असार ३१ नेपाल ।
कुवेत तथा ईराकमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कुवेतस्थित नेपाली राजदूतावासले सुरक्षा सम्बन्धी विशेष अनुरोध गरेको छ।
राजदूतावासले मिति २०८३ असार २८ मा जारी गरेको सूचनामा कुवेत र ईराकको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सबै नेपालीलाई सचेत र जिम्मेवार बन्न आग्रह गरिएको छ।
राजदूतावासले दिएका मुख्य निर्देशन:
१. अफवाह नपत्याउनुस् – कुवेत तथा ईराकका आधिकारिक निकायबाट प्रेषित समाचार/निर्देशन मात्र पालना गर्नुहोस्।
२. अफवाहपूर्ण सामग्री सेयर नगर्नुस् – सामाजिक सञ्जालमा भ्रामक सूचना share/post नगर्नुहोस्।
३. निषेधित काम नगर्नुस् – सरकारले प्रतिबन्ध लगाएका कार्य नगर्नुहोस्/नगराउनुहोस्।
४. हवाई आक्रमणको भिडियो नखिच्नुस् – आकाशमा हुने कुनै पनि हवाई आक्रमण वा प्रतिरक्षाका घटना र घटनास्थलको तस्बिर/भिडियो नखिच्न र सेयर नगर्न कुवेत सरकारले जारी गरेको सूचना पालना गर्नुहोस्।
५. शंकास्पद वस्तुबाट टाढा बस्नुस् – कुनै अपरिचित वा शंकास्पद वस्तु नजिक नजानुहोस्।
६. साईरन बजेपछि सुरक्षित बस्नुस् – साईरन बजेको बेला घर/कार्यस्थल बाहिर भए नजिकैको भवनभित्र बस्नुहोस्। भवनभित्रै भए सुरक्षित साथ भवनभित्रै बस्नुहोस् तर सिसा/झ्याल/बार्दली नछुनुहोस्।
७. आवश्यक परेमा सम्पर्क गर्नुस् – कन्सुलर तथा अन्य सेवा आवश्यक परेमा राजदूतावासमा सम्पर्क गर्नुहोस्।
जरुरी सम्पर्क नम्बर
• नेपाली राजदूतावास, कुवेत: +965-25321603/4/5
• थप सम्पर्क नम्बर राजदूतावासको फेसबुक पेजमा २०२६ अप्रिल ६ को सूचनामा हेर्न सकिने
• प्रहरी/आगजनी/एम्बुलेन्स: 112
राजदूतावासले सबै नेपालीलाई शान्त रहन, आधिकारिक सूचना मात्र पत्याउन र सुरक्षाका नियम पालना गर्न अनुरोध गरेको छ।

