मंसिर २९ नेपाल ।
ईमर्जिङ नेपालको मिति २०८२ मंसिर २८ गते बसेको कम्पनी संचालक समितिको १०४ औं बैठकले कम्पनीको आ.व. २०८१/८२ को वित्तिय विवरण स्वीकृतिका लागि अगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको कम्पनीले जानकारी गराएको छ ।

साथै आ.व. २०८१/८२ को अन्त्यसम्मको मुनाफा तथा संचित कोषबाट हाल कायम चुक्ता पूँजी रु.५५,५६,००,०००/- (अक्षरेपी पचपन्न करोड छपन्न लाख मात्र) को ५.२६३१५% बराबरको नगद लाभांश (कर प्रयोजन सहित) कम्पनीको अगामी दशौँ साधारण सभाबाट पारित भए पश्चात एवं कम्पनी ऐन २०६३ को दफा १८२(२) अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति पश्चात वितरण गर्ने निर्णय गरिएको व्यहोरा कम्पनीले जानकारी दिएको छ ।