पुस ८ नेपाल ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. को आज मिति २०८२ पुस ८ गते बसेको सञ्चालक समितिको १७९ औं बैठकको निर्णय बमोजिम आ.व. २०८१/८२ को वितरण योग्य मुनाफाबाट कूल चुक्ता पूँजी रू. १,४१,९०,००,०००/- (अक्षरेपी एक अर्ब एकचालिस करोड नव्वे लाख रुपैया मात्र ।) को पाँच प्रतिशत बोनस सेयर लाभांस बापत वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
सो निर्णय बमोजिमको आर्थिक विवरणहरू नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने र नेपाल राष्ट्र बैंक तथा संस्थाको साधारण सभाले स्वीकृत गरेपछि मात्र सो लाभांश वितरण गर्ने कम्पनीले जानकारी गराएको छ ।

