साउन ७ नेपाल।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले चार वर्षे स्नातक तह बी.बी.एस. चौथो वर्षका विद्यार्थीहरुले गर्नुपर्ने अनिवार्य विषय व्यवस्थापन ४०१ परियोजना कार्यको प्रतिवेदन र प्राप्ताङ्क श्रावण महिनाको अन्तिमसम्म बुझाउन सबै सम्बन्धित क्याम्पसहरुलाई जानकारी गराएको छ।
कार्यालयले मिति २०८३ साल साउन ६ गते जारी गरेको सूचनामा २०८३ साल असार १५ गतेदेखि श्रावण १ गतेसम्म सञ्चालन भएको २०८२ सालको बी.बी.एस. चौथो वर्षको परीक्षामा सहभागी भएका विद्यार्थीहरुले गर्नुपर्ने परियोजना कार्यको सम्पूर्ण काम पूरा गरी सो को प्रतिवेदन, प्राप्ताङ्क र उपस्थिति विवरण पेश गर्नुपर्ने उल्लेख छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार उक्त कागजातहरु मिति २०८३ साल श्रावण महिनाको मसान्तभित्र परीक्षा नियन्त्रण कार्यालय, व्यवस्थापन गोप्य शाखामा पुग्ने गरी पठाउनु पर्नेछ।
साथै कार्यालयले सबै क्याम्पसहरुलाई विद्यार्थीहरुलाई समयमै जानकारी गराएर तोकिएको मितिभित्रै सबै कागजातहरु बुझाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।
यो सूचना परीक्षा नियन्त्रण कार्यालयका सहायक परीक्षा नियन्त्रकले जारी गर्नुभएको हो।

