साउन ९ नेपाल ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन र सञ्चालन गर्ने विषयमा सहमति भएको छ।
२०८३ साल साउन ९ गते भएको सहमति पत्रमा दुवै पार्टीका शीर्ष नेताहरूले हस्ताक्षर गरेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति पत्रका मुख्य बुँदाहरू:
१. संयुक्त सरकार गठन: प्रदेशसभाहरूमा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने।
२. नेतृत्व बाँडफाँड:
• एमालेले नेतृत्व लिने प्रदेश: कोशी प्रदेश, बागमति प्रदेश र लुम्बिनी प्रदेश
• नेकपाले नेतृत्व लिने प्रदेश: कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश
३. मधेश र गण्डकीमा परामर्श: मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने।
सहमति पत्रमा पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाका समस्यालाई समाधान गर्दै जनताको चाहना अनुरूप राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र बनाउन यो सहमति गरिएको उल्लेख छ।
यो सहमतिसँगै प्रदेशहरूमा नयाँ समीकरण बन्ने बाटो खुलेको छ।

