साउन १४ नेपाल ।
मधेश प्रदेश सरकारले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारी सवारी साधनको दुरुपयोग रोक्न कडा निर्देशन जारी गरेको छ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले २०८३/०४/१४ मा जारी गरेको पत्रमा प्रदेश अन्तर्गतका सबै मन्त्रालय, आयोग, सचिवालय, केन्द्र र मातहतका कार्यालयहरुलाई सवारी साधन अत्यावश्यक सरकारी कामबाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न/नगराउन भनेको छ।
मन्त्रालयको निर्देशन:
• हालको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै सरकारी सवारी साधनको प्रयोगमा विशेष ध्यान दिनु
• कार्यालय प्रयोजनका लागि उपलब्ध सवारी साधन अत्यावश्यक सरकारी कामबाहेक अन्यत्र प्रयोग नगर्ने
• सवारी साधनको सुरक्षित व्यवस्थापन गर्न/गराउनु
मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पाल द्वारा हस्ताक्षरित पत्रमा सबै निकायलाई आदेशानुसार कार्यान्वयन गर्न अनुरोध गरिएको छ।
सुरक्षा कारण र सवारी साधनको अनावश्यक प्रयोग नियन्त्रण गर्ने उद्देश्यले यो परिपत्र जारी गरिएको बुझिएको छ।

