पुस ५ नेपाल ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि. को शेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर विक्री गरी करिब रु. ४९,१९,८६५.९० ( उनन्चास लाख उन्नाईस हजार आठ सय पैसठ्ठी रुपैया नब्बे पैसा) कानून विरित नाफा आर्जन गरेको र निजले अन्य टिएमएस युजर प्रयोग गरी आपसी खरिद-विक्री तथा आफन्त/सम्बद्ध संस्था बीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंक लि. को शेयर मूल्य कृत्रिम रूपमा बढाएको भन्दै धितोपत्र ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको भन्ने नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा मोरङ जिल्ला साविक विराटनगर उपमहानगरपालिका वडा नं.९ बस्ने बर्ष ४२ को दिपेन्द्र अग्रवाललाई मिति हिजो २०८२ पुस ४ गतेकाठमाडौं जिल्ला अदालत बाट अनुमति लिई अग्रवाललाई हिजै मिति २०८२ पुस ४ गते काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ४. चुनदेवीबाट पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको नेपाल प्रहरीले प्रेस बिज्ञप्ति जारी गरेर जनाएको छ।

