असार ३१ नेपाल ।

औरही नगरपालिकाले कृषकहरुलाई निःशुल्क स्यालो ट्यूबेल र ७५% लागत अनुदानमा मोटर वितरण गर्ने भएको छ।

नगरपालिकाको वडा नं. १ बाट पेश भएका जम्मा १२९ वटा आवेदन मध्येबाट कृषि विकास कार्यक्रम सञ्चालन कार्यविधि २०८० अनुसार प्रक्रियागत रुपमा छनौट भएका कृषकका लागि यो कार्यक्रम ल्याइएको हो।

नगरपालिकाका अनुसार मिति २०८३/०२/२९ देखि २०८३/०३/४ गतेसम्म स्यालो ट्यूबेल जडानका सम्पूर्ण सामाग्री वितरण कार्य सम्पन्न भइसकेको छ।

सम्पर्कको समयसीमा
नगरपालिकाले सूचना जारी भएको मितिले ३ दिनभित्र अर्थात २०८३/०३/२ गते भित्र स्यालो ट्यूबेल जडान गरेको प्रमाणसहित पहिचान खुल्ने कागजात लिएर तोकिएको समयमा कार्यालय सम्पर्क गरी नियमानुसार मोटर बुझिलिन अनुरोध गरेको छ।

ध्यान दिनुपर्ने कुरा
तोकिएको समयसीमाभन्दा पछि आएर मोटर माग गरेमा नगरपालिकाले जवाफदेही नहुने जनाएको छ।

सूचना नगर प्रमुख प्रशासकीय अधिकृत सुशील प्रसाद आचार्यले जारी गर्नुभएको हो।