मंसिर ५ नेपाल । सुपर मादि हाइड्रोपावर लि. को मिति २०८२/०८/०४ गते अपरान्ह ४.०० बजे बसेको संचालक समितिको बैठकबाट संस्थाको आ.ब. २०८१/०८२ सम्मको संचित मुनाफा बाट हाल कायम चुक्ता पूंजी रु.२,२०,५०,००,०००।- को ५% को दरले हुने रु.११,०२,५०,०००/- (एघार करोड दुई लाख पचास हजार मात्र) बराबरको ११,०२,५०० (एघार लाख दुई हजार पाँच सय) कित्ता बोनस शेयर र सो बोनस शेयरको लाभांश कर प्रयोजनका लागि कम्पनीको हाल चुक्ता पुँजी रु. २,२०,५०,००,०००।- को ०.२६४२% को दरले हुन आउने रकम रु.५८,०२,६३२।- (अन्ठाउन्न लाख दुईहजार छ सय बत्तिस मात्र) नगद लाभांश गरि कुल रु ११,६०,५२,६३२।- (अक्षेरुपी एघार करोड करोड साठी लाख बाउन्न हजार छ सय बत्तिस मात्र लाभांश वितरण गर्न आगामी १६ औं वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय कम्पनीले जानकारी दिएको छ।
