पुस २ नेपाल ।
२०८२ सालको असोज १७ गते देखि १९ गते सम्म कोशी प्रदेश लगायत देशको अधिकांश भूभागहरुमा अविरल अति भारी वर्षाका कारण इलाम जिल्लामा बग्ने खोलाहरुमा अप्रत्यासित रुप वाढी आएको कारणले सामलिङ्ग पावर कम्पनी लि. द्वारा ईलाम जिल्लामा संचालित माई वेनी जलविद्युत आयोजना (९.५१ मे.वा.) को भौतिक संरचनाहरुमा ठुलो क्षति पुग्न गई विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको थियो र कम्पनीद्वारा मर्मत तथा निर्माणकार्य सम्पन्न गरि पुनः मिति २०८२ पुस १ बेलुकाको ६:५० देखि प्लान्ट संचालनमा आई आयोजनाबाट विद्युत उत्पादन सुचारु भएको कम्पनीले जानकारी गराएको छ।
