साउन ५ नेपाल ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद अन्तर्गतको भेरी प्राविधिक शिक्षालय, नेपालगन्ज, बाँकेले शैक्षिक सत्र २०८३/०८४ का लागि डिप्लोमा तथा प्रि-डिप्लोमा तर्फ भर्ना खुलाएको छ।

विगत ३३ वर्षदेखि प्राविधिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको यस शिक्षालयले इन्जिनियरिङ तथा मानविकी तर्फ अध्ययन गर्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर ल्याएको जनाएको छ।

कुन-कुन विषय पढ्न पाइन्छ ?
शिक्षालयले प्रि-डिप्लोमा तर्फ निम्न ७ वटा कार्यक्रम सञ्चालन गर्नेछ :
१. सिभिल इन्जिनियरिङ
२. इलेक्ट्रिकल इन्जिनियरिङ
३. मेकानिकल इन्जिनियरिङ
४. अटोमोबाइल इन्जिनियरिङ
५. इलेक्ट्रोनिक्स इन्जिनियरिङ
६. रिफ्रिजरेसन एण्ड एसी इन्जिनियरिङ
७ कम्प्युटर एप्लिकेसन तथा सेक्रेटेरियल म्यानेजमेन्ट

शुल्क कति लाग्छ ?
१८ महिने प्रि-डिप्लोमा कार्यक्रमको लागि जम्मा शुल्क रु. १८,४००/- तोकिएको छ। यो रकम १८ महिनाको कुल शुल्क हो।

योग्यता के चाहिन्छ ?
अक्षराङ्कन पद्धति लागू हुनु अगाडि मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरहको परीक्षामा सहभागी भएको हुनुपर्ने छ।
अक्षराङ्कन पद्धति लागू भएपछि एस.ई.ई. परीक्षामा सहभागी भएको हुनुपर्ने छ।
सबैभन्दा महत्वपूर्ण कुरा: एस.ई.ई. मा एनजी आएका विद्यार्थीले पनि यस कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।

कहिलेसम्म र कसरी आवेदन दिने ?
• फारम भर्ने अन्तिम मिति: २०८३ साल साउन १५ गते
• फारम शुल्क: प्रि-डिप्लोमा तर्फ रु. ५००/-
• आवेदन दिने तरिका: इच्छुक विद्यार्थीले http://www.ctevtexam.org.np मा गई ITMS Online प्रणाली मार्फत अनलाइन आवेदन फारम भरी पेश गर्नुपर्नेछ।

शिक्षालयले अनलाइन आवेदन फारम भर्न समस्या भएका विद्यार्थीहरुलाई सहजीकरण गरिदिने पनि जनाएको छ।

थप जानकारीको लागि सम्पर्क
भेरी प्राविधिक शिक्षालय
नेपालगन्ज, बाँके
फोन नम्बर: ०८१-५३१५३८, ०८१-५३२६५१
वेबसाइट: http://bts.edu.np
फेसबुक पेज: भेरी प्राविधिक शिक्षालय (BTS)
सम्पर्क व्यक्ति: शिक्षालय उप-प्रमुख / सूचना अधिकारी दल बहादुर आले – ९८५८०२०८३५