केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गराउन गाउँपालिकाले निःशुल्क अभ्यास पुस्तिका (कापी) वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी परीक्षण गर्ने कार्यक्रम लागू गरेको हो । गाउँपालिकाले कक्षा कार्य र गृहकार्य परीक्षण गर्ने गरी प्रथम चरणमा कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीलाई आफैँले तयार पारेको ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गरेको छ । पृष्ठभूमीमा गाउँपालिकाको कार्यालय र नक्सा राखिएको ‘विद्यार्थी अभ्यास पुस्तिका’ आइतबार औपचारिक कार्यक्रम गरेर विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकलाई हस्तान्तरण समेत गरिइएको छ । गाउँपालिकाले गाउँपालिकाभरिका ३७ सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्मका नौ सय ४९ विद्यार्थीलाई यही मङ्सिर महिनाका लागि चार÷चारका दरले तीन हजार सात सय ९६ वटा अभ्यास पुस्तिका वितरण गरेको शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिनुभयो । “चालू शैक्षिक सत्रका लागि गाउँपालिकाको लगानीमा १६ हजार कापी छापिएको छ”, उहाँले भन्नुभयो, “पुस, माघ र फागुन महिनाका लागि प्रतिविद्यार्थी चार वटाका दरले वितरण गर्ने गरी अन्य अभ्यास पुस्तिका भण्डारण गरेर राखिएको छ ।”
News
National Province 1 Province 2 Province 3 Province 4 Province 5 Province 6 Province 7 Select Province
Text (English) Text (Nepali) Text International(English) Text International(Nepali) Image AP Image AFP Image XINHUA Image RSS Photo Audio Clips Compiled (English) Compiled (Nepali) Compiled (International) Video Clips Text (Maithilee) Text (Bhojpuri) Text (Tharu) Text (Abdhi) Text (Nepali) Filter
28
November
समानुपातिकतर्फ ९३ लाख मत गनियो
काठमाडौँ, १२ मङ्सिर (रासस) :
प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मत
2022-11-28 11:28 AM
Number: 17 Word Count: 360
28
November
केपिलासगढीमा विद्यार्थीको ‘होमवर्क’ जाँच कार्यक्रम
–केदार मगर
खोटाङ, १२ मङ्सिर (रासस) ः केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गर
2022-11-28 10:52 AM
Number: 16 Word Count: 584
28
November
गढ मानिने चितवन ३ मा कांग्रेस पाँचौँ
चितवन, १२ मङ्सिर (रासस) ः
दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालिन क्षेत्र नं ४ बाट उम्मेदवार बन्नुभयो । भारी मतले उहाँ विजयी पनि हुनुभ
2022-11-28 10:16 AM
Number: 15 Word Count: 521
28
November
कर्णाली प्रदेश ः प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य
कर्णाली, १२ मङ्सिर (रासस) ः
कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (१)बाट नेकपा (माओवादी केन्द्र)
2022-11-28 09:47 AM
Number: 14 Word Count: 391
28
November
धनुषा- ४ मा कांग्रेसका यादवको अग्रता
धनुषा, १२ मङ्सिर (रासस) ः
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा– ४ मा मतगणना जारी रहेको छ । मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लानुभएको छ । मतगण
2022-11-28 09:36 AM
Number: 13 Word Count: 92
28
November
विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान
महोत्तरी, १२ मङ्सिर (रासस) ः
मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । आइतबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ म
2022-11-28 09:18 AM
Number: 12 Word Count: 458
28
November
मधेश प्रदेशः सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक
–टीकाराम सुनार
जनकपुरधाम, १२ मङ्सिर ९रासस०ः यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्
2022-11-28 09:08 AM
Number: 11 Word Count: 453
28
November
उम्मेदवारले खर्च विवरण बुझाउन थाले
त्रिशूली, १२ मङ्सिर (रासस) ः
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसंगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन् । गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनका समयसीमाभित्र खर्च विवरण नबुझाएका
2022-11-28 08:53 AM
Number: 10 Word Count: 372
28
November
‘निर्वाचित प्रतिनिधि सबैको साझा बन्नुपर्छ’
टीकापुर, १२ मङ्सिर (रासस) ः
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित प्रतिनिधि सबैका साझा बन्नुपर्ने स्थानीय बताउँछन् । स्थानीय झरना रिमाल भन्नुहुन्छ, “निर्वाचनका बेला गाउँमा भएको चहलपहलको प्रभाव हट्न महिनौँ लाग्छ । जितेका पा
2022-11-28 08:13 AM
Number: 9 Word Count: 243
28
November
किवीले बजार पाएन भन्दछन् ः कहाँ लैजाने र बिक्री गर्ने
ताप्लेजुङ, १२ मङ्सिर (रासस) ः
ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गर्नुभएको छ । व्यावसायिकरुपमा केही वर्षदेखि किवीको खेती गर्दै आउनुभएका उहाँलाई नपाक्दासम्म रोग कीरा
2022-11-28 07:53 AM
Number: 8 Word Count: 483
28
November
कर्णाली प्रदेशसभा ः नयाँ अनुहारको वर्चश्व
सुर्खेत, १२ मङ्सिर (रासस)ः
कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा बहालवाला मुख्यमन
2022-11-28 07:44 AM
Number: 7 Word Count: 516
28
November
स्पेन र जर्मनीको खेल बराबरी
काठमाडौँ, १२ मङ्सिर (रासस) ः
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन् । अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प
2022-11-28 07:30 AM
Number: 6 Word Count: 101
28
November
विद्यालय जाँदा आउँदा दैनिक छ घण्टा बिताउनुपर्छ
–भूमिराज पिठातोली
बझाङ १२ मङ्सिर (रासस) ः दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गर्नुभयो । गोरङ घर भएका उहाँलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ । बिहान पढाइ हुने बेलामा सा
2022-11-28 07:26 AM
Number: 5 Word Count: 763
28
November
एभरेष्ट मिडियाद्वारा आश्रमलाई सहयोग
गण्डकी, १२ मङ्सिर (रासस) ः
पोखरास्थित एभरेष्ट एफएमले मानवसेवा आश्रम पोखराको भवन निर्माणार्थ सहयोग गर्ने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफएमको दोस्रो वार्षिकोत्सवका अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायि
2022-11-28 07:06 AM
Number: 4 Word Count: 174
28
November
झापामा धानको उत्पादकत्व बढ्यो
बनियानी, १२ मङ्सिर (रासस) ः
झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । यस वर्ष जिल्लामा वर
2022-11-28 06:50 AM
Number: 3 Word Count: 144
28
November
विश्वकप फुटबल ः क्रोएसियाद्वारा क्यानडा पराजित
काठमाडौँ, १२ मङ्सिर (रासस) ः
कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हरा
2022-11-28 06:33 AM
Number: 2 Word Count: 170
28
November
विवाह पञ्चमी पर्व देशभर मनाइँदै
काठमाडौँ, १२ मङ्सिर (रासस) ः
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष
2022-11-28 06:25 AM
Number: 1 Word Count: 395
केपिलासगढीमा विद्यार्थीको ‘होमवर्क’ जाँच कार्यक्रम
खोटाङ, १२ मङ्सिर (रासस) ः केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गराउन गाउँपालिकाले निःशुल्क अभ्यास पुस्तिका (कापी) वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी परीक्षण गर्ने कार्यक्रम लागू गरेको हो । गाउँपालिकाले कक्षा कार्य र गृहकार्य परीक्षण गर्ने गरी प्रथम चरणमा कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीलाई आफैँले तयार पारेको ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गरेको छ । पृष्ठभूमीमा गाउँपालिकाको कार्यालय र नक्सा राखिएको ‘विद्यार्थी अभ्यास पुस्तिका’ आइतबार औपचारिक कार्यक्रम गरेर विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकलाई हस्तान्तरण समेत गरिइएको छ । गाउँपालिकाले गाउँपालिकाभरिका ३७ सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्मका नौ सय ४९ विद्यार्थीलाई यही मङ्सिर महिनाका लागि चार÷चारका दरले तीन हजार सात सय ९६ वटा अभ्यास पुस्तिका वितरण गरेको शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिनुभयो । “चालू शैक्षिक सत्रका लागि गाउँपालिकाको लगानीमा १६ हजार कापी छापिएको छ”, उहाँले भन्नुभयो, “पुस, माघ र फागुन महिनाका लागि प्रतिविद्यार्थी चार वटाका दरले वितरण गर्ने गरी अन्य अभ्यास पुस्तिका भण्डारण गरेर राखिएको छ ।” पहिलो पृष्ठमा मिति, विद्यार्थीको नाम, कक्षा, रोल नम्बर, विषय, विद्यालय, विषय शिक्षकको नाम र सम्पर्क नम्बर, प्रधानाध्यापकको दस्तखत, अभिभावकको नाम र सम्पर्क नम्बर उल्लेख भएको ‘अभ्यास पुस्तिका’ वितरणपछि विद्यार्थीले अन्य कापी प्रयोग गर्न पाउने छैनन् । अभ्यास पुस्तिकाको पछाडिपट्टिको अन्तिम पृष्ठमा विद्यार्थी, शिक्षक र अभिभावकले पालन गर्नुपर्ने नियम उल्लेख गरिएको छ । कक्षा कार्य र गृहकार्य गर्नेक्रममा भरिएको कापीलाई सम्बन्धित विद्यालयका प्रअले गाउँपालिकामा बुझाएर नयाँ कापी लैजाने व्यवस्था गरिएको छ । विद्यार्थीको कापी चेक गर्दा विद्यालय र शिक्षकको शैक्षिणक क्रियाकलाप बारे गाउँपालिकालाई जानकारी हुने जनाइएको छ । विद्यार्थीले सबै पानामा लेखिसकेपछि प्रअले बुझाएको कापीलाई भने जनप्रतिनिधिको उपस्थितिमा शिक्षा शाखाले परीक्षण गर्ने गाउँपालिकाका उपप्रमुख गुरुराज राईले बताउनुभयो । “यो कार्यक्रम विद्यार्थीलाई सक्रिया बनाउन मात्र नभएर शिक्षकमाथिको ‘निगरानी’ गर्न पनि ल्याइएको हो”, उहाँले भन्नुभयो, “कतिपय शिक्षकले नपढाउने, पढाए पनि कक्षा कार्य र गृहकार्य गराउन पर्याप्त ध्यान नदिएकाले निःशुल्क कापी उपलब्ध गराउने र चेक गर्ने रणनीति अघि सारिएको हो । यसले शिक्षकमाथि विद्यार्थीलाई कक्षा र गृहकार्य गराउन दबाब सिर्जना हुने अपेक्षा गरेका छौँ ।” विद्यार्थीको कापी परीक्षण गर्ने नीतिले गाउँपालिकाभरिका विद्यालयमा पाठ्यक्रमलाई एकै समयमा पूरा गर्न दबाब पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । कापी अभावमा गृहकार्य नगर्ने विद्यार्थीले पनि नियमित गर्ने वातावरण बन्ने गाउँपालिकाको अपेक्षा छ । गाउँपालिकाले लागू गरेको यो कार्यक्रमले फर्जी विद्यार्थीको सङ्ख्या देखाउने परिपाटीसमेत नियन्त्रण हुने गाउँपालिकाका अध्यक्ष समिर राईले बताउनुभयो । “विद्यार्थीलाई लेख्न नलाएर वा अभ्यास नगराएकै कारण सामुदायिक विद्यालयको गुणस्तर खस्किएको हाम्रो बुझाइ छ । शिक्षकले पढाउने मात्रै अभ्यास नै नगराउने समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको स्तर बनाउन तल्लो कक्षाको कापी परीक्षण गर्ने रणनीति बनाइएको हो । पढ्नुपर्छ, पढाउनुपर्छ भन्ने मानसिकता विकास गरिदिन खोजिएको हो । यसले शिक्षकलाई जिम्मेवार बन्न दबाब पुग्छ । विद्यार्थीलाई अभ्यासमा अग्रसर गराउँछ । यसबाट विद्यार्थी, शिक्षक र विद्यालयबीच प्रतिस्पर्धा पनि हुन्छ ।” शैक्षिक गुणस्तर सुधारका लागि प्रअ तथा शिक्षा शाखाले विषय शिक्षक र कक्षा शिक्षकलाई लिखित सुझाव दिने ठाउँ बनाइएको छ । अभ्यास पुस्तिका प्रयोगका क्रममा विद्यार्थीले दिउँसोको कक्षा कार्य र गृहकार्य गरी शिक्षकलाई जाँच गराउनुपर्ने, कक्षा कार्य र गृहकार्यको मिति अनिवार्य लेख्ने र अभ्यास पुस्तिकाको सम्पूर्ण पाना लेखिसकेपछि विद्यालयमा बुझाउनु पर्नेछ । शिक्षकले प्रत्येक दिन कक्षा कार्य र गृहकार्य दिने र रातो मसी प्रयोग गरी जाँच गर्नुपर्ने, विद्यार्थीले सम्पूर्ण पेज लेखिसकेपछि प्रअबाट प्रमाणित गराएर विद्यालयमार्फत शिक्षा शाखामा पठाउनुपर्ने छ । यस्तै, अभिभावकले प्रत्येक दिन शिक्षकले गृहकार्य दिए÷नदिएको जाँच गर्नुपर्ने, आफ्नो छोराछोरीलाई दिइएको गृहकार्य अनिवार्यरुपमा गर्न लगाउनुपर्ने नियम राखिएको छ । आगामी शैक्षिक–सत्रदेखि कक्षा ४ र कक्षा ५ मा पनि ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गर्दै चेक गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइने छ । कार्यक्रम प्रभावकारी देखिए कक्षा ६ र कक्षा ७ को विज्ञान, गणित र अङ्ग्रेजीको कापी परीक्षण गर्ने अवधारणा बनाइएको अध्यक्ष राई जानकारी दिनुभयो ।