साउन ५ नेपाल ।

सामाजिक सुरक्षा कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूले योगदानकर्ता र उनीहरूको परिवारलाई सेवा दिन ढिलासुस्ती र अनियमितता गरेको गुनासो बढेपछि कोषले कडा चेतावनी दिएको छ।

कोषको केन्द्रीय कार्यालय थापाथलीले आज सूचना जारी गर्दै सम्झौता विपरीत काम गर्ने अस्पतालहरूको सम्झौता नै रद्द गर्न सक्ने जनाएको छ।

कोषका अनुसार केही अस्पतालले कोषका योगदानकर्ता, निजको दम्पति र १८ वर्ष मुनिका छोराछोरीलाई दिनुपर्ने स्वास्थ्य सेवा उपलब्ध गराउँदा विभिन्न बहाना बनाउने गरेका छन्।

अस्पतालले गर्न नहुने ७ वटा काम:
कोषले विशेष गरी यी काम नगर्न निर्देशन दिएको छ:

१. Extra charge माग्ने: शल्यक्रिया/प्रक्रियामा अतिरिक्त शुल्क माग्न नपाइने
२. Specialist नदेखाउने: विशेषज्ञ चिकित्सकसँग जाँच वा परामर्श गराउन अस्वीकार गर्न नपाइने
३. Cash मा धकेल्ने: System नचलेको भन्दै योगदानकर्तालाई निजी/Cash मा सेवा लिन बाध्य पार्न नपाइने
४. Cover हुने टेस्ट पनि शुल्क माग्ने: SSF ले Cover गर्ने महँगो परीक्षणलाई पनि निजी शुल्क तिर्न बाध्य पार्न नपाइने
५. गलत जानकारी दिने: योगदानकर्तालाई अपूर्ण वा गलत जानकारी दिन नपाइने
६. सुविधा घटाउने: SSF सुविधाहरू घटाउने कुनै पनि काम गर्न नपाइने
७. भेदभाव गर्ने: सामान्य बिरामी र कोषका योगदानकर्तालाई असमान व्यवहार गर्न नपाइने

कोषले यस्ता कार्य सम्झौता, प्रचलित कानून र योगदानकर्ताको अधिकार विपरीत भएकोले पूर्ण रूपमा अस्वीकार्य भएको जनाएको छ। यस्तो कार्य गरेको प्रमाणित भएमा कानुन बमोजिम सम्झौता स्थगन वा रद्द गरिने चेतावनी पनि दिइएको छ।