर चिनिने लखना क्षेत्रमा जमिनको सतहबाट पानी नआउँदा किनेर खानुपर्ने बाध्यता छ । लखना गाउँमा खानेपानीको [...]
पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनःबढ्न थालेको छ । हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ एक सय ७६, काठमाडाँै कीर्तिपुरको एक सय ६३, [...]
नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित पार्टी मुख्यालयमा दिउँसो ३ बजे बैठक बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पार्टीको [...]
हिमपहिरामा परी बेपत्ता भएको घटना हप्ता दिन भइसक्दा पनि सुरक्षाकर्मीसहितको टोली घटनास्थलसम्म पुग्न सकिरहेको छैन । हिमाल तथा पाटनमा १० फिटभन्दा बाक्लो हिउँ जमेको र लगातार मौसममा खराबी आइरहेकाले घटनास्थलसम्म [...]
दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार बेलुका घोराही उपमहानगरपालिका–१४ आर्मी ब्यारेक नजिकै रा१ख १२०१ नम्बरको बसले रा३प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रोल्पाको रुन्टीगढी गाउँपालिका–३ का [...]
नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । लामो समयदेखि बिरामी रहनुभएका बस्नेतको ७८ वर्षको उमेरमा आज आफ्नै निवास सिफलमा निधन भएको हो । विसं [...]
नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका रेशम जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य सुशीला सिम्खडा यसअघि नै बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त हुनुभएको थियो । गठबन्धनमा [...]
अहिले प्रविधिमय जीवनमा कसैलाई केही भन्नु छ वा सन्देश पु¥याउनु सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’को कथामा बनेको चलचित्र आजदेखि [...]
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लाका १२ योजनाका लागि स्रोत सुनिश्चितता गरी निर्माणकार्य अघि बढाइएको छ । ती योजना निर्माण गर्नका लागि कुल रु २८ करोड ५९ लाखको [...]
स्थानीय संस्कृति, जनजीवन, भूगोललगायतका विषयवस्तुबारे बालबालिकालाई जानकारी दिनका लागि शुक्लाफाँटा नगरपालिकाले कक्षा १ देखि ८ सम्म ‘हाम्रो शुक्लाफाँटा’ पाठयक्रम तयार गरेको छ । उक्त पाठयक्रम चालु शैक्षिकसत्रदेखि लागू गरिएको छ [...]