मंसिर ८ नेपाल । नेपाली काग्रेस संखुवासभा जिल्ला प्रदेश सभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवं जिल्ला समन्वय समितिका सदस्य देउमान राईको हिजो हृदयघातबाट असामयिक निधन भएको थियो ।
मकालु गाउँपालिका वडा नं ३ निवासी स्वर्गीय राईले नेपाली काग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।
देउमान राईको निधनप्रति नेपाली काग्रेसका कार्यवाहक सभापति पूर्णवहादुर खड्काले गहिरो दुःख व्यक्त गर्नु भएको छ । राई प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टीले समवेदना व्यक्त गरेको छ ।।
