साउन १३ नेपाल ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू आदेश जारी गरेपछि भोक्राहा नरसिंह गाउँपालिकाको सम्पूर्ण सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ।
गाउँपालिकाले आज २०८१/०४/१३ मा जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय सुनसरीले २०८१/०४/१२ गते राति ९:० बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेकोले त्यसलाई मध्यनजर गर्दै गाउँपालिका बन्द गरिएको जनाएको छ।
के के बन्द भए ?
गाउँपालिकाको सूचनाअनुसार:
• गाउँ कार्यपालिकाको कार्यालय
• सम्पूर्ण वडा कार्यालयहरू
• शैक्षिक संस्थाहरू
• अत्यावश्यक बाहेकका सबै सेवाहरू
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादद्धारा जारी सूचनामा सम्पूर्ण गाउँवासीलाई सुरक्षित रूपमा बस्न र स्थानीय प्रशासनको आदेश पालना गर्न अनुरोध गरिएको छ।
साथै यसबाट आम नागरिक तथा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति गाउँपालिकाले क्षमायाचना पनि गरेको छ।

