मंसिर २२ नेपाल ।
आज सेयर बजार नेप्से ३.०२ अंक अर्थात ०.११ प्रतिशतले घटेर र २६०६.६६ विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच ४अर्व ६६करोड ९५लाख ४८हजार ७सय ४२रुपैयाँ दसमलव ६२पैसा बराबरको सेयर किनबेच भएको छ।

सेयर बजारमा सेयर कारोबारलाई अर्थतन्त्र चलाएमान राख्ने अस्त्रको रुपमा लिईन्छ। नेपालको सेयर बजार नेप्से चार बर्ष पहिले बत्तिस सयको आसपास पुगेको थियो । त्यसपछि नेप्से तलमाथि गर्दै आजको दिनमा चलिरहेको छ ।बत्तिस सय नेप्सेमा सेयर किनेर आजसम्म नबेची होल्ड गर्ने सेयर लगानीकर्ताको सेयर सम्पत्ति सावाँनै सत्तरी प्रतिशतको हाराहारीमा नोक्सानी भएको देखिन्छ।