साउन ५ नेपाल ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद अन्तर्गतको भेरी प्राविधिक शिक्षालय, नेपालगन्ज, बाँकेले डिप्लोमा तथा प्रि-डिप्लोमा तह उत्तीर्ण गरेका विद्यार्थीका लागि जरुरी सूचना जारी गरेको छ।

शिक्षालयले वार्षिक तथा सेमेष्टर तहका सबै परीक्षा उत्तीर्ण गरेका र अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई शिक्षालयबाट प्रदान गरिने चारित्रिक प्रमाणपत्र लिनको लागि आवश्यक कागजातसहित निवेदन पेश गर्न आग्रह गरेको हो।

मिति २०८३/०४/०४ मा शिक्षालयका उप प्रमुख मणिश सापकोटाले जारी गरेको सूचनामा विद्यार्थीहरुले तोकिएका कागजात नपुगे निवेदन दर्ता नहुने जनाइएको छ।

चरित्र प्रमाणपत्र लिन चाहिने कागजातहरु:
१. शिक्षालयबाट प्रदान गरिने निवेदन फारम
२. नागरिकताको फोटोकपी
३. डिप्लोमा तहको लागि CTEVT ले जारी गरेको ट्रान्सक्रिप्ट र मूल प्रमाणपत्रको फोटोकपी
४. SLC/SEE/T.SLC को Character Certificate र Mark Sheet को फोटोकपी
५. लेखा शाखाबाट प्रमाणपत्र शुल्क तिरेको बिल
६. एक प्रति पासपोर्ट साइज फोटो

शिक्षालयले सम्बन्धित सबै विद्यार्थीहरुलाई यथाशिघ्र सम्पर्क गरी निवेदन बुझाउन आग्रह गरेको छ।

थप जानकारी:
भेरी प्राविधिक शिक्षालय, नेपालगन्ज, बाँके
फोन: ९७७९८५८०२०८३८, ९७७९८५८०२०८३५
इमेल: btsprasasan@gmail.com