साउन ६ नेपाल ।

लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको गैर बैंकिङ सम्पत्तिका रूपमा रहेको घरजग्गा बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले मिति २०८३ साउन ५ गते सार्वजनिक सूचना प्रकाशित गरी इच्छुक व्यक्ति, फर्म वा कम्पनीबाट बोलपत्र माग गरेको हो ।

बैंकको सूचनाअनुसार रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकामा रहेका तीन वटा कित्ताका जग्गा बिक्रीमा राखिएका छन् । जसमा वडा नम्बर ३ को कित्ता नम्बर २१९ को क्षेत्रफल १६२.७५ वर्ग मिटर र वडा नम्बर १ को कित्ता नम्बर ५३२ र ५३४ को क्षेत्रफल क्रमशः १७३.५ वर्ग मिटर र १५१.०१ वर्ग मिटर रहेको छ ।

बैंकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र बोलपत्र पेश गर्न आग्रह गरेको छ । बोलपत्र बैंकको प्रधान कार्यालय हात्तिसार, काठमाडौं र शाखा कार्यालय भैरहवा, रुपन्देहीमा बुझाउन सकिनेछ । पेश भएका बोलपत्रहरू २०८३ भदौ १२ गते दिउँसो १ बजे भैरहवा शाखाबाट खोलिनेछ । सो दिन सार्वजनिक बिदा परेमा त्यसपछिको बैंक खुलेको पहिलो दिन बोलपत्र खोलिने बैंकले जनाएको छ ।

बोलपत्र फारम प्रति एक हजार रुपैयाँ दस्तुर बुझाएर प्रधान कार्यालय र भैरहवा शाखाबाट प्राप्त गर्न सकिनेछ । सम्पत्ति निरीक्षण गर्न चाहनेले पनि कार्यालय समयभित्र सम्पर्क गर्न सक्नेछन् । बैंकले उपयुक्त बोलपत्र प्राप्त भएमा सम्पत्ति छुट्टाछुट्टै वा एकमुष्ट बिक्री गर्न सक्ने व्यवस्था गरेको छ ।