साउन ९ नेपाल ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पस, प्रदर्शनीमार्गले कानुन स्नातक तह पहिलो वर्ष शैक्षिक सत्र २०८२/२०८३ को लागि दोस्रो नामावली सार्वजनिक गरेको छ।

क्याम्पसले मिति २०८३ साल साउन ५ गते जारी गरेको सूचनाअनुसार प्रवेश परीक्षाको योग्यताक्रममा रहेका विद्यार्थीहरूबाट ६०० सिटमा भर्नाका लागि पहिलो नामावली प्रकाशन गरिएको थियो। पहिलो नामावलीमा भर्ना हुँदा २१ सिट खाली रहन गएकोले दोस्रो नामावली प्रकाशित गरिएको हो।

खाली रहेका स्थानमा भर्नाका लागि योग्यताक्रम सूचीमा क्रम संख्या ४५३ देखि ४७४ सम्मका विद्यार्थीहरू छनोट भएका छन्। छनोट भएका विद्यार्थीहरूले २०८३ साल साउन १२ गते दिउँसो ३ बजे भित्र भर्ना गरिसक्नु पर्नेछ।

क्याम्पस प्रमुख डा. श्याम बहादुर कार्कीद्वारा जारी सूचनामा भर्ना सम्बन्धी सम्पूर्ण सर्त तथा नियमहरू यसअघि मिति २०८३ साल असार १९ गते प्रकाशित सूचनामा उल्लेख भए बमोजिम नै हुने जनाइएको छ।