यहाँका अधिकांश नागरिक दाउराको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन बाध्य छन् । जिल्लामा रहेका २० स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका बासिन्दा वर्षांैदेखि गोबरका गुइँठा बनाइ खाना पकाउनका लागि इन्धनका रुपमा प्रयोग गर्दै आइरहेका छन् । विषेशगरी जिल्लाका दक्षिणी भेगमा गुइँठाको प्रयोग अत्यधिक हुने गरेको छ । तराई–मधेसमा गुइँठाबाट खाना पकाउने चलन पुरानो भए पनि वनबाट पाइने दाउराको अभाव तथा असहज उपलब्धताले गर्दा सो क्षेत्रका नागरिक अझै पनि गुइँठाबाट खाना पकाउन बाध्य छन् । गाउँ नजिकै कुनै पनि वन नरहेको, वनबाट दाउरा ल्याउनका लागि टाढा जानुपर्ने बाध्यता तथा वनबाट दाउरा ल्याउँदा वनका कर्मचारी तथा प्रहरीले दुःख दिने गरेकाले आफूहरु गुइँठाकै प्रयोग गर्न बाध्य रहेको ब्रम्हपुरी गाउँपालिका–४ की रामकली देवीले गुनासो गर्नुभयो । गाईभैँसीको गोबरमा गहुँको भुसा, मकै, गहुँ वा तोरीको डाँठ र पराल आदि मिसाएर त्यसलाई चाक्लो पारी पथारेर तयार पारिने गुइँठालाई स्थानीय भाषामा गोरहा भन्ने गरिन्छ । तराई–मधेसमा घरका महिला सदस्यको प्रमुख काममध्ये गुइँठा बनाउन पनि एक रहेको छ । उनीहरुले घरधन्दा सँगसँगै खाना पकाउनका लागि गुइँठा पनि तयार गर्ने रहेको छ । गोबरबाट तयार पारिएको गुँइठालाई करिब एक महिना घाममा सुकाएपछि बाल्नका लागि तयार हुने र यसैलाई अहिलेसम्म इन्धनको रुपमा प्रयोग गर्दैै आएको मलङ्गवा–७ मुसौलीकी
