नेकपा (एमाले)का नेता तथा पहिलो कम्युनिष्ट अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मरणमा रु ५० हजार राशिको दुई वटा आर्थिक पुरस्कार स्थापना गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) र भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको सहकार्यमा आर्थिक समाचार लेखनमा सञ्चारकर्मीहरुको सम्मानका लागि पुरस्कारको स्थापना गरिएको हो । आर्थिक तथा सहकारीका क्षेत्रमा क्रियाशील आर्थिक पत्रकारको वृत्तिविकास, क्षमता विकास र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पु¥याउन ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ स्थापना गरिएको हो । पुरस्कारले खोजमूलक आर्थिक पत्रकारितालाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । अधिकारी अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, गाउँगाउँमा सहकारीजस्ता कार्यक्रम ल्याइएको थियो । फाउण्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि अधिकारीले पु¥याएको योगदानको स्मरणमा पुरस्कार स्थापना गरिएको जानकारी दिँनुभयो । उहाँले पुरस्कारलाई साथ दिन पाउँदा सहकारी क्षेत्रमा उहाँले गर्न चाहेका तर अधुरै रहेका कामले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो । महासचिव अधिकार स्वर्गीय अधिकारीकी पुत्री हुनुहुन्छ ।