मंसिर ४ नेपाल । बरुण हाईड्रो पावर कम्पनी लिमिटेडको मिति २०८२ मंसिर ३ गते बसेको संचालक समितिको बैठकले कम्पनीको आ.व ०८१/८२ सम्मको मुनाफाबाट हाल कायम चुक्ता शेयरपुँजी रु.१,०७,१६,३०,०००/- (एक अर्ब सात करोड सोह्र लाख तीस हजार रुपैया) को ५% लाभांश (४,७५ प्रतिशत बोनस शेयर तथा ०.२५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय भएको र उक्त बोनस शेयर कम्पनीको बार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात नियमानुसार वितरण गरीने बरुण हाइड्रोपावरले जनाएको छ।