असार २५, नेपाल ।
यो साताको आज बिहीबार नेपाल स्टक एक्सचेन्जमा गिरावट आएको छ। लगानीकर्ताको बिक्रि चापका कारण परिसूचक १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा झरेको छ।
नेप्से ०.७५ प्रतिशतले घटेको हो। आजको कारोबारमा ८७ लाख ५१ हजार ३८० कित्ता शेयर किनबेच भएका छन् भने ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहानै सकारात्मक देखिएको बजार १:४५ बजेतिर केही सुधार भएपनि त्यसपछि निरन्तर ओरालो लागेको थियो। अन्तिम एक घण्टामा भने बजारमा तीव्र गिरावट देखिएको थियो।
नेप्से परिसूचक घटेसँगै अधिकांश समूहका सूचकहरू पनि राताम्मे भएका छन्। बजारमा समग्रमा बिक्रेताहरू हाबी भएको देखिन्छ।
नेपाल धितोपत्र बोर्डका अनुसार आजको कारोबारपछि बजार २६०० को मनोवैज्ञानिक विन्दु नजिक पुगेको छ। अब बजारले यो विन्दुलाई सपोर्ट लिन्छ कि थप दबाब भोग्छ भन्नेमा लगानीकर्ताको ध्यान केन्द्रित हुनेछ।

