मंसिर ११ नेपाल । नेपाली सेना द्वारा मिति २०८२ मङ्सिर ०८ गतेबाट श्री उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतमा सञ्चालन भएको “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आज मिति २०८२ मङ्सिर ११ गते समापन भएको छ ।

समापन समारोहमा उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी श्री दिपेश जंग शाहले अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुहुने २४ (चौबिस) जना सञ्चारकर्मीहरूलाई बधाई सहित प्रमाणपत्र वितरण गर्नुभयो । सोही अवसरमा विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका ९ (नौं) वटा एफ.एम. रेडियो स्टेसनहरूलाई जनसम्पर्क तथा सूचना निर्देशकचाट प्रोत्साहन स्वरूप नगद तथा कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका दौरान सहभागी सञ्चारकर्मीहरूलाई नेपाली सेनाको विविध विषयमा जानकारी गराउनुका साथै विपद् प्रतिकार्य एवं समसामयिक विषयहरूमा अन्तरक्रिया तथा स्थलगत अध्ययन भ्रमण समेत गराइएको थियो । यस किसिमको कार्यक्रमबाट देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता एवं स्पष्टता हुने विश्वास नेपाली सेनाले लिएको नेपाली सेना द्वारा जारी  सूचना पत्रमा उल्लेख रहेको छ।