गण्डकी प्रदेश : अधिकांश क्षेत्रको मतगणना सकियो
गण्डकी प्रदेशका प्रतिनिधिसभाअन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ । स्याङजाको क्षेत्र नं २ मा मतगणना विवादका कारण स्थगित छ भने केहीमा गणना जारी छ । कूल ११ जिल्लामा समेटिएको गण्डकीका तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा अधिकांश स्थानमा नेकपा (एमाले) विजयी भएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्कीको निर्वाचन क्षेत्र नं १ मा मनबहादुर गुरुङको अग्रता छ । क्षेत्र नं २ र ३ मा एमालेका क्रमशः विद्या भट्टराई र दामोदर बैरागी निर्वाचित हुनुभएको छ । प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ को (१) मा एमालेका खगराज अधिकारीको अग्रता छ भने (२) मा एमालेका बेदबहादुर गुरुङ (श्याम) निर्वाचित हुनुभयो । निर्वाचन क्षेत्र नं २ को (१) र (२) मा एमालेका भीम कार्की र कांग्रेसका विन्दुकुमार थापा निर्वाचित हुनुभएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं ३ को(१) मा कांग्रेसका प्रकाश बरालको अग्रता छ । प्रदेश (२) मा एमालेका गणेशमान गुरुङ विजयी हुनुभएको छ । तनहुँको क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामचन्द्र पौडेल र शङ्कर भण्डारी विजयी हुनुभएको छ । क्षेत्र नं १ को प्रदेशसभा (१) र (२) मा क्रमशः कांग्रेसका अशोक श्रेष्ठ र माओवादीका हरिबहादुर चुमान विजयी हुनुभएको छ भने क्षेत्र नं २ को (१) मा एमालेका श्यामराजा महत र कांग्रेसका जितप्रकाश आले विजयी हुनुभएको छ ।