असार ३१ नेपाल ।
विभागले जारी गरेको सूचनाअनुसार भू-सेवा केन्द्र सञ्चालन अनुमति पत्र नवीकरणका लागि सम्बन्धित केन्द्रहरुले मिति २०८३ असार मसान्त भित्र आवेदन दिनुपर्नेछ।
नवीकरणका लागि के चाहिन्छ ?
भूमि प्रशासन निर्दे्शिका २०८१ को दफा ३७ र मालपोत नियमावली २०३६ अनुसार नवीकरण दस्तुर रु. ३,००० तिरी निम्न कागजातसहित https://public.dolma.gov.np मा अनलाइन आवेदन दिनुपर्नेछ:
१. कर चुक्ताको प्रमाण पत्र
२. बैंक ग्यारेन्टी – २०८४ श्रावण मसान्तसम्म नवीकरण भएको
३. कामको विवरण – आफूले गरेको कामको अनुसूची १९ बमोजिमको विवरण
४. नवीकरण दस्तुर
भुक्तानी विवरण:
• कार्यालय कोड: ३३६०१३५०१
• कार्यालयको नाम: भूमि व्यवस्थापन तथा अभिलेख विभाग
• राजश्व शीर्षक: १४२९
छुटेको खण्डमा के हुन्छ ?
असार मसान्तभित्र नवीकरण हुन नसकेका भू-सेवा केन्द्रले २०८३ श्रावण १ गतेदेखि ९० दिनभित्र थप रु. २,० जरिवाना सहित नवीकरण गर्न सक्नेछन्।
तर तोकिएको समयमा पनि नवीकरण नभएमा अनुमतिपत्र स्वतः रद्द हुने विभागले स्पष्ट पारेको छ।
सूचना भूमि व्यवस्थापन तथा अभिलेख विभाग, बबरमहल, काठमाडौंबाट जारी भएको हो।

Screenshot
