Skip to content
आलेखः हस्तकलामै जीवन लेख्ने मछिन्द्र
भाषा, कला, संस्कृति र परम्परा पहिचान हुन् । पहिचानसँग जोडिएका पुराना संस्कार संस्कृति आधुनिक प्रविधिको विकासले संकटमा छन् । जसका कारण मौलिक पहिचाननै गुम्ने खतरा बढाएको छ । एक दशक अगाडिसम्म देखिने मौलिक संस्कृति अहिले निकै कम भेटिन्छन् । सूचना, प्रविधिको विकासले हरेक क्षेत्र डिजिटलमय बनेको छ । सहरदेखि गाउँसम्मै प्रविधिको भरपुर प्रयोग भएको छ । प्रविधिको प्रयोगले जीवन र दैनिकीलाई सहज र सरल त बनाएको छ नै, त्यससँगै यसले हाम्रा कैयन मौलिकता र पृथक विशेषता बोकेका परम्परागत कला, संस्कृति, व्यवसायहरुलाई धरापमा पार्ने खतरा पनि उत्तिकै छ । अहिले हरेक व्यक्तिले आधुनिक प्रविधिको प्रयोग गरेर दैनिकी, कामकाज, व्यापार व्यवसायलाई सहज बनाउने गरेका छन् । तर, बागलुङ बजारमै एक दुर्लभ पात्र छन्, जसले आधुनिक प्रविधि, विकासलाई नपछ्याएरै तीन दशक अघिदेखि आफ्नै मौलिक कलासहितको व्यवसायलाई नै निरन्तरता दिएर फरक पहिचान कायम गरेका छन् । ती पात्र हुनुहुन्छ मछिन्द्र प्रसाद शाक्य । लेखन कलाकारितामा उहाँको पृथक रुपमा स्थापित परिचय चाहीँ ‘रन्तल आर्ट’ । शाक्यले बागलुङ बजारमा ३१ वर्षदेखि चित्र कोर्ने ब्यानर, बोर्ड लेखेरै जीवनयापन गरिरहनु भएको छ । सानैदेखि चित्र कोर्ने, पेन्टिङ गर्ने कार्यमा रुचि राख्नु हुने शाक्यले अन्ततः कलालाई आफ्नो व्यवसायको रुपमा अघि बढाउनु भयो । बाबा पदमप्रसाद शाक्यबाट चित्र कोर्न सिक्नुभएका शाक्यले अहिलेसम्म अनगिन्ती लेखन र तस्बिरहरु कोरिसक्नु भयो, त्यसको कुनै लेखाजोखा छैन ।
Like this:
Like Loading...
Page load link