साउन १४ नेपाल ।

राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २१०औं स्मृति दिवसको अवसरमा काठमाडौंमा विशेष स्मृतिसभा आयोजना हुने भएको छ।

राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रम श्रावण १६ गते, २०८३ शनिबार का दिन हुनेछ।

कार्यक्रमको विवरण:
• मिति: श्रावण १६, २०८३, शनिबार
• समय: दिउँसो १२:१५ बजे
• स्थान: सभामण्डप, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौं
• प्रवेश द्वार: पश्चिम गेट, सुन्धारा

प्रतिष्ठानका अध्यक्ष गणेश थापाले जारी गरेको निमन्त्रणामा देशभक्ति, वीरता, त्याग र राष्ट्रनिर्माणप्रति बडाकाजी अमरसिंह थापाले पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गरिने जनाइएको छ।

कार्यक्रममा सबैलाई गरिमामय उपस्थितिका लागि अनुरोध गरिएको छ।

बडाकाजी अमरसिंह थापाको प्रसिद्ध भनाइ “म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ।” लाई पनि कार्यक्रममा विशेष महत्व दिइनेछ।

आयोजक: राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान, काठमाडौं
सम्पर्क: ९८४१२०५७१६, ९८५११५८९१२, ९८४१३८४४५५