कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Media of the nation

About हेमन्त खबर संवाददाता

www.hemantakhabar.com

जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबु पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा नवजात शिशुलाई फाल्ने बाबुलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी–१० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले [...]

By |2023-01-23T21:12:36+05:45January 23, 2023|Categories: News|

पौडेलको सपना पूरा गर्ने जिम्मेवारी बाँचेकाको काँधमा’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले विमान दुर्घटनामा निधन हुनुभएका पोखराका पत्रकार त्रिभुवन पौडेलका बाँकी सपना पूरा गर्ने दायित्व बाँचेकाहरूको काँधमा आएको बताउनुभएको छ [...]

By |2023-01-23T21:11:50+05:45January 23, 2023|Categories: News|

मृतकका परिवारद्वारा जनकपुरधाममा प्रदर्शन

अपहरणपछि हत्या भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ र ८ पिडारीका दुई मृतक युवकका परिवारले गृहमन्त्री र प्रहरी प्रशासन विरुद्व जनकपुरधाममा प्रदर्शन गरेका छन् । आफूहरूले अपहरणकारीले फिरौती मागेको सम्बन्धी [...]

By |2023-01-23T21:11:13+05:45January 23, 2023|Categories: News|

अदुवाको बीउमै दुई करोड भ्रष्टाचार, गल्याङका पूर्वप्रमुखविरुद्ध मुद्दा दायर

किसानलाई आर्थिकरूपमा सबल बनाउने र कृषि उत्पादन बढाउने नाममा स्थानीय सरकार र कर्मचारीले मिलेर सरकारी स्रोतको दुरुपयोग गरेको घटना यत्रतत्र सार्वजनिक हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज [...]

By |2023-01-23T21:09:22+05:45January 23, 2023|Categories: News|

आयोगद्वारा समझदारीपत्रमा हस्ताक्षर

राष्ट्रिय मानव अधिकार आयोेगले महिलाको मानव अधिकार संरक्षणार्थ युएनवुमन र युएनएफपीएसँग छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर गरेको छ । आयोगका कामु सचिव मुरारीप्रसाद खरेल र युएनवुमनका तर्फबाट प्रमुख नाभानिता सिन्हा एवं युएनएफपीएका [...]

By |2023-01-23T21:08:45+05:45January 23, 2023|Categories: News|

पूँजीगत खर्च बढाउन उपप्रधानमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनसम्बन्धी छलफलमा [...]

By |2023-01-23T21:07:57+05:45January 23, 2023|Categories: News|

क्रेन खस्दा भारतमा ४ जनाको मृत्यु, ६ जना घाइते

दक्षिण भारतको तमिलनाडु राज्यस्थित मन्दिरमा आयोजित उत्सवमा क्रेन दुर्घटना हुँदा चार जनाको मृत्यु हुनाका साथै कम्तीमा छ जना घाइते भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन्। तमिलनाडुको राजधानी चेन्नईबाट ८५ किलोमिटर [...]

By |2023-01-23T18:18:23+05:45January 23, 2023|Categories: International|

वुहान सहर कोभिड–१९ सँग डराउँदैन

कोभिड–१९ सँग अब डर नभएको चीनको वुहान सहरका बासिन्दाहरूले सोमबार जनाएका छन् । उनीहरू भविष्यका लागि आशावादी भएको र तीन वर्षअघि यो सहर लकडाउन भएका कारण रहस्यमय भाइरस भएको जनाएका [...]

By |2023-01-23T18:17:48+05:45January 23, 2023|Categories: International|

इजिप्टका वकिलहरुको हडताल अन्त्य

इजिप्टियन बार एसोसिएसनका सदस्यहरूले आइतवार छ जना सहकर्मीहरुलाई जेल हालेको विरोधमा आयोजित एक दिन लामो हडताल फिर्ता लिएका एक विज्ञप्तिमार्फत जनाएको छ । यस महिनाको सुरुमा अदालतमा झगडा गरेकोमा आफ्ना [...]

By |2023-01-23T18:17:06+05:45January 23, 2023|Categories: International|

पाकिस्तानभरी विद्युत अवरुद्ध

पाकिस्तानभरी सोमबार बिजुली अवरुद्ध भएको छ । यस विद्युत अवरुद्धको कारण कराँची र लाहोरका सहरहरुसहित देशका २२ करोड भन्दा बढी मानिसहरू प्रभावित भएका छन् । पाकिस्तानको बिजुली वितरण प्रणाली एक [...]

By |2023-01-23T18:16:31+05:45January 23, 2023|Categories: International|

कोलम्बिया सरकार र विद्रोही समूहको शान्तिवार्ताको स्वागत

कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना हुने भनिएको शान्ति वार्ताको यहाँका विद्रोही समूहले स्वागत गरेका छन् । कोलम्बियाको सरकारले यहाँका विद्रोहीहरुसँग शान्तिवार्ता हुने जानकारी शनिबार गराएको थियो [...]

By |2023-01-23T18:15:56+05:45January 23, 2023|Categories: International|

लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घको आग्रह

लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । लिबियाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियोग गुटरेसका विशेष प्रतिनिधिले सो आग्रह गर्नुभएको हो । उहाँले लिबियाको आर्थिक अवस्था निकै कमजोर हुदै [...]

By |2023-01-23T18:15:12+05:45January 23, 2023|Categories: International|

दीर्घरोगीलाई गाउँपालिकाले मासिक पाँच हजार दिने

जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका काठेखोला गाउँपालिकाले हरेक वर्ष नयाँ काम गर्दै आएको छ । गाउँपालिकाले यस वर्षदेखि पालिकाभित्रका दीर्घरोगी नागरिकलाई प्रतिमहिना भत्ता दिने व्यवस्था मिलाएको छ । गाउँपालिको १२औँ [...]

By |2023-01-23T13:35:29+05:45January 23, 2023|Categories: News|

त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष स्व त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । सङ्घका कावा अध्यक्ष सोनी शर्माको अध्यक्षतामा आज यहाँ बसेको बैठकले समितिका संस्थापक [...]

By |2023-01-23T13:33:21+05:45January 23, 2023|Categories: News|

उपल्लाचौरमा आइपिएम किसान पाठशाला

बेनी नगरपालिका–१उपल्लाचौरमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ । किसानलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङगारिक खेती गर्न नगरपालिकाको आर्थिक सहयोगमा रत्नेचौर आइपिएम किसान समूहमार्फत पाठशाला सञ्चालन [...]

By |2023-01-23T13:32:44+05:45January 23, 2023|Categories: News|

जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिनुभएको छ । आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका [...]

By |2023-01-23T13:32:03+05:45January 23, 2023|Categories: News|

मनाङमा विकास निर्माणका कार्य प्रभावित

विकास निर्माण प्रभावित भएका छन् । जाडो याम सुरु भएलगत्तै मानवीय चहलपहल घटेको छ । वर्षा र हिउँदका कारण हरेक आर्थिक वर्षमा एक तिहाइभन्दा बढी समय निर्माण गर्न सकिने अवस्था [...]

By |2023-01-23T13:31:23+05:45January 23, 2023|Categories: News|

गण्डकीमा मन्त्रालय घट्ने, जिम्मेवारी बाँडफाँट टुङ्गिँदै

गण्डकी प्रदेश सरकारले १२ मन्त्रालयलाई घटाएर सातमा पु¥याउने भएको छ । सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले सत्तारूढ दलहरुबीच मन्त्रालय घटाउने विषयमा सहमति बनेको बताउनुभयो । “कुन मन्त्रालय कसले पाउने [...]

By |2023-01-23T13:30:12+05:45January 23, 2023|Categories: News|

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

लामो समयसम्म हिउँदे वर्षा नभएपछि डोटीमा हिउँदेबाली (गहुँ, जौ, मुसुरो) लगायत नगदे बाली सुक्न थालेपछि किसान चिन्तित भएका छन् । यसवर्ष खडेरीका कारण जिल्लामै गहुँ, जौ, मुसुरो, हिउँदे तरकारीको उत्पादनमा [...]

By |2023-01-23T13:29:33+05:45January 23, 2023|Categories: News|

लोप हुँदै पञ्चेबाजा

गाउँघरमा हुने विभिन्न सुखद् जमघटमा अनिवार्य जस्तै मानिएको पञ्चेबाजाको प्रयोग अब भने रुकुम पश्चिममा विस्तारै घट्दै जान थालेको छ । बाजा बजाउन नयाँँ पुस्ता तयार नहुँदा र सरोकारवाला निकायले संरक्षणमा [...]

By |2023-01-23T13:28:56+05:45January 23, 2023|Categories: News|

समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको तयारी

समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको तयारी गरिएको छ । उपभोक्ता समितिमार्फत गर्ने कार्यमा जिम्मेवारी पूरा नगर्ने समितिलाई कारबाहीका लागि आवश्यक तयारी थालिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका [...]

By |2023-01-23T13:27:35+05:45January 23, 2023|Categories: News|

उर्लाबारी प्रादेशिक महोत्सवमा चार देश सहभागी हुने

मोरङको उर्लाबारीमा माघ २१ मा हुन लागेको प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । सङ्घका अध्यक्ष शेरबहादुर भण्डारीले महोत्सवको तयारी भइरहेको र हालसम्म ७० प्रतिशत [...]

By |2023-01-23T13:26:58+05:45January 23, 2023|Categories: News|

पाँच वर्षमा शुक्लाफाँटा नगरपालिकाले पाँच जनालाई चिकित्सक बनाउने

पाँच वर्षमा पाँचजनालाई चिकित्सक (एमबिबिएस) र इन्जिनियरिङ पढाउन शुक्लाफाँटा नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले नगर क्षेत्रका जेहन्दार तथा विपन्न अवस्थाका विद्यार्थीमध्ये अब्बल विद्यार्थीको छनोट गरी एमबिबिएस र [...]

By |2023-01-23T13:26:20+05:45January 23, 2023|Categories: News|

वर्षा नहुँदा जुम्लामा हिउँदे बाली सुक्दै

यहाँ हिमपात र वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएको छ । गत वर्ष पुसको अन्तिम साता हिमपात भएकामा यस वर्ष माघको दोस्रो साता हुँदासम्म पनि वर्षा र हिमपात नभएपछि यहाँका [...]

By |2023-01-23T13:25:33+05:45January 23, 2023|Categories: News|

दशौँ राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला

विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचानका लागि गरिने दशाँैं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाडका लागि आवेदन खुला गरिएको छ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवद्र्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा [...]

By |2023-01-23T13:24:56+05:45January 23, 2023|Categories: News|

मेलम्ची बाढीपहिराको डेढ वर्ष : विपद्को घाउ अझै उस्तै

मेलम्चीमा आएको विनाशकारी बाढीपहिरोले हेलम्बु र मेलम्ची क्षेत्रमा पुर्‍याएको ठूलो जनधनको क्षति भएको डेढ वर्षभन्दा बढी भइसकेको छ । तर त्यसले छाडेर गएको घाउ अझै पनि उस्तै छ । मेलम्ची [...]

By |2023-01-23T13:24:20+05:45January 23, 2023|Categories: News|

चिसोका कारण विकास र निर्माणमा समस्या

भौगोलिक विकटताका कारण प्राकृतिक सुन्दरताले भरपूर हिमाली जिल्ला मनाङको विकास र निर्माणकामा असर परेको छ । जाडो याम सुरु भएलगत्तै यहाँ मानवीय चहलपहल पनि घटेको छ । वर्षा र हिउँदका [...]

By |2023-01-23T13:22:38+05:45January 23, 2023|Categories: News|

स्टार्टअप कार्यविधि र परियोजना कर्जा छिट्टै कार्यान्वयन हुन्छः अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले ललितपुरमा आज आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा [...]

By |2023-01-23T13:21:53+05:45January 23, 2023|Categories: News|

गैँडा मर्न थालेपछि उच्च सतर्कता

चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको छ । यही माघ ६ मा चोरी शिकारी गर्नेहरुले गैँडा मारेपछि निकुञ्जले गैँडा संरक्षणका लागि उच्च सर्तकता अपनाएको हो [...]

By |2023-01-23T13:18:59+05:45January 23, 2023|Categories: News|

भवन भत्कँदा सोह्र जनाको मृत्यु

सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा त्यसमा रहेका कम्तीमा पनि १६ जनाको ज्यान गएको बताइएको छ । यहाँको एउटा साततले भवन भत्कँदा ती मानिसको मृत्यु भएको बताइएको [...]

By |2023-01-23T11:43:10+05:45January 23, 2023|Categories: International|

प्रदेशका मन्त्रालय घटाइ खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको सङ्ख्या घटाउन र खर्चभार कटौती गर्न प्रस्ताव गरेको बताउनुभएको छ । आज बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वको प्रदेशका मन्त्री, सांसद र नेताहरूको [...]

By |2023-01-23T11:42:16+05:45January 23, 2023|Categories: News|

छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीचको सिटको बाँडफाँट टुङ्गो यसअघि नै लागिसकेको जनाउँदै उहाँले [...]

By |2023-01-23T11:41:33+05:45January 23, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच बधाई आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रावल [...]

By |2023-01-23T11:40:36+05:45January 23, 2023|Categories: News|

सेताम्मे हिमाल कालो देखिन थाले’

केही वर्ष अघिसम्म हिउँदे मौसममा हिमाली डाडाँकाडा हिउँले छपक्कै छोपेको हुन्थ्यो । हिमालका सुन्दर दृश्यसँगै हिउँमा रमाउने विदेशी पर्यटकको घुइँचोनै लाग्ने गर्दथ्यो तर जलवायु परिवर्तनका कारण चाँदीझैँ टल्किने हिमाल कालो [...]

By |2023-01-23T09:41:05+05:45January 23, 2023|Categories: News|

सडकको पहुँचसँगै फेरियो जीवनशैली

सडक विस्तारले यहाँका स्थानीयको जीवनशैलीमा परिर्वतन आएको छ । दशकअघिसम्म ढाकर टेकुवाको भरमा धरान, धनकुटाबाट नुन, तेल, चामल बोकेर दैनिकी चलाउँदै आएका स्थानीय सडकको पहुँचमा जोडिएपछि जीवनशैलीमा सहजता थपिएको हो [...]

By |2023-01-23T09:40:04+05:45January 23, 2023|Categories: News|

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उहाँहरुबीच समसामयिक विषयमा छलफल भएको थियो । सभामुखमा निर्वाचित [...]

By |2023-01-23T09:38:13+05:45January 23, 2023|Categories: News|

रामपुरमा औद्योगिक ग्राम निर्माण गरिँदै

पाल्पाको रामपुर नगरपालिकामा विभिन्न उद्योग तथा व्यवसाय खुल्ने क्रम विस्तारै बढ्दो छ । पहाडी जिल्ला भए तापनि समथर भूभागमा फैलिएको रामपुरलाई अहिले कालीगण्डकी करिडोरले सडक सुविधामा सहजता ल्याएको छ । [...]

By |2023-01-23T09:37:21+05:45January 23, 2023|Categories: News|

रानी जमरा कुलरिया सिँचाइ आयोजना: ११ वर्षमा ३० प्रतिशत काम

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको समयावधि सकिन लाग्दा पनि काम पूरा नहुने सङ्केत देखिएपछि सरोकारवाला चिन्तित भएका छन् । टीकापुरस्थित संवाद समूहले आयोजना गरेको छलफलमा सिँचाइ आयोजनाबाट [...]

By |2023-01-23T09:34:02+05:45January 23, 2023|Categories: News|

अझै सम्पन्न भएन गोदावरी सडक

निर्माण सुरु भएको झण्डै छ वर्ष बित्दा गोदावरी सडक अझै सम्पन्न भइसकेको छैन । उपत्यकामा विस्तारको क्रममा रहेका सडकमध्ये सबैभन्दा कम चौडाइमा कालोपत्र भएको सो सडकको एक खण्डमा काम बाँकी [...]

By |2023-01-23T09:33:15+05:45January 23, 2023|Categories: News|

वन्यजन्तु आतङ्क नियन्त्रण गर्न रुख फँडानी अभियान

बाँदरले खेती बाली सखाप पारेको तथा खेतबाट ल्याएर घरमा थन्काएको बालीसमेत घरभित्रै छिरेर लैजाने गरेको गुनासो कृषकले गर्न थालेका छन् । बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिनसमेत बाँझो छोड्नु परेको उनीहरुको [...]

By |2023-01-23T09:31:43+05:45January 23, 2023|Categories: News|

चौँरीदेउरालीमा बुद्धको मूर्ति स्थापना

काभ्रेको चौँरीदेउराली गाउँपालिका–६ आरुबोटमा २२ फिट अग्लो शाक्यमुनि गौतमबुद्धको मूर्ति निर्माण गरिएको छ । मूर्तिको २८५९औँ सोनाम ल्होछारको अवसरमा आइतबार प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ । मूर्ति स्थानीय धिनिम्हेन्दो तामाङ [...]

By |2023-01-23T09:30:04+05:45January 23, 2023|Categories: News|

सीपले बदलिदिएको महिलाको दैनिकी

चार वर्ष पहिलेसम्म तमान गाउँका महिलाको दैनिकी घाँस दाउरा, चुलोचौको र मेलापात गरेर बत्थ्यो । सामान्य खर्चका लागि परनिर्भर हुनुपर्ने अवस्था थियो भने अहिले उनीहरु आफँै कमाउन सक्ने बनेका छन् [...]

By |2023-01-23T09:28:59+05:45January 23, 2023|Categories: News|

‘हाम्रो बर्दघाट’ पाठ्यक्रम लागू

बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छ । नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो । नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय [...]

By |2023-01-23T09:26:32+05:45January 23, 2023|Categories: News|

काँगेलडाँडा विमानस्थल प्रयोगहीन

सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ । नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि उपयोगमा आउन सकेको छैन [...]

By |2023-01-23T09:25:49+05:45January 23, 2023|Categories: News|

फ्रान्सेली सेनालाई देश छाड्न बुर्किनाफासोको अनुरोध

बुर्किनाफासो सरकारले फ्रान्ससँगको सैन्य सम्झौता रद्द गर्दै आफ्नो देशमा रहेका फ्रान्सेली सेनालाई घर फर्कन अनुरोध गरेको छ । एक महिनाको अविधिमा फ्रान्सेली सेनालाई आफ्नो देश फर्कन सरकारले अनुरोध गरेको सरकारी [...]

By |2023-01-22T19:09:47+05:45January 22, 2023|Categories: International|

क्यालिफोर्निया गोलीकाण्ड: दश जना मारिए

अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली शहरमा भएको गोलीकाण्डमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना घाइते भएका छन् । स्थानीय समुदायले ‘लुनार नयाँ बर्ष’ मनाइरहेका बेला [...]

By |2023-01-22T19:09:17+05:45January 22, 2023|Categories: International|

अलेप्पोमा भवन भत्कँदा तेह्र जनाको मृत्यु

यहाँस्थित एउटा साततले भवन भत्कँदा पाँच जना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । उक्त भवनमा सात परिवार बसेका थिए । स्थानीयहरूका अनुसार उक्त भवनमा ३५ जनाको बसोबास थियो । [...]

By |2023-01-22T19:08:39+05:45January 22, 2023|Categories: International|

ब्राजिलमा भएको ‘विद्रोह नियन्त्रण गर्न असफल’ सेना प्रमुख बर्खास्त

ब्रालिलको राजधानीमा जनवरी ८ मा भएको विद्रोहबारे केही सैनिक सदस्यले अति दक्षिणपन्थी प्रदर्शनकारीलाई अनुमति दिएको खुलेआम अभिव्यक्ति दिएको केही दिनपछि शनिबार ब्राजिलका सेना प्रमुखलाई बर्खास्त गरिएको छ । राष्ट्रपति लुइज [...]

By |2023-01-22T19:08:03+05:45January 22, 2023|Categories: International|

राष्ट्रपतिको निजी निवासमा खानतलास, गोप्य दस्तावेज बरामद

सङ्घीय अनुसन्धान व्युरो (एफबिआई)ले राष्ट्रपति जो बाइडेनको डेलावार राज्यको विल्मिङ्टनस्थित निवासमा खानतलास गरेको छ । खोजविनका क्रममा ‘गोप्य’ लेखिएका केही दस्तावेज र उहाँका हस्तलिखित टिपोट एफबिआई आफ्नो स्वामित्वमा लिएको राष्ट्रपतिका [...]

By |2023-01-22T19:07:26+05:45January 22, 2023|Categories: International|

तीन वर्षपछि बालीमा चिनियाँ पर्यटकको आगमन

कोरोना महामारीका कारण चीनले आफ्ना नागरिकलाई यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै आमोदप्रमोदका निम्ति इण्डोनेशियाको प्रख्यात बाली टापुमा दुई सय ५० चिनियाँ पर्यटक बोकेको विमान अवतरण गरेको छ । तीन वर्षको [...]

By |2023-01-22T19:06:47+05:45January 22, 2023|Categories: International|

एक सातामा तेह्र हजार जनाको मृत्यु

चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड– १९ सङ्क्रमणको कारण मृत्यु भएको छ । गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु [...]

By |2023-01-22T19:06:11+05:45January 22, 2023|Categories: International|

त्रियानब्बेऔँ जन्मदिनमा अन्तरिक्षयात्रीको बिबाह

अन्तरिक्षयात्री एड्विन एल्डरिनले आफ्नो ९३औँ जन्मदिनमा पुरानी प्रेमीका डा अन्का भी फौरसँग विवाह गर्नुभएको छ । सानो पारिवारिक जमघटका बीच आफूले लगनगाँठो कसेको एल्डरिनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको हो [...]

By |2023-01-22T19:05:29+05:45January 22, 2023|Categories: International|

विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन

उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताउनुभएको छ । २८५९औँ सोनाम ल्होछारको अवसरमा आज झापाको भद्रपुर नगरपालिका–२ कमलधापस्थित संयुक्त धार्मिकस्थलमा पद्मछोयोलिङ गुम्बाले आयोजना [...]

By |2023-01-22T19:03:37+05:45January 22, 2023|Categories: News|

सुस्ता बचाउ अभियानका संयोजक गुरुङको उपचारको जिम्मा सरकारले लिनुपर्ने माग

भारतीय पक्षद्वारा नेपाली अतिक्रमित भूमि संरक्षणका लागि लामो समयदेखि सङ्घर्षरत सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको उपचारको सबै जिम्मा सरकारले लिनुपर्ने माग गरिएको छ । भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासी [...]

By |2023-01-22T19:02:57+05:45January 22, 2023|Categories: News|

रुकुम पूर्वमा खाद्यको चामलको माग बढ्दो

रुकुम पूर्वमा खाद्यको चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखाका अनुसार जिल्लामा चामलको माग बढेको हो । यो भन्दा पहिला जिल्लामा खाद्यको शाखा कार्यालय [...]

By |2023-01-22T19:01:49+05:45January 22, 2023|Categories: News|

जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार

पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दाहसंस्कार गरिएको छ । दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सी [...]

By |2023-01-22T19:00:47+05:45January 22, 2023|Categories: News|

नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको अध्यक्षमा यादव

नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको १२औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार सकिएको महाअधिवेशनले विजयकुमार यादवको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ । महाअधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्ञान [...]

By |2023-01-22T18:58:15+05:45January 22, 2023|Categories: News|

भारतमा दुई नेपालीको अपहरणपछि हत्या

धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो । [...]

By |2023-01-22T16:05:03+05:45January 22, 2023|Categories: News|

कुस्ती खेलाडीको पीडाः ‘पदक ल्याइन्छ तर खेल्ने हल छैन’

वृहत राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाटै उत्कृष्ठ नतिजा हासिल गरिरहेका कुस्ती खेलका खेलाडी एक दशकभन्दा बढी समयदेखि साँघुरो हलमा प्रशिक्षणरत छन् । केही समयअघि सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई महिला [...]

By |2023-01-22T16:00:07+05:45January 22, 2023|Categories: News|

कोभिड १९’ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने विचार गरिएको जानकारी दिनु भएको सीएनएन समाचार समितिले जनाएको छ । किशिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र [...]

By |2023-01-22T15:53:29+05:45January 22, 2023|Categories: International|

इजरायली सैनिकद्वारा प्यालेस्टिनीको हत्या

वेस्ट बैंकको रामल्लाह सहरनजिक इजरायली सुरक्षा गार्डलाई छुरा प्रहार गर्ने प्रयास गर्दा शनिबार इजरायली सेनाले एक प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् । शहरको उत्तरपश्चिममा ४२ वर्षीय [...]

By |2023-01-22T15:50:04+05:45January 22, 2023|Categories: International|

कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने

कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना शान्ति वार्ता हुने भएको छ । कोलम्बियाको सरकारले यससम्बन्धी शनिबार जानकारी गराएको हो ।सरकारले यहाँका विद्रोही समूह नेशनल लिबरेसन आर्मी (इएलएन) [...]

By |2023-01-22T15:48:53+05:45January 22, 2023|Categories: International|

होटल हब बन्दै बाँके

पश्चिम नेपालको आर्थिक हब मानिने बाँकेको नेपालगञ्ज होटल हवको रुपमा अघि बढ्दै गएको छ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बत्को मानसरोबर पुग्ने छोटो रुट भएका कारण खासगरी भारतीय पर्यटक बढन [...]

By |2023-01-22T15:46:29+05:45January 22, 2023|Categories: News|

तरकारी सङ्कलन केन्द्रबाट किसानलाई लाभ

डडेल्धुराको आलिताल गाउँपालिकामा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । वडा नं २ मा स्थापित उक्त केन्द्रबाट तरकारीलगायत कृषिजन्य उत्पादन सङ्कलन तथा बिक्री गर्न सहज हुने भएको छ । सो [...]

By |2023-01-22T15:43:25+05:45January 22, 2023|Categories: News|

नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ : डा. रुइत

नेपालले गर्व गर्न लायक व्यक्तित्व हुनुहुन्छ डा सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका उहाँले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गर्नुभएको [...]

By |2023-01-22T15:42:19+05:45January 22, 2023|Categories: News|

कमजोर पूर्वाधार,अस्थिर नीति

अहिले विद्युतीय सवारी बिक्रेता आफै र सरकारीस्तरबाट नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेशन निर्माण गरिरहेको भए पनि त्यो पर्याप्त नभएको नाडा अटोमोबाइल्स एसोसिएसन नेपालका अध्यक्ष ध्रुव थापा बताउनुहुन्छ । सवारी साधनको [...]

By |2023-01-22T15:38:00+05:45January 22, 2023|Categories: News|

बजार बनाउँदै विद्युतीय सवारी, पूर्वाधारमा अझै समस्या

विद्युतीय सवारी साधानको प्रयोगलाई बढावा दिने सरकारी नीतिको सकारात्मक प्रभाव देखिन थालेको छ । सरकारले आन्तरिक उत्पादनका रुपमा रहेको बिजुलीको खपत बढाउँदै आयातित पेट्रोलियम पदार्थ कम गर्ने र हरित ऊर्जालाई [...]

By |2023-01-22T15:36:19+05:45January 22, 2023|Categories: News|

मेरो यात्रा’ कविता सङ्ग्रह लोकार्पण

मोरङ सुन्दरहरैँचाका कवि आचार्यको ‘मेरो यात्रा’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । प्रगतिशिल लेखक संघका महासचिब डा देवी दुलाल क्षेत्रीले उक्त कृति लोकार्पण गर्दै आफूहरुले सर्जकलाई प्रोत्साहित गर्ने कार्यक्रम अगाडि [...]

By |2023-01-22T15:35:30+05:45January 22, 2023|Categories: News|

जसले गरे एक सय पटक रक्तदान

‘रक्तदान जीवन दान’ भन्ने गरिन्छ । यसै भनाइलाई आत्मसाथ गर्दै नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–१६, डण्डा निवासी शिव गिरीले एक सय पटक रक्तदान गर्नुभएको छ । एक सय औँ [...]

By |2023-01-22T15:34:48+05:45January 22, 2023|Categories: News|

प्रवासी नेपालीको सहयोगमा कम्प्युटर ल्याब स्थापना

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ‘एक प्रदेश, एक कम्प्युटर ल्याब’ स्थापना गरिएको छ । सन् २०२१ मा कोलम्बस म्याराथन गर्नुभएका ओम दाहालको नेतृत्वमा अमेरिकामा रहेका नेपालीको संस्था [...]

By |2023-01-22T15:32:07+05:45January 22, 2023|Categories: News|

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोनाम ल्होछार पर्वका अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना दिनुभएको छ । मुख्यमन्त्री कार्कीले आज शुभकामना [...]

By |2023-01-22T15:30:17+05:45January 22, 2023|Categories: News|

पढ्दै कमाउँदै कार्यक्रम’मा रमाउँदै विद्यार्थी

सुर्खेत बराहाताल गाउँपालिकाको जनज्योति माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सुदीपसिंह सुनार विद्यालयमा पढाइसँगै कृषिमा पनि आबद्ध छन् । विद्यालयले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत उनी पढाइसँगै कृषिमा [...]

By |2023-01-22T15:29:46+05:45January 22, 2023|Categories: News|

महिलाको सङ्घर्ष र साहसको कथामा ‘देउराली डाँडी’

वान वल्र्ड थिएटर नेपालसँगको सहकार्यमा तयार भएको नाटक ‘देउराली डाँडी’ को मञ्चन पिङ्गलास्थानको ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’मा भइरहेको छ । रङ्गकर्मी सहलेसको लेखन तथा अमेरिकी रङ्गकर्मी रोज स्वाइट्जको निर्देशनमा तयार [...]

By |2023-01-22T15:26:03+05:45January 22, 2023|Categories: News|

विप्रेषण व्यवस्थित गर्न सरकार नीतिगत सुधारको तयारीमा : अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताउनुभएको छ । प्रवासी नेपालीमञ्च अमेरिकाले शनिबार राति आयोजना गरेको ‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन [...]

By |2023-01-22T15:23:39+05:45January 22, 2023|Categories: News|

जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको व्यापारिक मेला हुने

मधेस प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको ‘जनकपुरधाम व्यापार मेला २०७९’ आयोजना गर्न लागिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानलाई एउटै छानामुनि सहभागी गराई अनुभव आदानप्रदान तथा व्यापारको [...]

By |2023-01-22T15:20:20+05:45January 22, 2023|Categories: News|

ऋण तिर्न नसक्दा रङ्गशालाको कामअघि बढ्न सकेन

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा [...]

By |2023-01-22T15:19:40+05:45January 22, 2023|Categories: News|

दश करोडको कारोबार गर्दै सकियो म्याग्दी महोत्सव

पुस २८ गतेदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला रु १० करोडको कारोबार गर्दै शनिबार सम्पन्न भएको छ । उद्योग वाणिज्य [...]

By |2023-01-22T15:18:48+05:45January 22, 2023|Categories: News|

बाल संरक्षण योजना बनाउँदै डोटीका स्थानीय तह

बाल संरक्षण योजना निर्माणका लागि डोटीका स्थानीय तह लागिपरेका छन् । दिपायल सिलगढी नगरपालिकाले बाल संरक्षणका लागि पञ्चवर्षीय रणनीतिक योजना निर्माण सुरु गरेको छ । नगरपालिकाले निर्माण गर्न लागेको पञ्चवर्षीय [...]

By |2023-01-22T15:18:02+05:45January 22, 2023|Categories: News|

रोल्पामा स्नातकोत्तर कक्षा सञ्चालनको तयारी

रोल्पामा स्नातकोत्तर तहको अध्ययन सुरु हुने भएको छ । सदरमुकाम लिवाङको जलजला बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्न लागेको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा रहेको सो क्याम्पसले [...]

By |2023-01-22T15:17:16+05:45January 22, 2023|Categories: News|

कावासोतीमा सामूहिक आलु खेती

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–६ का किसानले समूह बनाएर नगदे बालीका रुपमा रहेको आलु खेती सुरु गरेका छन् । विगतका वर्षहरुमा निर्वाहमुखी आलु खेती गर्ने गरेका यस ठाउँका किसानले यस वर्ष [...]

By |2023-01-22T14:10:32+05:45January 22, 2023|Categories: News|
Go to Top