पुस २ नेपाल ।
आज सेयर बजार नेप्से ५.७० अंक अर्थात ०.२१ प्रतिशतले बढेर र २६२५.६९ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच ४अर्व ५करोड ३७लाख २०हजार ७सय ८२रुपैयाँ दशमलव १ पैसा बराबरको सेयर किनबेच भएको छ।
सेयर बजारमा सेयर कारोबारलाई अर्थतन्त्र चलाएमान राख्ने अस्त्रको रुपमा लिईन्छ। नेपालको सेयर बजार नेप्से चार बर्ष पहिले बत्तिस सयको आसपास पुगेको थियो । त्यसपछि नेप्से तलमाथि गर्दै आजको दिनमा चलिरहेको छ ।बत्तिस सय नेप्सेमा सेयर किनेर आजसम्म नबेची होल्ड गर्ने सेयर लगानीकर्ताको सेयर सम्पत्ति सावाँनै सत्तरी प्रतिशतको हाराहारीमा नोक्सानी भएको देखिन्छ।
नेप्से २६सयको आसपास झिनो अकंले घट्ने र बढने गरेको धेरै दिन चलेको देखिन्छ। यो क्रमलाई अनुभवी सेयर लगानीकर्ता सकारात्मक सन्देश हो भन्छन् ।
•

