साउन ११ नेपाल।

नेकपा एमाले सिन्धुली जिल्ला कमिटीले साउन १४ गते प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।

जिल्ला कमिटीका अध्यक्ष तथा जनसंगठन समन्वयका प्रमुख महेन्द्रदेव श्रेष्ठले आज जारी गरेको पत्रमा केन्द्रीय जनसंगठन प्रमुख कमरेड विशाल भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने जानकारी दिएका छन्।

कहिले र कहाँ?
• मिति: २०८३ साउन १४ गते
• स्थान: जिल्ला पार्टी कार्यालय, सिन्धुली
• समय: बिहान ११:०० बजे

कसलाई अनिवार्य?
पत्रमा एमाले सिन्धुली जिल्लाभित्र भूगोल भएका केन्द्रीय सदस्य, प्रदेश कमिटी पदाधिकारी तथा सदस्य, जिल्ला कमिटी सबै र पालिका कमिटीका अध्यक्ष-सचिवलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।

कार्यक्रम जन संगठन समन्वय समितिको आयोजनामा हुन लागेको हो।

पत्रमा सबै जनवर्गीय संगठनका कमरेड अध्यक्षहरूलाई समेत उपस्थितिका लागि अनुरोध गरिएको छ।