साउन १२ नेपाल ।
लुम्बिनी प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालय, नवलपरासी (बर्दघाट सुस्त पश्चिम) ले लाइसेन्स सम्बन्धी केही सेवा स्थगित भएपनि लिखित र प्रयोगात्मक परीक्षा भने यथावत् सञ्चालन हुने जनाएको छ।
कार्यालयले साउन १ गते प्रकाशित सूचनामा स्मार्ट कार्ड वितरण बाहेकका सेवा स्थगित गरिएको भनेपछि सेवाग्राहीमा दुविधा उत्पन्न भएको थियो।
आज साउन १२ गते अर्को सूचना जारी गर्दै कार्यालयले पूर्व निर्धारित लिखित तथा प्रयोगात्मक परीक्षा साविकको सूचना बमोजिम नै हुने स्पष्ट पारेको छ।
कुन-कुन सेवा स्थगित छन्?
स्मार्ट कार्ड वितरण बाहेकका
1. नयाँ सवारी चालक अनुमतिपत्र दर्ता
2. वर्ग थप दर्ता
3. नविकरण
4. राजश्व भुक्तानी तथा ब्लुबुक नविकरण
5. जाँचपास
6. परमिट नविकरण लगायतका सेवा
कार्यालयले पूर्वनिर्धारित परीक्षा दिने सबै सेवाग्राहीलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरेको छ।
ठेगाना: यातायात व्यवस्था सेवा कार्यालय, नवलपरासी (बर्दघाट सुस्त पश्चिम)
वेबसाइट: http://www.parasiyatayat.lumbini.gov.np

