साउन ५ नेपाल ।

आज शेयर बजारमा सामान्य अंकको वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.२५ अंकले बढेर २,७२६.४९ विन्दुमा बन्द भएको छ। यो ०.२६% को वृद्धि हो।

आज बजार खुलेदेखि नै उतार-चढाव देखिएको थियो। कारोबारको क्रममा नेप्से २७५० को नजिक पुगेको थियो भने दिउँसो केही घटेर पुन: अन्तिममा उकालो लागेको थियो। चार्ट हेर्दा १२:४५ तिर बजारले आजकै उच्च विन्दु बनाएको देखिन्छ।

कति भयो कारोबार?
आज कूल १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर किनबेच भएको छ। कुल कारोबार रकम ६ अर्ब ६७ करोड १ लाख ७ हजार ९७१ रुपैयाँ ८४ पैसा पुगेको छ।

लगानीकर्ताको उत्साह कायमै रहेको देखिए पनि बजारले २७५० को प्रतिरोध क्षेत्र तोड्न भने सकेन। बजार बन्द हुँदा २७२० को आसपासमा आएर टेकेको छ।

विश्लेषकहरूका अनुसार बजारमा सामान्य सुधार भए पनि ठूलो भोल्युम नआएकाले लगानीकर्ता सचेत देखिएका छन्।