२८ कात्तिक, काठमाडौं
पवन शर्राफको अर्धशतकसँगै नेपालले एसिया कपमा भारतलाई १९४ रनको लक्ष्य दिएको छ । भारतले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ ।
बंगलादेशमा टस हारेर ब्याटिङ पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १९३ रन बनायो । नेपालका लागि शर्राफले सवार्धिक ५६ रनको पारी खेले ।
नेपालको सुरुवात भने खराब रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल दास्रो बलमानै आउट भए । तर शरद भेषावकर र कुशल भुर्तेलले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुबैले दोस्रो विवकेका लागि ५४ रनको साझेदारी गरे ।
कुशल २८ रनमा आउट भए । त्यसपछि खेलमा आएका आरिफ शेख मात्र २ रनमा आउट भए । क्रिजमा टिकिरहेका शरदले उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग ४४ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । दीपेन्द्र २४ रनमा आउट भए । नेपालले थप दुई रन जोड्दा शरद पनि व्यक्तिगत ४४ रनमा आउट भए ।
त्यसपछि पवन शरार्फले महत्वपूर्ण पारी खेले । उनले छैटौं विकेटका लागि विनोद भण्डारीसँग ३१ रनको साझेदारी गरे । विनोदले व्यक्तिगत ५ रन मात्र बनाए । सोमपाल कामी पनि २ रनमै आउट भए । नवौं नम्बरमा कारण केसी आए ।
दुबैले आठौं विकेटका लागि ४१ रनको साझेदारी गर्दै नेपालको पारी उकासे । करण २० रन बनाएर आउट भए , जतिबेला नेपालको अङ्क १८६ रन थियो । थप ६ रन जोड्दा पवन पनि ५६ रन बनाएर आउट भए । अर्को बलमा ललित नारायण राजवंशीको विकेट गएपछि नेपाल १९३ मा नै अलआउट भयो ।
Hello! Do you know if they make any plugins to help with
Search Engine Optimization? I’m trying to get my blog to rank for some targeted keywords but I’m not seeing very good gains.
If you know of any please share. Thank you! You can read similar text
here: Blankets