कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

गृह प्रशासन सुधारमा प्रभावकारिता–गृह मन्त्रालय

गृह मन्त्रालयले गृह प्रशासन सुधार कार्ययोजना, २०७८ स्वीकृत गरी जिल्ला प्रशासन कार्यालयहरूको सूचकमा आधारित एकीकृत अनुगमन तथा मूल्याङ्कन ढाँचाबमोजिम अनुगमन गरी कार्यसम्पादनलाई थप प्रभावकारी बनाएको छ । मन्त्रालयमा आज आयोजित [...]

By |2022-12-26T18:06:29+05:45December 26, 2022|Categories: News|

वरिष्ठ पत्रकार भण्डारीलाई टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

हेम–सरिता पाठक फाउन्डेसनले मुलुकको पत्रकारिता क्षेत्रको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएबापत वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले फाउन्डेसनद्वारा आज यहाँ आयोजित [...]

By |2022-12-26T18:05:36+05:45December 26, 2022|Categories: News|

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् गठन, तीन जना उपप्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं [...]

By |2022-12-26T18:04:25+05:45December 26, 2022|Categories: News|

राष्ट्रपतिद्वारा उपप्रधानमन्त्री र मन्त्रीको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन उपप्रधानमन्त्री एवं मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, [...]

By |2022-12-26T18:02:27+05:45December 26, 2022|Categories: News|

नयाँ सरकारलाई शेयर बजारको स्वागत, परिसूचक ५६.८८ अङ्कले बढ्यो

नयाँ सरकार गठनको प्रक्रियाले नयाँस्वरुप लिएपछि धितोपत्र बजारले त्यसलाई स्वागत गरेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका [...]

By |2022-12-26T17:07:03+05:45December 26, 2022|Categories: Stock market|

तरकारी खेतीमा रमाउँदै थारु महिला

तुलसीपुर उपमहानगरपालिका-१५ धम्कापुर ४२ वर्षीया स्यानी चौधरीले व्यावसायिक तरकारी खेती गरेको लामो समय भयो । व्यावसायिक धनियाँ खेतीमार्फत् आत्मनिर्भर बन्नुभएकी उहाँले सफल महिला किसानको रुपमा आफूलाई स्थापित गर्न सफल हुनुभएको [...]

By |2022-12-26T17:05:17+05:45December 26, 2022|Categories: News|

मधेस प्रदेशसभाका सदस्यको शपथ शुक्रबार हुने

मधेस प्रदेशसभा सदस्यले आउँदो शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेशसभामा आज बसेको सर्वदलीय बैठकमा यही पुस १५ गते शुक्रबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ [...]

By |2022-12-26T17:04:35+05:45December 26, 2022|Categories: News|

अधुरै रह्यो पर्यटनमन्त्रीको वाचा

“मन्त्री हुनुअघि जे सोचेको थिएँ, जुन कामको अपेक्षा गरेको थिएँ त्यो गर्न सकिन” सोमबार मन्त्रालयबाट बाहिरिँदै गर्दा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले भावुक मुद्रामा भन्नुभयो । [...]

By |2022-12-26T17:03:58+05:45December 26, 2022|Categories: News|

कालीगण्डकीमा अस्थायी काठेपुलको भर

अन्नपूर्ण गाउँपालिका-२ भूरुङतातोपानीदेखि अन्नपूर्ण गाउँपालिका-६ पाउद्वारको तातोपानीकुण्ड जानका लागि कालीगण्डकी नदीमा स्थायी पुल नहुँदा अस्थायी काठेपुलको प्रयोग गर्नुपर्ने बाध्यता छ । बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत पर्ने यो सडकखण्डमा हिँउदमा मात्रै प्रयोग [...]

By |2022-12-26T17:02:33+05:45December 26, 2022|Categories: News|

दाङका धार्मिकस्थलमा माघी मेलाको तयारी

माघे सक्रान्ती अर्थात् माघी पर्वका अवसरमा दाङका धार्मिक तथा पर्यटकीयस्थलमा मेला लाग्ने भएको छ । घोराही उपमहानगरपालिका –१३ को बाह«कुने ताल(दह) र लमही नगरपालिका–९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला [...]

By |2022-12-26T16:59:54+05:45December 26, 2022|Categories: News|

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा छलफल

सत्ता साझेदार दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बसेको दलहरुको बैठकमा आजै शपथ पछि सानो आकारको मन्त्रिपरिषद् बनाउनेबारेमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका [...]

By |2022-12-26T16:59:13+05:45December 26, 2022|Categories: News|

कोभिड–१९ को जोखिम न्यूनीकरण अन्तरक्रिया

सरोकारवाला संस्थाबीच सहकार्य, समन्वय र सहजीकरण नै कोभिड–१९ रोकथाम तथा नियन्त्रणको अचुक अस्त्र भएको आज विराटनगरमा आयोजना गरिएको एक अन्तक्र्रियामा निष्कर्ष निकालिएको छ । कोभिड–१९ लगायत महामारीजन्य रोगको रोकथाम, नियन्त्रण [...]

By |2022-12-26T16:58:18+05:45December 26, 2022|Categories: News|

कर्णाली प्रदेशका ज्येष्ठ सदस्य शाहीद्वारा शपथ ग्रहण

कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शाहले प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिनुभएको हो । शाह प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुनुहुन्छ । उहाँ [...]

By |2022-12-26T16:56:44+05:45December 26, 2022|Categories: News|

भूकम्प प्रभावित घर पुनरावेदनका लागि दर्ता

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चार सयभन्दा बढी भूकम्प प्रभावित घर पुनरावेदनका लागि दर्ता भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण पुनरावेदन समितिका अनुसार २०७२ सालको भूकम्पबाट प्रभावित ४५० पुनरावेदकको पुनरावेदन पेस भएका छन [...]

By |2022-12-26T16:55:59+05:45December 26, 2022|Categories: News|

टि ट्वान्टी क्रिकेट लिग : फार वेस्ट युनाइटेड विजयी

राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा फार वेस्ट युनाइटेड विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा फार वेस्टले काठमाडौँ नाइटसलाई चार विकेटले [...]

By |2022-12-26T16:52:52+05:45December 26, 2022|Categories: News|

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आइतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई [...]

By |2022-12-26T16:51:25+05:45December 26, 2022|Categories: News|

चैतभित्र सकिएला चिलिमे-त्रिशूली प्रसारण लाइन ?

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण ७० प्रतिशत पूरा भएको छ । यस प्रसारण लाइनमा त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित [...]

By |2022-12-26T14:38:31+05:45December 26, 2022|Categories: News|

बागलुङ नगरलाई ५८ करोड अनुदान

विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले चारवटा सडक कालोपत्र गर्न अनुदान पाउने भएको छ । उक्त बैंकले उपलब्ध गराएको ऋणमध्ये नेपाल सरकारले यहाँको भौतिक पूर्वाधार विकासका लागि [...]

By |2022-12-26T14:34:53+05:45December 26, 2022|Categories: News|

काम गर्न पेश्की लिएर ठेकेदार १० महिनादेखि बेपत्ता

सदरमुकाम दुनै-ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन । भेरी करिडोर अन्तर्गत पर्ने सडकखण्ड निर्माणका लागि २०७८ साल चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण [...]

By |2022-12-26T14:33:39+05:45December 26, 2022|Categories: News|

निसीखोलामा तेइस हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिँदै

अहिले पनि बागलुङको निसीखोलामा सुविधायुक्त स्वास्थ्य संस्था छैनन् । यहाँका नागरिकले उपचारका लागि बुर्तिबाङ झर्नुपर्छ । बुर्तिबाङ पनि उपचार हुनसकेन भने पाल्पा, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाध्यता छ । वर्षौँ [...]

By |2022-12-26T14:31:54+05:45December 26, 2022|Categories: News|

निवर्तमान पर्यटनमन्त्रीका एक सय ८३ दिनका काम

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारीबाट थलिएको पर्यटन पुनरुत्थानको रणनीतिक कार्ययोजना तयार गर्नेदेखि अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने तथा अमेरिकालगायत मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारीलगायत महत्वपूर्ण काम [...]

By |2022-12-26T14:30:49+05:45December 26, 2022|Categories: News|

भारतले बथनाह-कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने

भारत सरकारले बथनाह-कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । भारतीय सीमास्थित भन्सार विन्दुबाट नेपालतर्फको आठ किलोमिटर रेलमार्ग निर्माण सकिएकाले नेपाल सरकारलाई हस्तान्तरण हुन लागेको रेल विभागका प्रवक्ता अमन [...]

By |2022-12-26T14:29:45+05:45December 26, 2022|Categories: News|

कुनै पनि भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्रीको निर्देशन

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान खरिद नगर्न निर्देशन दिनुभएको [...]

By |2022-12-26T14:21:28+05:45December 26, 2022|Categories: News|

प्रधानमन्त्री दाहाललाई अमेरिकाको बधाई

नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त राज्य अमेरिकाले बधाई तथा शुभकामना व्यक्त गरेको छ । यहाँस्थित अमेरिकी राजदूत डिन आर थम्सनले प्रधानमन्त्री दाहाललाई बधाई दिनुभएको [...]

By |2022-12-26T14:20:41+05:45December 26, 2022|Categories: News|

सन्दर्भ दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस: एक्लिएका छन् ज्येष्ठ नागरिक

जवानी अनेकन घर, परिवार, इष्टमित्र हाँसीखुसी जीवन बिताएका नागरिकहरु जीवनको उत्ताद्र्धमा एक्लो महसुस गर्दै आएका छन् । “मेरो तीन छोरा, दुई छोरी, मलाई असाध्यै माया गर्ने श्रीमती थिइन्”, दोलखा घर [...]

By |2022-12-26T14:19:55+05:45December 26, 2022|Categories: News|

प्रचण्डलाई पाकिस्तानी प्रमको बधाई

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी प्रमको बधाई पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन [...]

By |2022-12-26T14:18:59+05:45December 26, 2022|Categories: Uncategorized|

प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको रिहाइको माग

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले जेलमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको रिहाइको माग गरेपछि म्यान्मारको अदालतले सोमबार बाँकी अन्तिम मुद्दाको सुनुवाई गर्ने अपेक्षा गरिएको छ । सन् २०२१ को फेब्रुअरीमा [...]

By |2022-12-26T13:38:42+05:45December 26, 2022|Categories: International, News|

ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी [...]

By |2022-12-26T13:32:37+05:45December 26, 2022|Categories: News|

राजधानीका तीनै जिल्लामा हरियालीसहितको अपाङ्गमैत्री पैदलमार्ग

काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा हरियालीसहितको अपाङ्गमैत्री पैदलमार्ग निर्माण गर्ने भएको छ । राजधानीमा अपाङ्गमैत्री पैदलमार्ग कमै रहेकाले यस्तो मार्ग बनाउन लागिएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनीयर सौरब [...]

By |2022-12-26T13:30:54+05:45December 26, 2022|Categories: News|

विकल्प बन्दै जैविक मल ‘कमल झोल’

झापाको कमल गाउँपालिका कार्यालयको दक्षिण तर्फको गेटबाट सिटी सफारीमा एक हूल किसान पानी राख्ने भाँडो लिएर सोझै कार्यालय परिसर प्रवेश गरे । आफनो खेतबारीबाट सोझै गाउँपालिका कार्यालय प्रवेश गरेका उनीहरुले [...]

By |2022-12-26T13:29:45+05:45December 26, 2022|Categories: News|

प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनमा खुुसियाली

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् । जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् । गृहजिल्ला चितवन [...]

By |2022-12-26T13:28:54+05:45December 26, 2022|Categories: News|

सत्ता सहयात्री दलको बैठक बानेश्वरमा सुरु

सत्ता गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज अपराह्न ४ बजे पद तथा [...]

By |2022-12-26T13:27:44+05:45December 26, 2022|Categories: News|

बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । सदरमुकाम चैनपुरबाट पैदलयात्रामार्फत् तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन दिने स्वास्थ्य शिविर आयोजना [...]

By |2022-12-26T13:26:42+05:45December 26, 2022|Categories: News|

पुरुष भलिबल : नेपाल चौँथो स्थानमा

बङ्गलादेशमा भएको काभा २३ वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन रहदँै चौँथो स्थानमा रहेको छ । बङ्गलादेशको ढाकामा आज तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई ३–२ को [...]

By |2022-12-26T13:25:56+05:45December 26, 2022|Categories: News|

फिलिपिन्समा आएको बाढीका कारण दशौँ हजार मानिस घर छोडेर भाग्न बाध्य

फिलिपिन्समा क्रिसमसको दिन आएको बाढीका कारण करिब ४६ हजार मानिसलाई घरबाट विस्थापित भएको नागरिक सुरक्षा अधिकारीहरूले सोमबार बताएका छन् । देशको दक्षिणी र पूर्वी क्षेत्रमा एक साताको भारी मौसमी वर्षाका [...]

By |2022-12-26T12:46:52+05:45December 26, 2022|Categories: International, News|

दक्षिणअफ्रिकामा ग्यास बोकेको ट्रक विष्फोट, पन्ध्र जनाको मृत्यु

७९ पौष ११ काठमाडौ । दक्षिणअफ्रिकाको बोक्सबर्गमा ग्यास बोकेको ट्रक विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त विष्फोटका कारण एक सय मिटर पर रहेको ताम्बो [...]

By |2022-12-26T12:08:39+05:45December 26, 2022|Categories: International, News|

माओवादी अध्यक्ष पुर्व प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा आजै सानो आकारको मन्त्रिमण्डल बनाईदै

७९ पौष ११ काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज [...]

By |2022-12-26T12:03:12+05:45December 26, 2022|Categories: News|

राजधानीका तीनै जिल्लामा हरियालीसहितको अपाङ्गमैत्री पैदलमार्ग

काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा हरियालीसहितको अपाङ्गमैत्री पैदलमार्ग निर्माण गर्ने भएको छ । राजधानीमा अपाङ्गमैत्री पैदलमार्ग कमै रहेकाले यस्तो मार्ग बनाउन लागिएको प्राधिकरणका सूचना अधिकारी इञ्जिनीयर सौरब [...]

By |2022-12-26T11:59:48+05:45December 26, 2022|Categories: Uncategorized|

प्रविधिको विकाससँगै लोप हुँदै पानीघट्ट

गाउँघरमा कुटानीपिसानीको लागि सहज मानिने पानीघट्ट चलाउने प्रचलन हराउन थालेको छ । विभिन्न विद्युतीय सामग्री आउन थालेपछि यस्ता खालका पराम्परागत रुपमा प्रचलनमा रहेका पानीघट्ट हराउदै गएको हो । ओरालोमा पानीलाई [...]

By |2022-12-26T11:59:11+05:45December 26, 2022|Categories: News|

प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह

जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन् । आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोल भाडा सम्झौता [...]

By |2022-12-26T11:58:12+05:45December 26, 2022|Categories: News|

पश्चिम सेतीका विश्वस्त छैनन् निर्माणस्थलका बासिन्दा

लगानी बोर्डले पश्चिम सेती परियोजना अध्ययनको अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई दिने निर्णय गरे पनि निर्माणस्थलका बासिन्दालाई भने परियोजना बन्नेमा विश्वस्त देखिएका छैनन् । चार दशकदेखि निरन्तर अन्तर्राष्ट्रिय कम्पनीको [...]

By |2022-12-26T11:57:33+05:45December 26, 2022|Categories: News|

प्रसारण लाइनको निर्माण तीव्र

रसुवा तथा नुवाकोट जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणको केन्द्रीय भण्डारणमा पु¥याउन प्रसारण लाइनको निर्माण तीव्र भैराखेको छ । सुस्तगतिमा निर्माण अगाडि बढिरहेको चिलिमे हवदेखि त्रिशूली हवसम्मको २७ किलोमिटर राष्ट्रिय [...]

By |2022-12-26T09:29:19+05:45December 26, 2022|Categories: News|

पाँचौँ आदिवासी जनजाति महोत्सव हुँदै

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को आयोजनामा यही पुस २२ देखि पाँचौँ आदिवासी जनजाति महोत्सव हुने भएको छ । व्यास नगरपालिका–३ वीपी वनबाटिकामा परिषद्ले माघे सङ्क्रान्तिको अवसर पारेर महोत्सव [...]

By |2022-12-26T09:27:58+05:45December 26, 2022|Categories: News|

बाली फेर्दै किसान

बर्दिबास–९ पशुपतिनगर गोमस्ताटोलका ५५ वर्षीय भीमबहादुर आले मगरले पुसको जाडोमा पनि बारनघर (सुर्ती सुकाउने पक्कीघर) मा एकछिन पसेपछि खलखली पसिना आएकोे बिर्सनु भएको छैन । आफ्नो बस्ती र छिमेकका बस्ती [...]

By |2022-12-26T09:27:18+05:45December 26, 2022|Categories: News|

ऐतिहासिक सामरी पौवाको पुनःनिर्माण

विसं २०७२ को विनासकारी भूकम्पले क्षति पु¥याएको नुवाकोटको म्यागङ गाउँपालिका–५ सामरी भञ्ज्याङमा अवस्थित ‘सामरी पौवा’को पुनःनिर्माण गरिएको छ । रु एक करोड १५ लाख लगानीमा पुरातत्व विभागमार्फत उक्त पौवाको पुनःनिर्माण [...]

By |2022-12-26T09:26:37+05:45December 26, 2022|Categories: News|

स्याउ बगैंचा व्यवस्थापनको चटारो

मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो । दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, [...]

By |2022-12-26T09:25:46+05:45December 26, 2022|Categories: News|

राम्रो–राम्रो भूमिकामा पुरुषमात्रै अगाडि सर्ने गरेका छन्’

विसं २०४७ देखि कम्युनिष्ट राजनीति गरेका मोहन विक यस पटक नेकपा (एमाले)का तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य मनोनीत हुनुभयो । तर, उहाँले विषयगत समितिमा जिम्मेवारी पाउनुभएन । संयोजकको मातहतमा काम [...]

By |2022-12-26T09:24:42+05:45December 26, 2022|Categories: News|

फोहर व्यवस्थापन नगर्दा बस्तीनै दुर्गन्धित

बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ । नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट निस्केको फोहर सडक छेउमै फाल्ने, प्लाष्टिक र बोटलसमेत जलाउने गर्दा जैमिनी [...]

By |2022-12-26T09:23:15+05:45December 26, 2022|Categories: News|

निर्माण सामग्रीको अभाव

कैलालीको लम्की–टीकापुर–खक्रौला सडकखण्डको निर्माण सामग्री नपाउँदा समयमै सम्पन्न हुन नसकेको निर्माण कम्पनीले बताएका छन् । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माण सुरु भएको लम्कीदेखि खक्रौलासम्मको २९ दशमलव सात किलोमिटर सडकलाई समयमै सम्पन्न [...]

By |2022-12-26T09:22:25+05:45December 26, 2022|Categories: News|

सडकसँगै होमस्टेले तान्यो पर्यटक

तत्कालीन शाह वंशीय राजाले शासन गर्नुभन्दा पहिले गुरुङको ऐतिहासिकस्थल मानिन्छ कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट । रमणीय उक्त गाउँमा पर्यटकलाई लक्षित गरेर एक दशकदेखि खुलेका होमस्टे कोरोनाका कारण सुनसान बने । [...]

By |2022-12-26T09:21:31+05:45December 26, 2022|Categories: News|

भक्तपुर पाण्डुबजारको एक घरमा आगो लागि हुँदा पाँच महिनाको बच्चा गम्भीर अबस्थामा

७९ पौष १० काठमाडौ । आज पौष १० गते बेलुकिको समयमा  भक्तपुर जिल्लाको भक्तपुर  पाण्डुबजार नजिक किडस स्कुल नजिक घरमा एक्कासि आगो लागि हुँदा कोठामा रहेका ५ महीनाको बच्चा जलेको [...]

By |2022-12-25T20:21:37+05:45December 25, 2022|Categories: News|

शान्ति र मानवताको विकासका लागि चीन प्रतिबद्ध छ’

चीनको राज्य परिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले चीनलाई आधुनिक समाजवादी राष्ट्रको रूपमा निर्माण गर्ने नयाँ यात्रामा मानव जातिको शान्ति र विकासको महान् कार्यमा चीन प्रतिबद्ध रहने बताउनुभएको छ । [...]

By |2022-12-25T19:49:12+05:45December 25, 2022|Categories: International, News|

तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त दाहालको राजनीतिक जीवन

प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा [...]

By |2022-12-25T19:44:35+05:45December 25, 2022|Categories: News|

नेकपा माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त

७९ पौष १० काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम [...]

By |2022-12-25T19:14:31+05:45December 25, 2022|Categories: News|

प्रधानमन्त्रीका लागि अध्यक्ष दाहालको दाबी पेश

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष आफ्नो दाबी पेश गर्नुभएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको राजनीतिक [...]

By |2022-12-25T18:48:38+05:45December 25, 2022|Categories: News|

माओवादी अध्यक्ष दाहाललाई १६९ सांसदको समर्थन

प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदसहित नेकपा (माओवादी) केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गर्नुभएको छ । नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको आज [...]

By |2022-12-25T18:47:29+05:45December 25, 2022|Categories: Uncategorized|

अध्यक्ष दाहाललाई प्रधानमन्त्रीमा दाबी पेश गर्दै शीर्ष नेता शीतल निवासमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नयाँ प्रधानमन्त्रीको रुपमा दाबी पेश गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ । राष्ट्रपति विद्यादेवी [...]

By |2022-12-25T18:45:50+05:45December 25, 2022|Categories: News|

पेलेको परिवार साओ पाउलोको अस्पतालमा

ब्राजिलका महान् फुटबलर पेलेका परिवारका सदस्य यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा भेला भएका छन् । गत नोभेम्बरको अन्त्यदेखि विश्वविख्यात ८२ वर्षीय पूर्व खेलाडी क्यान्सरसँग यहाँ सङ्घर्ष गरिरहेका छन् । चिकित्सकहरूले गत [...]

By |2022-12-25T18:37:31+05:45December 25, 2022|Categories: International, News|

हिमआँधीमा परी अमेरिकामा तेइस जनाको मृत्यु

संयुक्त राज्य अमेरिकामा हिमआँधीमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको छ । प्रसारण संस्था एनबिसीका अनुसार ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा २३ [...]

By |2022-12-25T17:39:05+05:45December 25, 2022|Categories: International, News|

सिंहदरबारभित्र चार्जिङ स्टेशन निर्माण हुने

मुलुकको प्रुमख प्रशासनिक केन्द्र सिंहदरबारमा उच्च क्षमताको चार्जिङ स्टेशन निर्माण हुने भएको छ । प्रमुख निकाय भएपनि विद्युतीय सवारी साधनका लागि उच्च क्षमताको चार्जिङ स्टेशन थिएन । हाल सिंहदरबारमा चार्जिङ [...]

By |2022-12-25T17:36:15+05:45December 25, 2022|Categories: News|

बस दुर्घटनामा गर्भवतीसहित छ घाइते, तीनको हेलिकप्टरबाट उद्धार

उदयपुरको गाईघाटबाट यात्रु लिएर सदरमुकाम दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपामा दुर्घटना हुँदा गर्भवतीसहित छ यात्रु गम्भीर घाइते भएका छन् । बुइँपास्थित [...]

By |2022-12-25T17:29:00+05:45December 25, 2022|Categories: News|

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा मानन्धर विजयी

यहाँ सम्पन्न नेपाल जेसीजको ४९औँ महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा विकाश मानन्धर विजयी हुनुभएको छ । महाधिवेशनमा अध्यक्ष पदका लागि पाँच उम्मेदवार रहेकामा एक जना उम्मेदवार अनिलबहादुर शाही ककस कार्यक्रममा अनुपस्थित भएकाले [...]

By |2022-12-25T17:26:59+05:45December 25, 2022|Categories: International, News|

ओली, प्रचण्ड र लामिछानेबीच भेटवार्ता, प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेबीच ओली निवास बालकोटमा छलफल सुरु भएको थियो [...]

By |2022-12-25T17:18:45+05:45December 25, 2022|Categories: News|

अफगान महिलालाई काम गर्ने अधिकारबाट वञ्चित नगर्न आग्रह

संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अफगान महिलालाई काम गर्नबाट नरोक्न तालिबान प्रशासनसमक्ष आग्रह गर्नुभएको छ । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा महिलाले काम गर्न नपाउने तालिवान सरकारको आदेशले आफूलाई चिन्तित [...]

By |2022-12-25T16:40:46+05:45December 25, 2022|Categories: International, News|

ओली, प्रचण्ड र लामिछानेबीच भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेबीच ओली निवास बालकोटमा छलफल सुरु भएको छ [...]

By |2022-12-25T16:37:37+05:45December 25, 2022|Categories: News|

धान उत्पादनमा कमी

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यसवर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष धानखेती गरिएको क्षेत्रफलको आधारमा क्षेत्रफल घट्दा धान उत्पादनमा समेत कमी आएको हो । गत वर्ष [...]

By |2022-12-25T16:08:03+05:45December 25, 2022|Categories: News|

जथाभावी चल्ने स्कुल बसले बढ्यो दुर्घटना जोखिम

साँघुरो बागलुङ बजार । त्यसमाथि अव्यवस्थित रुपमा चल्ने सवारी साधन र व्यापारीका फुटपाथमा राखिएका सामानले पैदल यात्रु मारमा पर्दै आएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ बजार त [...]

By |2022-12-25T16:05:35+05:45December 25, 2022|Categories: News|

छ वर्षमा ३५ हजार इम्बोस्ड नम्बरप्लेट जडान

सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान छ वर्षमा ३५ हजार सवारीसाधनमा मात्रै भएको छ । कानुनीलगायतका विभिन्न कारणले केही अवधि रोकिएको जडान पछिल्लो समय भने न्यून सङ्ख्यामा [...]

By |2022-12-25T16:03:25+05:45December 25, 2022|Categories: News|

सन् २०३५ सम्ममा कोइलाको माग उच्च हुने

सन् २०३० देखि २०३५ को बीचमा उच्च बिन्दुमा पुग्ने सम्बद्ध अधिकारीले बताएका छन् । केन्द्रीय कोइला, खानी तथा संसदीय मामिलामन्त्री प्रह्लाद जोशीले भारतमा कोइलाको माग जारी रहने सन् २०३५ सम्ममा [...]

By |2022-12-25T15:57:08+05:45December 25, 2022|Categories: International, News|

तालिवानले महिला कर्मचारीमाथि लगाएको प्रतिबन्धबारे काबुलमा छलफल

तालिबानले सबै गैरसरकारी संस्थालाई महिला कर्मचारीलाई काम गर्नबाट रोक्न आदेश दिएपछि संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारी र अफगानिस्तानमा क्रियाशील दर्जनौं गैरसरकारी संस्थाबीच आइतबार काबुलमा बैठक हुनेभएको छ । तालिवान अधिकारीहरूले महिला [...]

By |2022-12-25T15:55:10+05:45December 25, 2022|Categories: International, News|

पोप फ्रान्सिस, जो बाइडेनलगायत विश्व नेताहरूद्वारा ‘क्रिसमस’को अवसरमा शुभकामना व्यक्त

क्रिश्चियन धर्मगुरू तथा विश्वका नेतागणहरूले आइतबार विश्वका क्रिश्चियन धर्मावलम्बीहरूले मनाउने क्रिसमसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिस, अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र [...]

By |2022-12-25T15:51:11+05:45December 25, 2022|Categories: International, News|

पाकिस्तानको टेक्सटाइल निर्यात मासिक एक अर्ब डलरभन्दा तल झर्ने चेतावनी’

पाकिस्तान सरकारलाई सन् २०२३ देखि देशको टेक्सटाइल निर्यात मासिक एक अर्ब अमेरिकी डलरभन्दा तल झर्न सक्ने चेतावनी ‘अल पाकिस्तान टेक्सटाइल मिल्स एसोसिएसन (एपीटीएमए)’ ले आइतबार दिएको छ । सङ्गठनले टेक्सटाइल [...]

By |2022-12-25T15:39:32+05:45December 25, 2022|Categories: International, News|

अमेरिकामा हिमबर्षाले करौडौँ मानिस प्रभावित, १८ जनाको मृत्यु

अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौँ मानिसहरू चीसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन् । लाखौं अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा गरिरहेका बेला शनिबार अमेरिका [...]

By |2022-12-25T15:35:34+05:45December 25, 2022|Categories: International, News|

पाकिस्तानी प्रधानमन्त्री पुत्र सुलेमानलाई लाहोरको अदालतद्वारा जमानत दिन र अनुसन्धान जारी राख्न आदेश

७९ पौष १० काठमाडौ । पाकिस्तानको राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) को लाहोरस्थित एक अदालतले सुलेमान शहबाजलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जनवरी ७ सम्मका लागि अन्तरिम जमानत उहाँलाई सम्पत्ती शुद्धिकरण मुद्दाको अनुसन्धानमा [...]

By |2022-12-25T13:30:42+05:45December 25, 2022|Categories: International, News|

घरेलु उपकरणबाट कपडा बुनी आम्दानी लिँदै

७९ पौष १० काठमाडौ । शुक्लाफाँटा नगरपालिका–७ जुडाका जगतबहादुर सिंह कृषि प्राविधिक भए पनि पेसा भने फरक अपनाउनु भएको छ । बुवाबाजेले पुर्खौंदेखि गर्दै आएको तानमा कपडा बुन्ने कार्यलाई उहाँले [...]

By |2022-12-25T13:26:47+05:45December 25, 2022|Categories: News|

शीतलहर र हिमपातबाट जोगिन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न [...]

By |2022-12-25T13:16:45+05:45December 25, 2022|Categories: News|

आलेख : बागमती सभ्यतासँग गाँसिएको धाप र नागमती ड्याम

७९ पौष १० काठमाडौ । बागमती नदीको जलप्रवाहलाई कायम राखी ‘जीव भू–रासायनिक चक्र’ को प्रवद्र्धन हुने गरी निर्माण गर्न लागिएको धाप र नागमती ड्यामले दिगो विकासको नयाँ नमुना प्रस्तुत गरेको [...]

By |2022-12-25T13:14:01+05:45December 25, 2022|Categories: News|

बैतडीमा टी–१० क्रिकेट प्रतियोगिता हुने

७९ पौष १० काठमाडौ । बैतडीमा आगामी शुक्रबारदेखि टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता दशरथचन्द नगरपालिका–११ बगलेखानको खेल मैदानमा हुनेछ । नागार्जुन रणसैनी युवा क्लब बठ्ठाद्वारा आयोजना [...]

By |2022-12-25T12:33:38+05:45December 25, 2022|Categories: News|

गुर्दनगौडी र बानवा नाकामा सशस्त्र प्रहरी परिचालन

७९ पौष १० काठमाडौ । बाँकेको दुर्गम क्षेत्र गुर्दनगौडी र बानवा नाकामा सशस्त्र प्रहरी बल सीमा सुरक्षामा परिचालन गरिएको छ । राप्तीसोनारी गाउँपालिका–४ मा पर्ने दाङ र भारतसँग सीमा जोडिएको [...]

By |2022-12-25T12:29:13+05:45December 25, 2022|Categories: News|

उपत्यकामा विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लागि १० उद्यान

७९ पौष १० काठमाडौ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले यहाँका विभिन्न स्थानमा १० वटा उद्यान निर्माण गर्ने भएको छ । विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लागि यी उद्यान निर्माण गर्न [...]

By |2022-12-25T12:24:46+05:45December 25, 2022|Categories: News|
Go to Top