साउन ७ नेपाल ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका-५ मैदानस्थित श्री कृष्ण माध्यमिक विद्यालयले प्राथमिक तह, तृतीय श्रेणीको महिला शिक्षक पदमा सरुवाको लागि दरखास्त आह्वान गरेको छ।

विद्यालय व्यवस्थापन समितिको मिति २०८३।०४।०६ को निर्णय र पाणिनी गाउँपालिकाको मिति २०८३।०४।०३ को अनुमतिपत्र अनुसार विद्यालयमा रिक्त रहेको स्थायी दरबन्दीमा सरुवा मार्फत पदपूर्ति गर्न लागिएको हो।

कसले दिन सक्छन् दरखास्त?
समान पद, तह र श्रेणीमा कार्यरत स्थायी तथा सरुवाका लागि योग्य इच्छुक महिला शिक्षकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात मिति २०८३।०४।२१ गते कार्यालय समयसम्म दरखास्त दिनुपर्नेछ।

आवेदनसँगै पेश गर्नुपर्ने कागजातहरु:
१. सरुवाका लागि निवेदन
२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. सेवा अवधि खुलेको कागजात
४. स्थायी तथा अस्थायी नियुक्तिको प्रमाणित प्रतिलिपि
५. शैक्षिक योग्यता र तालिमको प्रमाणित प्रतिलिपि
६. हाल कार्यरत विद्यालय र पदमा हाजिर भएको जानकारी
७. असाधारण तथा बेतलबी बिदा नलिएको कागजात
८. विद्यालयको सहमति पत्र
९. सम्बन्धित स्थानीय तहको सहमति पत्र
१०. शिक्षा नियमावली अनुसार प्राथमिकता दाबी गर्ने प्रमाण
११. शिक्षा नियमावली २०५९ को अनुसूची १७ बमोजिमको फारम

इच्छुक उम्मेदवारले आवश्यक कागजात सहित विद्यालयमा स्वयम् उपस्थित भई वा krishnamavi2011@gmail.com इमेलमा पठाएर पनि आवेदन दिन सक्नेछन्।

उक्त अवधिभित्र प्राप्त निवेदनलाई शिक्षा नियमावली २०५९ को १०औं संशोधन २०८३ बमोजिम मूल्याङ्कन गरी प्रक्रिया अगाडि बढाइने विद्यालयले जनाएको छ।

थप जानकारीका लागि ९८४७०३१९८, ९७४६२४४४४, ९७४८८२५४६ मा सम्पर्क गर्न सकिने प्रधानाध्यापक भक्त बहादुर रेश्मीले जारी गरेको सूचनामा उल्लेख छ।