साउन १३ नेपाल।
दक्षिण कोरियामा रोजगार अनुमतिको लागि आवेदन दिने नेपालीहरूको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सम्बन्धी सेवा २ सिफ्टमा सञ्चालन गर्ने भएको छ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आज सूचना जारी गर्दै साउन १४ गतेदेखि २२ गतेसम्म सेवा प्रवाहको समय बढाएको जनाएको छ।
के हो नयाँ व्यवस्था ?
• मिति: साउन १४ देखि २२ गतेसम्म
• पहिलो सिफ्ट: बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म
• दोस्रो सिफ्ट: दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म
• शनिबार र आइतबार पनि सेवा: बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म
विभागका अनुसार गत हप्तादेखि विशेषगरी दक्षिण कोरियाको EPS का लागि आवेदन दिने सेवाग्राहीको चाप बढेकोले सहज र प्रभावकारी सेवा दिन यो व्यवस्था गरिएको हो।
राहदानी विभागले नेपाली जनतालाई सहज सेवा दिन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि सूचनामा उल्लेख गरेको छ।

