मंसिर २८ नेपाल ।

समता घरेलु लघुवित्तको मिति २०८२ मंसिर २७ गते बसेको सञ्चालक समितिको १८२औं बैठकले आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरणयोग्य मुनाफाबाट बोनस शेयर तथा नगद लाभांश (कर प्रयोजनको लागि) जारी गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति माग गर्ने तथा सो सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट निर्णय भई आए पश्चात् सो प्रस्तावलाई आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको कम्पनीले जानकारी गराएको छ ।

बोनस शेयर : ५ प्रतिशतले हुने रकम रु. ३,१४,५२,५७८.२३ (अक्षरेपी तिन करोड चौध लाख बाउन्न हजार पाच सय अठहत्तर दशमलव दुई तिन मात्र) र नगद लाभांश: ०.२६३२ प्रतिशत (दशमलव पछिको चार अंक मात्र लिइए‌को) ले हुने रकम रु. १६,५५,३९८.८५ (अक्षरेपी सोह्र लाख पचपन्न हजार तिन सय अन्ठानव्वे दशमलव आठ पाँच मात्र) (कर प्रयोजनको लागि) गरी कुल लाभांश: ५.२६३२ प्रतिशतले हुने रकम रु. ३,३१,०७,९७७.०९ (अक्षरेपी तिन करोड एकतीस लाख सात हजार नौ सय सतहत्तर दशमलव शून्य नौ) लाभांश बितरण गर्ने कम्पनीले जनाएको छ।