साउन ६ नेपाल ।

नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, धुलिखेलले जुनियर नापी तालिम प्रदेश/स्थानीय तह समूहको आवेदन फारम बुझाउने म्याद अन्तिम पटक थप गरेको छ।

केन्द्रले मिति २०८३/०३/२६ मा पुनः प्रकाशित गरेको सूचनामा आवेदन खुलाएको थियो। तर विभिन्न कारणले छुटेका इच्छुक उम्मेदवारका लागि केन्द्रको मिति २०८३/०४/०६ को निर्णय अनुसार आवेदन दिने समय थप गरेर सूचना जारी गरेको हो।

नयाँ तोकिएको मितिहरु:
• दरखास्त दिने अन्तिम मिति: २०८३/०५/०४ गते बिहिबार सम्म
• परीक्षा सञ्चालन हुने मिति र केन्द्र: पछि तोकिनेछ

प्रशिक्षण केन्द्रले यो आवेदन फारम बुझाउने अन्तिम पटक भएकोले सम्बन्धित सबै इच्छुक उम्मेदवारहरुलाई तोकिएको मितिभित्रै आवेदन बुझाउन अनुरोध गरेको छ।

Screenshot