मंसिर १६ नेपाल । कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने निर्णय सार्वजनिक भएको छ। पार्टी कार्यलय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा महाधिवेशन कार्यतालिका ल्याउने निर्णय गरेको हो।
१५ औं महाधिवेशन कार्यतालिका

१) क्रियाशिल सदस्यता नयाँ/नविकरण २०७२ पुष १४ गते ।
२) विदेश स्थित जन सम्पर्क समिति अधिवेशन २०८२ पुष १५ गते।
३) वडा अधिवेशन २०८२ पुष १६
४) पालिका अधिवेशन २०८२ पुष १७ गते।
५) प्रतिनिधी सभा क्षेत्रिय अधिवेशन २०८२ पुष १८ गते।
६) प्रतिनिधी सभा क्षेत्र / एकमात्र क्षेत्र भएका जिल्ला २०८२ पुष २१।
७)जिल्ला अधिवेशन २०८२ पुष २२।
८) प्रदेश अधिवेशन २०८२ पुष २३ र २४।
९) केन्द्रिय महाधिवेशन २०८२ पुष २६,२७, २८ गते गर्ने गरी नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको बैठकले निर्णय कार्यतालिका सार्वजनिक गरेको छ।
