मंसिर १५ नेपाल । आज सेयर बजार नेप्से ४.२८ अंक अर्थात ०.१६ प्रतिशतले घटेर र २६४५.२४ विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच ४अर्व ७१करोड ६३लाख ८३हजार ५सय ८० रुपैयाँ दसमलव ८६ पैसा बराबरको सेयर किनबेच भएको छ। अधिल्लो दिनको कारोबारको तुलनामा आज सेयर कारोबार रकम घटेको छ ।

सेयर बजारमा सेयर कारोबारलाई अर्थतन्त्र चलाएमान राख्ने अस्त्रको रुपमा लिईन्छ। नेपालको सेयर बजार नेप्से चार बर्ष पहिले बत्तिस सयको आसपास पुगेको थियो । त्यसपछि नेप्से तलमाथि गर्दै आजको दिनमा चलिरहेको छ ।बत्तिस सय नेप्सेमा सेयर किनेर आज सम्म नबेची होल्ड गर्ने सेयर लगानीकर्ताको सेयर सम्पत्ति सावाँनै सत्तरी प्रतिशतको हाराहारीमा नोक्सानी भएको देखिन्छ।