फागुन १९ नेपाल ।
बैंकहरुमा अत्यधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत एक खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) अत्यधिक धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत रकम खिच्न लागेको छ । ६ दिनका लागि १ खर्ब रुपैयाँ खिच्न लागिएको राष्ट्र बैंकले सूचना सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आह्वान गरेको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने राष्ट्र बैंकको सूचनामा उल्लेख रहेको छ। यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख रहेको छ ।

