असार ३१ नेपाल ।
राजदूतावासले मिति १४ जुलाई २०२६ मा जारी गरेको सूचनामा नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन केही समय लाग्ने भएकाले प्रारम्भिक चरणमा प्राविधिक समस्या र आवेदन प्रक्रिया सुस्त हुन सक्ने जनाएको छ।
कसले तत्काल आवेदन दिन सक्छन् ?
राजदूतावासले आगामी केही हप्ता अत्यावश्यक अवस्थाका सेवाग्राहीले मात्र आवेदन दिन अनुरोध गरेको छ।
अत्यावश्यक सेवाग्राही:
• राहदानी हराएका
• राहदानीको म्याद सकिएका
• भिसा नवीकरणका लागि तत्काल नयाँ राहदानी चाहिने
• नवजात शिशु आदि
उल्लेखित सेवाग्राहीले https://online.nepalpassport.gov.np मा अनलाइन फारम भरी बायोमेट्रिकका लागि राजदूतावासमा उपस्थित हुनुपर्नेछ।
प्राविधिक समस्या भए के गर्ने ?
यदि अनलाइन फारम भर्न समस्या भएमा राजदूतावासको WhatsApp नम्बर +971501664023 मा म्यासेज गरेर सहयोग माग्न सकिनेछ।
केही समयपछि प्रणाली स्थिर भइसकेपछि सेवा प्रवाह थप सहज हुने राजदूतावासले विश्वास व्यक्त गरेको छ। यस अवधिमा देखाउनुभएको धैर्यता र सहयोगप्रति राजदूतावासले सबैमा आभार पनि व्यक्त गरेको छ।

